दैनिक समाचारदाता
राजविराज, ४ भदौं ।
एक वचतकर्ताले राजविराजस्थित एनआईसी एशिया बैंकले स्वास्थ विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो गरेका छन ।
विभिन्न लोभ लाग्दो योजना ल्याएर ग्राहक संख्या बढाएको सो बैंकले एक वर्ष वित्न लाग्दा पनि प्रतिबद्धता अनुसारको स्वास्थ्य बिमा वापतको रकम भुक्तानी गर्न आलटाल गरिरहेको राजविराज ७ निवासी ४४ वर्षिय रमाकान्त साहले गुनासो गरेका हुन् ।
उनले बचत योजनाको स्वास्थ्य विमा कार्यक्रम अन्र्तगत आफुले पाउनु पर्ने स्वास्थ्य उपचार खर्च रकम दिन बैंकले विभिन्न बहाना देखाई आलटाल गरीरहेको गुनासो पोखे ।
१२ महिना अघि उनका पत्नी रागीनी कुमारी साहले सो बैंकको राजविराज शाखामा १ लाख रुपैया जम्मा गरी स्वास्थ्य विमा सुविधा लाभ पाउने गरी डायमण्ड बचत खाता खोलेका थिए । उक्त बचत खाता योजना अन्तर्गत खाताधारी सहित उनका परिवारका ४ जना सदस्य मध्ये कोही विरामी पर्दा उपचार खर्च दाबी गर्न सकिने व्यवस्था र सुविधा रहेको जनाईएको थियो ।
संयोगवश १२ महिना अघि रागिनीका पति रमाकान्त विरामी परे । उनको गजेन्द्र नारायण सिह अस्पतालमा उपचार गरिएको थियो । उनी अहिले महिनै पिच्छे स्वास्थ्य परिक्षणका लागी अस्पताल पुग्ने गरेका छन । तर बैंकबाट हाल सम्म एक सुुको पनि नपाएको उनको गुनासो छ ।
साहले उपचारका क्रममा भएको खर्च ९ हजार ३ सय ६७ रुपैयाको विल सहित आवश्यक सम्पुर्ण कागजात बुझाई सकेका छन । तर बैंकले प्रक्रिया मै रहेको त कहिले फाईल पत्ता लगाएर भन्छु भन्दै फर्काउने गरेको साह परिवारको गुनासो छ । पहुँच र भनसुनका आधारमा एकाधले उक्त बचत योजनाको लाभ पाएपनि धेरै जसो बचतकर्ता पटयारलाग्दो पर्खाइमा रहेको बुझिएको छ ।
यता बंैकका शाखा प्रबन्धक इश्वर यादवले डायमण्ड बचत योजना अन्तर्गत साहले पाउनु पर्ने उपचार खर्च हाल सम्म किन पाउन सकेन भन्ने बारे केन्द्रसँग बुझ्ने काम भईरहेको बताए ।
एक वर्षदेखी स्वास्थ विमा वापतको रकमका लागी बैंक धाउँदै साह
सारांश
- विभिन्न लोभ लाग्दो योजना ल्याएर ग्राहक संख्या बढाएको सो बैंकले एक वर्ष वित्न लाग्दा पनि प्रतिबद्धता अनुसारको स्वास्थ्य बिमा वापतको रकम भुक्तानी गर्न आलटाल गरिरहेको राजविराज ७ निवासी ४४ वर्षिय रमाकान्त साहले गुनासो गरेका हुन् ।
- उनले बचत योजनाको स्वास्थ्य विमा कार्यक्रम अन्र्तगत आफुले पाउनु पर्ने स्वास्थ्य उपचार खर्च रकम दिन बैंकले विभिन्न बहाना देखाई आलटाल गरीरहेको गुनासो पोखे ।
- १२ महिना अघि उनका पत्नी रागीनी कुमारी साहले सो बैंकको राजविराज शाखामा १ लाख रुपैया जम्मा गरी स्वास्थ्य विमा सुविधा लाभ पाउने गरी डायमण्ड बचत खाता खोलेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया