उपप्रमुख यादवलाई अनुसन्धानका लागि  तीन दिन हिरासतमा राख्न म्याद थप

राजविराज राजविराज
|
बिहिबार, आषाढ २१, २०८०
|
|
४७ पटक हेरिएको
Shares
उपप्रमुख यादवलाई अनुसन्धानका लागि  तीन दिन हिरासतमा राख्न म्याद थप

सारांश

  •     बिहीबार म्याद थपका लागि प्रहरीद्वारा उपप्रमुख यादवलाई ८ नं.
  • इजलाशमा उपस्थित गराइएको थियो ।
  •       उपप्रमुख यादवका वकिलले उनीमाथी झुठा आरोप लगाइएको भन्दै तत्काल रिहाईको आदेश मागेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २१ असार । 

    नेपाल र भारत दुबै देशको नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिरा कुमारी यादवलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न जिल्ला अदालत सप्तरीले अनुमति दिएको छ । 
    बिहीबार म्याद थपका लागि प्रहरीद्वारा उपप्रमुख यादवलाई ८ नं. इजलाशमा उपस्थित गराइएको थियो । 
    उपप्रमुख यादवका वकिलले उनीमाथी झुठा आरोप लगाइएको भन्दै तत्काल रिहाईको आदेश मागेका थिए । सरकारी वकिलले भने नागरिकता कसुरमा थप अनुसन्धानका लागि १० दिन म्याद थप्नु पर्ने जिकिर गरेका थिए । 
    न्यायाधिश श्यामबिहारी मोर्यले दुबै पक्षको जिकिर सुनेपछि अनुसन्धानका लागि उपप्रमुख यादवलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप्ने आदेश जारि गरेका हुन् । 
    असार १९ गते बुधबार अदालतको अनुमति पाएर प्रहरीले नागरिकता सम्बन्धी कसुर मुद्दामा मिरा र उनका श्रीमान महेन्द्र यादव बिरुद्ध पक्राउ पूर्जी जारि गरेको थियो । 
    पक्राउ पूर्जी जारी भएपछि बुधबार शक्ति प्रदर्शनसहित उपप्रमुख यादव प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् । नेकपा एमालेबाट उपप्रमुखमा निर्वाचित यादव आत्मसमर्पण गर्न जाँदा एमाले स्थानिय नेताहरु उल्लेख्य संख्यामा जिल्ला प्रहरी कार्यालयको मुल गेटसम्म पुगेका थिए । 
    सोही कसुरका आरोपी उनका श्रीमान् महेन्द्र भने फरार रहेको र उनको खोजिकार्य भइरहेको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए । 
    उपप्रमुख मिरा र उनका पति महेन्द्र बिरुद्ध नागरिकता सम्बन्धी कसुर मुद्दामा जेठ ५ गते सप्तरी जिल्ला अदालतबाट परमादेश जारि भएपछि असार १७ गते जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो ।
    डाक्नेश्वरी नगरपालिका वडा नं. ३ निवासी कृष्णकुमार यादवले दुई महिनाअघि उच्च अदालत जनकपुर–राजविराज इजलाशमा दायर गरेको मुद्दामा गत जेठ ५ गते न्यायाधिशद्वय हरिप्रसाद भण्डारी र तेजनारायण सिंह राइको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाउँमा परमादेशको आदेश जारी भएको थियो ।
    परमादेश जारि भएपछि असार १७ गते जिल्ला प्रहरी कार्यालय सप्तरीले मुद्दा दर्ता गरेको थियो । कृष्णाले भारतीय नागरिक मिरा नेपालको नागरिकता समेत लिई उपमेयर बनेको र प्रहरी, प्रशासनले मुद्दा दर्ता गर्न नमानेको भन्दै उच्च अदालतमा परमादेशको माग गर्दै रिट दायर गरेका थिए ।
    उपप्रमुख मिराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको दाबी गर्दै २०७९ साउनमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको थियो । मिरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठा विवरण पेस गरेर नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख छ । 
    भारतको मतदाता सूचीमा मिराको नाम रहेको दाबी उजुरीमा गरिएको छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मिराले पेस गरेको शपथपत्र तथा भारतको निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण पनि उजुरीमा समावेश गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पिएम कप प्रदेशस्तरिय छनोट खेलमा बारा र सिरहा सेमिफाईनलमा प्रवेश 
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा बारा र सिरहा सेमिफाईनलमा प्रवेश 
चोरी तथा कुटपिट रहजनी चोरी मुद्दाका दुई फरार अभियुक्त पक्राउ
चोरी तथा कुटपिट रहजनी चोरी मुद्दाका दुई फरार अभियुक्त पक्राउ
वडा नं. ६ को कार्यालय भवन शिलान्यास
वडा नं. ६ को कार्यालय भवन शिलान्यास
जुवा खेलिरहेका घरधनीसहित ८ जना व्यक्ति पक्राउ
जुवा खेलिरहेका घरधनीसहित ८ जना व्यक्ति पक्राउ
सुशासन, बालविवाह तथा कुपोषण सम्बन्धी सडक नाटक सम्पन्न
सुशासन, बालविवाह तथा कुपोषण सम्बन्धी सडक नाटक सम्पन्न
दादुरा रूबेला खोप राष्ट्रिय अभियान सुरु
दादुरा रूबेला खोप राष्ट्रिय अभियान सुरु
प्रजातन्त्र दिवसमा प्रभातफेरी
प्रजातन्त्र दिवसमा प्रभातफेरी
सुरु भयो कोरोना बिरुद्धको खोप अभियान, पहिलो चरणमा सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई लगाइने
सुरु भयो कोरोना बिरुद्धको खोप अभियान, पहिलो चरणमा सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई लगाइने
लेखापरिक्ष नियुक्तिमा आर्थिक चलखेल भएको अडिटर्स एशोसिएसनको आरोप, कंचनरुपका ३२ सामुदायिक विद्यालयले तीन वर्षदेखी लेखापरिक्षण गराएनन्
लेखापरिक्ष नियुक्तिमा आर्थिक चलखेल भएको अडिटर्स एशोसिएसनको आरोप, कंचनरुपका ३२ सामुदायिक विद्यालयले तीन वर्षदेखी लेखापरिक्षण गराएनन्
विद्यार्थी र अभिभावकको दबाबमा सरस्वती पूजा सम्पन्न
विद्यार्थी र अभिभावकको दबाबमा सरस्वती पूजा सम्पन्न