दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
बालविवाह न्यूनीकरणका लागि नेपाल प्रहरीहरूसँग मंगलबार जिल्ला स्तरीय अन्तरक्रिया गरिएको छ ।
बालविवाह विरूद्ध प्रदेश स्तरीय संजालको सहयोग परिकल्पना नेपाल तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा उक्त अन्तरक्रिया गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले पहिलेको तुलनामा अहिले बालविवाह गर्न अभिभावकहरू डराएको भन्दै फौजदारी कसुर अन्तरगर्त रहेको बालविवाह समुदायको अझै ठूलो चुनौतीको रूपमा रहेको बताए ।
अशिक्षा, चेतना, गरिब तथा दाईजोको कारणले सबैभन्दा बढी बालविवाह हुँदै आएकाले यसको न्यूनीकरणका लागि शिक्षा र चेतनामा जोड दिनुपर्ने उनको भनाई थियो । उनले मधेस प्रदेशमा सबैभन्दा बढी बालविवाह हुँदै आएको तथ्यांक भएपनि बालविवाहको उजुरी एकदमै न्यून आउने गरेको बताए ।
जिल्ला प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९÷०८० मा ५ वटा, २०८०÷०८१ मा एक वटा र २०८१÷०८२ मा अहिले सम्म एक वटा मात्र उजुरी परेको उनले बताए । आफ्नो छोरी आफुले भन्दा तल्लो जातको तथा कम पढेलेखेको विपन्न केटासँग विवाह गर्यो भने मात्र उजुरी आउने प्रवृत्ति रहेको भनाइ डिएसपी बस्नेतको रहेको थियो ।
कार्यक्रमका सहभागीहरूले बालविवाह न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट वकालत गर्नुपर्ने जोड दिए ।
परिकल्पना नेपालको उपाध्यक्ष सुनिता परियारको अध्यक्षतामा आयोजित कार्यक्रममा सुधा देवले बालविवाहको विषयमा सहजिकरण गरेकी थिईन् भने सवाना परविनले संचालन गरेको कार्यक्रममा ३२ जना प्रहरीहरूको सहभागी रहेको थियोे ।
बालविवाह न्यूनीकरणका लागि प्रहरीसँग जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न
सारांश
- बालविवाह विरूद्ध प्रदेश स्तरीय संजालको सहयोग परिकल्पना नेपाल तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा उक्त अन्तरक्रिया गरिएको हो ।
- कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले पहिलेको तुलनामा अहिले बालविवाह गर्न अभिभावकहरू डराएको भन्दै फौजदारी कसुर अन्तरगर्त रहेको बालविवाह समुदायको अझै ठूलो चुनौतीको रूपमा रहेको बताए ।
- अशिक्षा, चेतना, गरिब तथा दाईजोको कारणले सबैभन्दा बढी बालविवाह हुँदै आएकाले यसको न्यूनीकरणका लागि शिक्षा र चेतनामा जोड दिनुपर्ने उनको भनाई थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया