जुवा खेलिरहेका घरधनीसहित ८ जना व्यक्ति पक्राउ

राजविराज राजविराज
|
सोमबार, चैत्र १४, २०७८
|
|
४२ पटक हेरिएको
Shares
जुवा खेलिरहेका घरधनीसहित ८ जना व्यक्ति पक्राउ

सारांश

  •     स्थानिय बिरेन्द्र प्रसाद यादवको घरमा यादवसहित ८ जना व्यक्तिलाई जुवा खेलीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
  •       पक्राउ पर्नेहरुमा घरधनी यादवसहित राजबिराज ९ निवासी ५२ वर्षिय बिरेन्द्र प्रसाद यादव, ४० वर्षिय सन्तोष दास, ३१ वर्षिय बिजय दास, रुपनी गाउँपालिका ५ निवासी २७ वर्षिय सरोज कुमार शर्मा, ४० वर्षिय बिद्यान्द ठाकुर, राजबिराज ६ निवासी ४२ वर्षिय नवल किशोर चौधरी, डाक्नेशवरी नगरपालिका ७ निवासी ४० वर्षिय सुर्य देव राय र वडा नं.
  • ८ निवासी ४३ वर्षिय रामलाल मुखिया रहेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १४ चैत । 
    राजविराज वडा नं. ९ गढीया टोलबाट प्रहरीले ८ जना व्यक्तिलाई जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको छ । 
    स्थानिय बिरेन्द्र प्रसाद यादवको घरमा यादवसहित ८ जना व्यक्तिलाई जुवा खेलीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 
    पक्राउ पर्नेहरुमा घरधनी यादवसहित राजबिराज ९ निवासी ५२ वर्षिय बिरेन्द्र प्रसाद यादव, ४० वर्षिय सन्तोष दास, ३१ वर्षिय बिजय दास, रुपनी गाउँपालिका ५ निवासी २७ वर्षिय सरोज कुमार शर्मा, ४० वर्षिय बिद्यान्द ठाकुर, राजबिराज ६ निवासी ४२ वर्षिय नवल किशोर चौधरी, डाक्नेशवरी नगरपालिका ७ निवासी ४० वर्षिय सुर्य देव राय र वडा नं. ८ निवासी ४३ वर्षिय रामलाल मुखिया रहेका छन् ।
    उनीहरुको साथबाट जुवा खेल्न प्रयोग हुने कौडा १६ थान, बिभिन्न दरको नेपाली नोट ४५ हजार र भारतिय रुपैया ३ सय तीस बरामद भएको प्रहरीले जनाएको छ । 
    वडा प्रहरी कार्यालय राजबिराजबाट प्रहरी नायब निरिक्षक सुमन महन्त गिरीको कमाण्डमा खटेको प्रहरी टोलीले घरमा छापा मारि जुवा खालबाट कौडा समेतका दशी प्रमाणसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    पक्राउ परेकाहरुलाई जुवा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सोमबारै मुद्दा म्याद थप गरी अन्य थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिडी पिउन नदिएपछि मागन्तेको हत्या
बिडी पिउन नदिएपछि मागन्तेको हत्या
प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरे ः सात दल
प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरे ः सात दल
सप्तरीमा अश्वमेघ महायज्ञ हुँदै
सप्तरीमा अश्वमेघ महायज्ञ हुँदै
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
मोटरसाईकल खोलामा पस्दा एकको मृत्यु, एक घाईते अर्का फारार
मोटरसाईकल खोलामा पस्दा एकको मृत्यु, एक घाईते अर्का फारार
लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ
लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ
कसैले पार्टीबाटै त कसैले स्वतन्त्र रुपमै दिए दुबै गठबन्धनबिरुद्ध उम्मेदवारी   
कसैले पार्टीबाटै त कसैले स्वतन्त्र रुपमै दिए दुबै गठबन्धनबिरुद्ध उम्मेदवारी   
प्रतिष्ठान र सकारात्मक सन्देशहरु
प्रतिष्ठान र सकारात्मक सन्देशहरु
डुंगाको प्रयोग गरि तस्करी गरि ल्याइएका विद्युतिय सामान बरामद
बालविवाह न्यूनीकरणका लागि प्रहरीसँग  जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न 
बालविवाह न्यूनीकरणका लागि प्रहरीसँग  जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न