कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि नेपालमा सजकता अपनाउन आग्रह

राजविराज राजविराज
|
बुधबार, पौष १८, २०८०
|
|
४३ पटक हेरिएको
Shares
कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि नेपालमा सजकता अपनाउन आग्रह

सारांश

  •     मन्त्रालयले विश्वका केही देशमा कोभिड–१९ को सङ्क्रमणको नयाँ भेरियन्ट जेएन–१ को जोखिम बढिरहेको र छिमेकी देशमा पनि सङ्क्रमण फैलिरहेकाले आवश्यक निगरानी एवं सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको जनाएको छ ।
  •       कोभिड–१९ को नयाँ सव भेरियन्टको बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै प्रवेश विन्दुका सबै हेल्थ डेक्स, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था तथा सबै सरोकारवालामार्फत आवश्यक स्क्रिनिङ्ग र निगरानी भइरहेको उल्लेख गर्दै मन्त्रालयले नयाँ भेरियन्टको रोकथाम र उपचारको व्यवस्थापनका लागि तयारी अवस्था रहेको जनाएको छ ।
  •     भारतमा कोरोनाको नयाँ भेरियन्ट जेएन वान देखिएपछि नेपालमा पनि जोखिम छ ।

काठमाडौँ, १८ पुस (रासस) । 
    छिमेकी मुलुकमा भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सजकता अपनाउन आग्रह गरेको छ । भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ फैलिरहेकाले नेपालमा पनि फैलिनसक्ने भएकाले मन्त्रालयले सजकता अपनाउन आग्रह गरेको हो । 
    मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भीडभाड हुने स्थान जस्तै मेला, भोज, पार्टीलगायतमा मास्कको प्रयोग गर्नहुनु, भौतिक दुरी कायम राख्नहुन र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गर्नुभएको छ । उहाँले नेपालमा अणुवाङ्शिक अध्ययन गर्दा अहिलेसम्म उक्त नयाँ भेरियन्ट पुष्टि नभएको बताउनुभयो । 
    मन्त्रालयले विश्वका केही देशमा कोभिड–१९ को सङ्क्रमणको नयाँ भेरियन्ट जेएन–१ को जोखिम बढिरहेको र छिमेकी देशमा पनि सङ्क्रमण फैलिरहेकाले आवश्यक निगरानी एवं सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको जनाएको छ । 
    कोभिड–१९ को नयाँ सव भेरियन्टको बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै प्रवेश विन्दुका सबै हेल्थ डेक्स, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था तथा सबै सरोकारवालामार्फत आवश्यक स्क्रिनिङ्ग र निगरानी भइरहेको उल्लेख गर्दै मन्त्रालयले नयाँ भेरियन्टको रोकथाम र उपचारको व्यवस्थापनका लागि तयारी अवस्था रहेको जनाएको छ ।
    भारतमा कोरोनाको नयाँ भेरियन्ट जेएन वान देखिएपछि नेपालमा पनि जोखिम छ । भारतको दिल्ली, चन्डीगढ, बेंगलोर र हैदरावादलगायतका क्षेत्रबाट नेपाल आउनेमा कोरोनाको सङ्क्रमण देखिने गरेको छ । 
    जेएन वान भारतसहित चीन, अमेरिका, सिंगापुर, इन्डोनेसिया, फिलिपिन्स, मलेसियालगायत देशमा फैलिइरहेको छर । डब्ल्यूएचओले हिउँदयाममा कोरोनासहित अन्य सङ्क्रमण फैलिन सक्ने चेतावनी दिँदै आएको छ । कोरोनाभाइरस र श्वासप्रश्वाससम्बन्धी अरु सङ्क्रमणबाट जोगिन भिडभाड भएको र बन्द ठाउँमा मास्क लगाउन, हाछ्युँ र खोकी आउँदा नाकमुख छोप्न, बेलाबेला साबुन पानीले हात धुन, कोभिडको लक्षण देखिए परीक्षण गराउन डब्लूएचओको सुझाव छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अम्पायर तथा स्कोरर संघको केन्द्रीय सदस्यमा सप्तरीका निरज सिंह निर्वाचित
अम्पायर तथा स्कोरर संघको केन्द्रीय सदस्यमा सप्तरीका निरज सिंह निर्वाचित
मौसमका कारण मन्दिरहरूमा भक्तजनको कमी
मौसमका कारण मन्दिरहरूमा भक्तजनको कमी
तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
म्याजिकलाई ट्रकले ठक्कर दिँदा तीनको मृत्यु, १२ जना घाइते
म्याजिकलाई ट्रकले ठक्कर दिँदा तीनको मृत्यु, १२ जना घाइते
बाढीले भत्काएको तटबन्ध मर्मत नहुँदा स्थानियमा त्रास
बाढीले भत्काएको तटबन्ध मर्मत नहुँदा स्थानियमा त्रास
बाल शिक्षा सम्बन्धी सडक नाटक सम्पन्न
बाल शिक्षा सम्बन्धी सडक नाटक सम्पन्न
आसनग्रहण नगराएको भन्दै टेबुल तोडफोड
आसनग्रहण नगराएको भन्दै टेबुल तोडफोड
विटौरी जग्गाको समस्या समाधान  बारे मधेश सरकारको ध्यानाकर्षण 
विटौरी जग्गाको समस्या समाधान  बारे मधेश सरकारको ध्यानाकर्षण 
सुशासन र समाजमा शान्ति व्यवस्था कायम गर्न प्रतिबद्ध रहेको छु ः प्रजिअ दाहाल
सुशासन र समाजमा शान्ति व्यवस्था कायम गर्न प्रतिबद्ध रहेको छु ः प्रजिअ दाहाल
प्रदेश स्तरीय क्रिकेटमा सप्तरीको बिजयी शुरुवात
प्रदेश स्तरीय क्रिकेटमा सप्तरीको बिजयी शुरुवात