राजविराज÷राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रिय सभा सदस्यका लागि शनिबार दुई जनाको नाम टुंगो लगाएको छ ।
राष्ट्रियसभा सदस्यका लागि राजपाले वरिष्ठ उपाध्यक्षद्वय मृगेन्द्र कुमार सिंह यादव र शेखर सिंहको नाम टुंगो लगाएको हो । दुबै जना सप्तरीवासी हुन् ।
प्रदेश २ मा खाली हुने चार जना राष्ट्रियसभा सदस्यमा राजपा र नेकपाले दुई दुई सिटका सहमति गरे अनुसार राजपाले आफ्नो दुई जना उम्मेदवारको नाम टुंगो लगाएको हो । यसअघि नेकपाले प्रदेश नं २ मा महिलामा तुल्सा दाहाल र दलितमा राधेश्याम पासवानको नाम टुंगो लगाइसकेको छ ।
यता प्रदेश २ मा समाजवादी पार्टीले नेपाली काँग्रेससँग राष्ट्रिय सभाका लागि चुनावी तालमेल गरेको छ । काँग्रेसले भने महोत्तरीकी नगिना यादवलाई महिला कोटा र धनुषाका भोला पन्जियार अल्पसंख्य र अपांगता कोटामा नाम टुंगो लगाएको छ । तर, समाजवादीले हालसम्म कसैको नाम टुंगो लगाउन सकेको छैन् ।
राजपाबाट राष्ट्रिय सभा सदस्यमा मृगेन्द्र यादव र शेखर सिंहको नाम सिफारिस
सारांश
- यता प्रदेश २ मा समाजवादी पार्टीले नेपाली काँग्रेससँग राष्ट्रिय सभाका लागि चुनावी तालमेल गरेको छ ।
- काँग्रेसले भने महोत्तरीकी नगिना यादवलाई महिला कोटा र धनुषाका भोला पन्जियार अल्पसंख्य र अपांगता कोटामा नाम टुंगो लगाएको छ ।
- तर, समाजवादीले हालसम्म कसैको नाम टुंगो लगाउन सकेको छैन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया