राजविराज÷आगलागिका कारण कष्टकर जीवन विताईरहेको सप्तरीको तिलाठी कोईलाडी गाउपालिका ७ मंसापुरको अग्नीपीडित परिवारलाई शनिबार धर्मी हल्फा विकास क्लब नामक संस्थाले राहत प्रदान गरेको छ ।
स्थानिय बद्री मंडलको परिवारलाई राहतस्वरूप त्रिपाल, झुल, बेडसिट, लुगाफाटा, थाल, ग्लास, कराही, डेकची, पन्यु र खाद्यान्नलगायतका राहत सामाग्रीहरु प्रदान गरिएको संस्थाका अध्यक्ष एवम् समाजसेवी ई. सूर्य नारायण यादवले जनाकारी दिएका छन् ।
मंसिर २० गते भएको आगलागिमा मंडलको ४ लाखभन्दा बढिको धनमालको क्षति भएको थियो ।
राहत वितरणको अवसरमा तिलाठी कोईलाडी गाउपालिकाकी उपाध्यक्ष सुचिता यादव, वडा अध्यक्ष गुलाब प्रसाद सिंह, वडा सदस्यहरु कमला देवी मंडल र भौरी साह, वडा सचिव सन्तलाल मंडल, शिक्षा विकास तथा समन्वय कार्यालय सप्तरीका लेखा संयोजक बीरेन्द्र चौधरी, ईलाका प्रहरी कार्यालय हनुमानगरको प्रहरी हवल्दार ध्रुव कटुवाल, समाजसेवी पवन गिरी लगायतको उपस्थिति रहेको थियो ।
अग्निपीडित मंडललाई क्लबद्वारा राहत प्रदान
सारांश
- राहत वितरणको अवसरमा तिलाठी कोईलाडी गाउपालिकाकी उपाध्यक्ष सुचिता यादव, वडा अध्यक्ष गुलाब प्रसाद सिंह, वडा सदस्यहरु कमला देवी मंडल र भौरी साह, वडा सचिव सन्तलाल मंडल, शिक्षा विकास तथा समन्वय कार्यालय सप्तरीका लेखा संयोजक बीरेन्द्र चौधरी, ईलाका प्रहरी कार्यालय हनुमानगरको प्रहरी हवल्दार ध्रुव कटुवाल, समाजसेवी पवन गिरी लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया