दैनिक समाचारदाता
राजविराज, १९ असोज ।
जिल्ला स्तरीय खानेपानी सरसफाइ स्वच्छता समन्वय समितिको बसेको वैठकले एक महिने साबुनपानीले हातधुने राष्ट्रिय अभियानमा सहभागि बन्न आग्रह गरेको छ ।
राष्ट्रिय स्तरमा आह्वान गरेको एक महिने साबनुपानीले हात धुने अभियानलाई सफल पार्नका लागि सप्तरी जिल्ला स्थित रहेका खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले जिल्लाका प्रत्येक घर, विद्यालय तथा संघसंस्थाहरुमा हात धुने निश्चित स्थान बनाई नियमित हात धुन आग्रह तथा अनुरोध गरेको छ ।
कोरोना भाईरसबाट बच्ने सवै भन्दा प्रभावकारी उपाय साबुनपानीले हात धुनु रहेकोले प्रत्येक बर्ष अक्टोबर १५ मा मनाईने विश्व हात धुने दिवसलाई मध्यनजर गर्दै यसपाली महामारिको रुपमा रहेको कोभिड १९ भाईरसलाई ध्यानमा राखि अक्टोबर महिना भरी साबुनपानीले हात धुने अभियान संचालन गरिएको जनाइएको छ ।
जिल्ला खानेपानी सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष प्रभाकर यादवको अध्यक्षतमा सम्पन्न बैकठमा समितिका सदस्य सचिव एवं खानेपानी डिभिजन कार्यालयका निमित्त प्रमुख अजय कर्ण, बिभिन्न पालिकाका प्रमुख, उपप्रमुखहरु, गैसस महासंघका अध्यक्ष, विभिन्न दातृ निकायहरु एसएनभि नेपाल, डव्लु एचएच लगायतका प्रतिनिधी तथा विभिन्न स्थानिय संस्थाहरु, सबल नेपाल, केभिएस, महुली सामुदायिक विकास केन्द्र, सप्तरी सामुदायिक विकास केन्द्र नेपाल, वेल, सेभ द सप्तरी लगायतका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
साबुनपानीले हात धुन जिल्लावासीलाई आग्रह
सारांश
- राष्ट्रिय स्तरमा आह्वान गरेको एक महिने साबनुपानीले हात धुने अभियानलाई सफल पार्नका लागि सप्तरी जिल्ला स्थित रहेका खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले जिल्लाका प्रत्येक घर, विद्यालय तथा संघसंस्थाहरुमा हात धुने निश्चित स्थान बनाई नियमित हात धुन आग्रह तथा अनुरोध गरेको छ ।
- कोरोना भाईरसबाट बच्ने सवै भन्दा प्रभावकारी उपाय साबुनपानीले हात धुनु रहेकोले प्रत्येक बर्ष अक्टोबर १५ मा मनाईने विश्व हात धुने दिवसलाई मध्यनजर गर्दै यसपाली महामारिको रुपमा रहेको कोभिड १९ भाईरसलाई ध्यानमा राखि अक्टोबर महिना भरी साबुनपानीले हात धुने अभियान संचालन गरिएको जनाइएको छ ।
- जिल्ला खानेपानी सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष प्रभाकर यादवको अध्यक्षतमा सम्पन्न बैकठमा समितिका सदस्य सचिव एवं खानेपानी डिभिजन कार्यालयका निमित्त प्रमुख अजय कर्ण, बिभिन्न पालिकाका प्रमुख, उपप्रमुखहरु, गैसस महासंघका अध्यक्ष, विभिन्न दातृ निकायहरु एसएनभि नेपाल, डव्लु एचएच लगायतका प्रतिनिधी तथा विभिन्न स्थानिय संस्थाहरु, सबल नेपाल, केभिएस, महुली सामुदायिक विकास केन्द्र, सप्तरी सामुदायिक विकास केन्द्र नेपाल, वेल, सेभ द सप्तरी लगायतका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया