राजविराज÷राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रिय सभा सदस्यका लागि शनिबार दुई जनाको नाम टुंगो लगाएको छ ।
राष्ट्रियसभा सदस्यका लागि राजपाले वरिष्ठ उपाध्यक्षद्वय मृगेन्द्र कुमार सिंह यादव र शेखर सिंहको नाम टुंगो लगाएको हो । दुबै जना सप्तरीवासी हुन् ।
प्रदेश २ मा खाली हुने चार जना राष्ट्रियसभा सदस्यमा राजपा र नेकपाले दुई दुई सिटका सहमति गरे अनुसार राजपाले आफ्नो दुई जना उम्मेदवारको नाम टुंगो लगाएको हो । यसअघि नेकपाले प्रदेश नं २ मा महिलामा तुल्सा दाहाल र दलितमा राधेश्याम पासवानको नाम टुंगो लगाइसकेको छ ।
यता प्रदेश २ मा समाजवादी पार्टीले नेपाली काँग्रेससँग राष्ट्रिय सभाका लागि चुनावी तालमेल गरेको छ । काँग्रेसले भने महोत्तरीकी नगिना यादवलाई महिला कोटा र धनुषाका भोला पन्जियार अल्पसंख्य र अपांगता कोटामा नाम टुंगो लगाएको छ । तर, समाजवादीले हालसम्म कसैको नाम टुंगो लगाउन सकेको छैन् ।
राजपाबाट राष्ट्रिय सभा सदस्यमा मृगेन्द्र यादव र शेखर सिंहको नाम सिफारिस
सारांश
- यता प्रदेश २ मा समाजवादी पार्टीले नेपाली काँग्रेससँग राष्ट्रिय सभाका लागि चुनावी तालमेल गरेको छ ।
- काँग्रेसले भने महोत्तरीकी नगिना यादवलाई महिला कोटा र धनुषाका भोला पन्जियार अल्पसंख्य र अपांगता कोटामा नाम टुंगो लगाएको छ ।
- तर, समाजवादीले हालसम्म कसैको नाम टुंगो लगाउन सकेको छैन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया