सात दिन भित्र निर्वाचन खर्च विवरण नबुझाउनेलाई कारवाहीको तयारी

राजविराज राजविराज
|
शुक्रबार, भाद्र ३, २०७९
|
|
७० पटक हेरिएको
Shares
सात दिन भित्र निर्वाचन खर्च विवरण नबुझाउनेलाई कारवाहीको तयारी

सारांश

  •     सप्तरी जिल्ला निर्वाचन अधिकारी प्रदिप कुमार जोशीले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्रका समेत गरी ५ हजार ५ सय ३५ जनाले विभिन्न पदमा उम्मेदवारी दिए पनी हाल सम्म ४ सय ८२ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएको जानकारी दिएका छन् ।
  • खर्च विवरण नबुझाउने उम्मेदवारको संख्या ५ हजार ५३ रहेको छ ।
  •       जिल्ला निर्वाचन कार्यालयका प्रमुख जोशीले पछिल्लो पटक भदौ १ गते सबै पालिकामा पत्राचार गरी उम्मेदवारी दिएका सबैलाई ७ दिन भित्र निर्वाचन खर्च बुझाउन पत्राचार गरिएको बताए ।

दैनिक समाचारदाता
राजविराज, ३ भदौ ।

    निर्वाचन आयोगले गत बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनका क्रममा भएको खर्च विवरण नबुझाएकाहरुलाई सात दिनभित्र खर्च विवरण बुझाउन थप म्याद दिएको छ । 
    सप्तरी जिल्ला निर्वाचन अधिकारी प्रदिप कुमार जोशीले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्रका समेत गरी ५ हजार ५ सय ३५ जनाले विभिन्न पदमा उम्मेदवारी दिए पनी हाल सम्म ४ सय ८२ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएको जानकारी दिएका छन् । खर्च विवरण नबुझाउने उम्मेदवारको संख्या ५ हजार ५३ रहेको छ । 
    जिल्ला निर्वाचन कार्यालयका प्रमुख जोशीले पछिल्लो पटक भदौ १ गते सबै पालिकामा पत्राचार गरी उम्मेदवारी दिएका सबैलाई ७ दिन भित्र निर्वाचन खर्च बुझाउन पत्राचार गरिएको बताए । 
    यस अघि एक राष्ट्रिय दैनिक पत्रिकामा समेत सो बारे सुचना प्रकाशित गरी खर्च विवरण माग गरिएको उनले बताउँदै ती उम्मेदवारहरुले समयमै खर्च विवरण बुझाउन वेवास्ता गरेकाले पुन अन्तिम पटकका लागी ७ दिनको म्याद दिएर पत्राचार गरेको जानकारी दिए ।
    निर्वाचनको प्रचार प्रसारका क्रममा भएको सम्पुर्ण खर्चको विवरण निर्वाचन आयोगको ऐनको अनुसची ३० बमोजिमको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको ३० दिन भित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था छ । यसरी जरिवानाको कारवाही भएका ब्यक्ती अगामी निर्वाचनमा उम्मेदवार हुनबाट समेत बञ्चित हुने छन् ।
    निर्वाचन आयोगले नगरपालिकाका प्रमुख÷उपप्रमुखका उम्मेदवारले ४ लाख ५० हजार र गाउँपालिकाका प्रमुख÷उपप्रमुखका उम्मेदवारले ३ लाख ५० हजार रुपैया खर्च गर्न पाउने गरी रकम निर्धारण गरेको छ । 
    निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा (२) मा कुनै राजनीतिक दल वा उम्मेदवारले दफा २५ को उपदफा (१) बमोजिम निर्वाचन खर्चको विवरण पेश नगरेमा वा त्यसरी पेश भएको विवरणमा सोही दफाको उपदफा २ बमोजिम लेखापरिक्षण हुदाँ लेखापरिक्षकको परिक्षणका आधारमा अस्वभाविक वा निर्वाचनको स्वच्छतामा प्रतिकुल हुने गरी खर्च देखिएमा आयोगले त्यस्तो उम्मेदवारलाई जरिवाना गर्न सक्ने व्यवस्था छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बौद्धिक अपाङगता भएका लागि बजेट  बिनियोजन गर्न तीनै तहलाई आग्रह
बौद्धिक अपाङगता भएका लागि बजेट  बिनियोजन गर्न तीनै तहलाई आग्रह
विवाहपञ्चमीको रौनक
विवाहपञ्चमीको रौनक
सप्तरीमा पाँच हजार ५ सय २४ जना चुनावी प्रतिस्पर्धामा
सप्तरीमा पाँच हजार ५ सय २४ जना चुनावी प्रतिस्पर्धामा
उद्योग व्यवसायीको विकासका लागि  लगानीमैत्री नीति र वातावरण  आवश्यक ः मुख्यमन्त्री राउत
उद्योग व्यवसायीको विकासका लागि  लगानीमैत्री नीति र वातावरण  आवश्यक ः मुख्यमन्त्री राउत
अग्निपीडित मंडललाई क्लबद्वारा राहत प्रदान
अग्निपीडित मंडललाई क्लबद्वारा राहत प्रदान
गजेन्द्र नारायण सिंहको  स्मरणमा विभिन्न कार्यक्रम
गजेन्द्र नारायण सिंहको  स्मरणमा विभिन्न कार्यक्रम
एक हजार तीन सय गाँजाका बोट फडान
एक हजार तीन सय गाँजाका बोट फडान
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
प्रेम विवाह गरेर अलपत्र परेकी युवती न्यायका लागि गुहार्दै
प्रेम विवाह गरेर अलपत्र परेकी युवती न्यायका लागि गुहार्दै
व्यवस्थापन समिति गठनको माग गर्दै रिले अनसन
व्यवस्थापन समिति गठनको माग गर्दै रिले अनसन