दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
सप्तरी जिल्लामा कोरोना संक्रमित हुनेको संख्या दैनिकी बढ्दो छ । आइतबार राती २७ जना संक्रमित थपिएको जिल्लामा सोमबार थप ७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ५ सय ३१ पुगेको छ ।
यता सोमबार ७ जनामा कोरोना पुष्टि भएका मध्येबाट ६ जना प्रहरी नै रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताए ।
संक्रमित हुने सबै प्रदेश प्रहरी तालिम केन्द्र राजविराजमा कार्यरत छन् । उनीहरु सबै प्रहरी जवान हुन् । यस्तै अर्का एक संक्रमित जीवन बिमा कम्पनीमा काम गर्ने ३८ वर्षका पुरुष हुन् ।
समुदायस्तरमै कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि गत साउन ८ गतेदेखी राजविराज नगरपालिका क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारि गरिएको छ । यस्तै जिल्लाका सबै स्थानिय तहले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै सेवा प्रवाह बन्द गरेको छ ।
सप्तरीमा संक्रमितको संख्या ५ सय ३१, ६ जना प्रहरी पनि संक्रमित
सारांश
- यता सोमबार ७ जनामा कोरोना पुष्टि भएका मध्येबाट ६ जना प्रहरी नै रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताए ।
- संक्रमित हुने सबै प्रदेश प्रहरी तालिम केन्द्र राजविराजमा कार्यरत छन् ।
- उनीहरु सबै प्रहरी जवान हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया