भगवती मन्दिर पुजा समितिको आयव्यय सार्वजनिक

राजविराज राजविराज
|
शनिबार, कार्तिक १८, २०८०
|
|
७२ पटक हेरिएको
Shares
भगवती मन्दिर पुजा समितिको आयव्यय सार्वजनिक

सारांश

  •     उनले चन्दा वापत ८८ हजार ५ सय २१, बलि प्रदानबाट १४ हजार ८ सय ५५, मेलाबाट १७ हजार ८ सय ९५, दान पेटिकाबाट १९ हजार ९ सय ६७ गरि कुल १ लाख ४१ हजार २ सय ३८ आम्दानी भएको जानकारी दिए ।
  •        संयोजक देवले आम्दानीबाट खर्च कट्टा गरि बचत भएको २२ हजार ८ सय ३८ रकम मन्दिरका पुजारी दुर्गानन्द मिश्रलाई प्रदान गरे ।
  • उक्त रकम मूर्ती निर्माणका क्रममा भएको खर्चमा सहयोग गरिएको जनाइएको छ ।

   राजविराज÷राजविराजस्थित माँ चण्डी दुर्गा भगवती मन्दिरको पुजा समितिले आयव्यय सार्वजनिक गरेको छ । 
    पूजाका लागि निर्माण भएको उक्त समितिले शनिबार एक कार्यक्रमबीच पूजा अवधीमा भएको आम्दानी, खर्च र दाताहरुबाट प्राप्त जिन्सीहरु सार्वजनिक गरेको छ । 
    समितिका संयोजक रामानन्द देवले चन्दाबाट प्राप्त रकम, बलि प्रदानबाट प्राप्त रकम, दान पेटिकाबाट संकलित रकम, पुजाको समयमा मेलाका पसलहरुबाट संकलित रकम र विभिन्न दाताहरुबाट प्राप्त जिन्सी सामानहरुको विवरण प्रस्तुत गरे । 
    उनले चन्दा वापत ८८ हजार ५ सय २१, बलि प्रदानबाट १४ हजार ८ सय ५५, मेलाबाट १७ हजार ८ सय ९५, दान पेटिकाबाट १९ हजार ९ सय ६७ गरि कुल १ लाख ४१ हजार २ सय ३८ आम्दानी भएको जानकारी दिए ।   
    संयोजक देवले आम्दानीबाट खर्च कट्टा गरि बचत भएको २२ हजार ८ सय ३८ रकम मन्दिरका पुजारी दुर्गानन्द मिश्रलाई प्रदान गरे । उक्त रकम मूर्ती निर्माणका क्रममा भएको खर्चमा सहयोग गरिएको जनाइएको छ । 
    राजविराज वडा नं. ७ का अध्यक्ष शुभाषचन्द्र यादवको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पूजा समितिका सदस्य, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । 
    सोही क्रममा पूजा समितिका संयोजक देवले वडा अध्यक्ष यादवलाई पूजा समितिको सम्पूर्ण हरहिसाबसहितको कागजात हस्तान्तरण गरे । 
    यस्तै कागजात हस्तान्तरण पश्चात् सम्पूर्ण उपस्थित अतिथिहरुले मन्दिर परिसरमा विभिन्न प्रकारका फुल रोपेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एपिएफ विद्यालयमा प्रधानाध्यापकको  राजिनामाको विषयलाई लिएर विवाद बाहिरियो
एपिएफ विद्यालयमा प्रधानाध्यापकको  राजिनामाको विषयलाई लिएर विवाद बाहिरियो
तत्कालिन प्रदेश २ सरकारद्वारा गठित समितिले  मलेठ घटनाको प्रतिवेदन अझै सार्वजनिक गरेन 
तत्कालिन प्रदेश २ सरकारद्वारा गठित समितिले  मलेठ घटनाको प्रतिवेदन अझै सार्वजनिक गरेन 
एकद्वार प्रणाली मार्फत बाढीपीडितलाई  राहत बितरण गर्न निर्देशन
लालपूर्जा पाउनु पर्ने माग गर्दै  दोस्रो चरणको आन्दोलन घोषणा
लालपूर्जा पाउनु पर्ने माग गर्दै  दोस्रो चरणको आन्दोलन घोषणा
सप्तरी युथद्वारा महोत्सवको आयव्यय सार्वजनिक, प्रतिष्ठान निर्माणका लागि हस्ताक्षर अभियान चलाउने 
सप्तरी युथद्वारा महोत्सवको आयव्यय सार्वजनिक, प्रतिष्ठान निर्माणका लागि हस्ताक्षर अभियान चलाउने 
माध्यमिक शिक्षा परीक्षा र हाम्रो दायित्व
माध्यमिक शिक्षा परीक्षा र हाम्रो दायित्व
मुटु रोगको निःशुल्क शिविरबाट एक  हजार भन्दा बढीले पाए उपचार
मुटु रोगको निःशुल्क शिविरबाट एक  हजार भन्दा बढीले पाए उपचार
जनताको पार्टी बनाउन नेतृत्व पंक्तिसँग उद्योग मन्त्री यादवको आग्रह
जनताको पार्टी बनाउन नेतृत्व पंक्तिसँग उद्योग मन्त्री यादवको आग्रह
माओवादी केन्द्र राजविराज नगरको विभिन्न कमिटि गठन
माओवादी केन्द्र राजविराज नगरको विभिन्न कमिटि गठन
सप्तरीमा संक्रमितको संख्या ५ सय ३१, ६ जना प्रहरी पनि संक्रमित
सप्तरीमा संक्रमितको संख्या ५ सय ३१, ६ जना प्रहरी पनि संक्रमित