सशस्त्र प्रहरीद्वारा विपदमा गरिने उदारकलाको प्रदर्शन

राजविराज राजविराज
|
मंगलबार, पौष १७, २०८०
|
|
२० पटक हेरिएको
Shares
सशस्त्र प्रहरीद्वारा विपदमा गरिने उदारकलाको प्रदर्शन

सारांश

  •     फुसका तथा पक्की संरचना भएका घरहरुमा आगो दनदनी पैmलिरहेको अवस्था भागाभाग मच्चिदा सशस्त्र प्रहरीको युनिट उद्दारकलामा जुटिरहेको दृश्य देखाइएको थियो ।
  • आगलागीले एक पछी अर्काे घर जलिरहेको थियो ।
  • आगोले ३÷४ जना घाईते पनि भए ।

दैनिक समाचारदाता
राजविराज, १७ पुस ।

    सशस्त्र प्रहरी बल नेपाल दन्कालि विषेश कार्य तालिम शिक्षालय बरमझियाले मंगलबार विपद्मा गरिने उदारकलाको प्रदर्शन गरेका छन् । 
    फुसका तथा पक्की संरचना भएका घरहरुमा आगो दनदनी पैmलिरहेको अवस्था भागाभाग मच्चिदा सशस्त्र प्रहरीको युनिट उद्दारकलामा जुटिरहेको दृश्य देखाइएको थियो । आगलागीले एक पछी अर्काे घर जलिरहेको थियो । आगोले ३÷४ जना घाईते पनि भए । घाइतेको उद्दार संगै नियन्त्रणमा खटिएका सशस्त्र प्रहरीका युनिटले कोही आगो निभाउन व्यस्त थिए भने कोही उद्दारमा कुदेको कुदै थिए । यो काल्पनिक घटनाक्रम र उद्दारको प्रर्दशन मंगलवार शिक्षालयद्वारा सप्तरीको बरमझियामा गरिएको हो । 
    शिक्षालयद्वारा आगलागीबाट हुने क्षती रोक्न तथा सो बेला अपनाउनु पर्ने विधीबारे गत मंसिर १७ गते देखि चलाइएको एक महिने तालिमको अन्तिम दिन यस्तो साँकेतिक अभ्यास र उद्दारकला प्रर्दशन गरिएको हो । 
    प्राकृतिक तथा मानवीय कमीकमजोरीबाट हुने आगलागी जस्ता विपदको सामना पुर्व गर्नु पर्ने तयारी तथा विपद आइसकेपछि हुने सम्भावित क्षती न्यूनिकरण गर्ने उदेश्यले शिक्षालयमा रहेका विभिन्न युनिटका ४९ जना सशस्त्र प्रहरीलाई कलाकौशलले निपुण बनाइएको सशस्त्र प्रहरी बल नेपाल दन्तकालि विषेश कार्य तालिम शिक्षालयका समावेशक एवं बरिष्ट प्रहरी उपरिक्षक दिग विजय सुवेदीले बताए । 
    जनप्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी, सुरक्षा निकायका प्रमुख तथा सर्वसाधारणको उल्लेख्य उपस्थितीका बीच शिक्षालयका एक महिने तालिम प्राप्तकर्ता सशस्त्र प्रहरीले आफ्नो क्षमता र कौशल देखाएका थिए । 
    विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिमका अन्य कार्यहरु पनि संचालन हुने शिक्षालयका सशस्त्र प्रहरी उपरिक्षक सुवेदीले बताए । उनले प्राकृतिक तथा मानवीय त्रुटीले ब्यवहारीक जीवनमा आईपर्ने घट्नाक्रमहरुको परिकल्पना गरी त्यस्ता विपदका बेला न्यूनिकरण,उद्दार र व्यवस्थापन संगै पूर्व तयारीबारे ज्ञान बाड्ने उदेश्यले एक महिने तालिम चलाइएको बताए । तालिमका सहभागीहरुलार्ई विपद पुर्व तयारी एवं परिचालन, विपद प्रतिकार्यमा खोज तथा उद्दार, विपद जोखिम न्यूनिकरण कार्ययोजनाको कार्यान्वयन, राहत भण्डारण, पीडितका लागी सुरक्षित वासस्थल, मानवीय सहायता लगायतका बारेमा ज्ञान प्रदान गरिएको शिक्षालयले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीबाट सुरु भयो “किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियान
सप्तरीबाट सुरु भयो “किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियान
नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष साहको निधन
नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष साहको निधन
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
कार्यकारी राष्ट्रपति प्रणाली सहित २८ बुदे माग गर्दै जसपा नेपालले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
कार्यकारी राष्ट्रपति प्रणाली सहित २८ बुदे माग गर्दै जसपा नेपालले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काँग्रेस र एमाले मुलुकको स्थिरता र सुशासनका लागी अघि बढ्नु आवश्यक ः काँग्रेस नेता डा.संग्रौला
काँग्रेस र एमाले मुलुकको स्थिरता र सुशासनका लागी अघि बढ्नु आवश्यक ः काँग्रेस नेता डा.संग्रौला
जिएनसिंह अस्पतालमा सिटि स्क्यान र आईसियु सेवा तीन महिना भित्रै संचालनमा आउने
जिएनसिंह अस्पतालमा सिटि स्क्यान र आईसियु सेवा तीन महिना भित्रै संचालनमा आउने
मोटरसाइकल र स्कारपियो वेवारिसे अवस्थामा बरामद
मोटरसाइकल र स्कारपियो वेवारिसे अवस्थामा बरामद
पिएम कप महिला क्रिकेट छनोट  खेलमा राजविराज बिजयी
पिएम कप महिला क्रिकेट छनोट  खेलमा राजविराज बिजयी
छठ पर्वका लागि सफाइ गर्न थलियो जलाशय,  छठ पर्व अन्तरगत आज ‘नहाय खाय’ 
छठ पर्वका लागि सफाइ गर्न थलियो जलाशय,  छठ पर्व अन्तरगत आज ‘नहाय खाय’ 
सप्तरीमा दिनाभद्री जन्मोत्सव मनाइने
सप्तरीमा दिनाभद्री जन्मोत्सव मनाइने