दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
राजविराजस्थित एन आई सि एसिया बैंकमा मंगलबार बिहान बम फेला परेको छ । उक्त बमलाई नेपाली सेनाले निस्कृय गरेको हो ।
राजविराज ८ स्थित सो बैंकको दोस्रो तल्ला चढ्ने भ¥याङको कुनामा बम फेला परेको हो । बिहान १०ः३० बजे तल ओर्लेको बेला प्रबन्धक मुकेश साहले कुनामा सेतो प्लास्टिकको कार्टुनमा शंकास्पद्घबस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
यता सेतो कार्टुनमा खतरा लेखिएको तथा बिजुलीको तार बाहिर निस्केको बस्तु बम भएको खबर सँगै बैंकका कर्मचारी तथा भुईतल्लामा रहेका अन्य पसलेहरु त्रसित भएका थिए ।
बम राखिएको खबर प्राप्त भएपछि भिमदल गणका प्रमुख सेनानी गुप्त बहादुर कुँवरसहित क्याप्टेन कमल श्रेष्ठ नेतृत्वको बम डिस्पोजल टोली सो स्थानमा पुगी वरपर खाली गराएको थियो ।
सेनाको बम डिस्पोल टोलीले डेढ घण्टाको प्रयास पछि उक्त बम निस्कृय बनाएको प्रमुख सेनानी कुँवरले बताए ।
बैंक प्रबन्धक मुकेश साहले विहान ९ बजे बैंकमा आउँदा कुनै शंकास्पद्घ वस्तु नदेखेको बताउँदै बैंक खुलेपछि कोहि ग्राहक बनेर आएका व्यक्तिले नै त्यो बम राखेको हुन सक्ने आशंका व्यक्त गरे । यद्दपी बम कसले र कीन राखेको बारे स्पष्ट हुन सकेको छैन् । यसबारे आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ग्राहक बनेर आएकाले बैंकमा बम राखेको आशंका, सेनाद्वारा निस्कृय
सारांश
- राजविराज ८ स्थित सो बैंकको दोस्रो तल्ला चढ्ने भ¥याङको कुनामा बम फेला परेको हो ।
- बिहान १०ः३० बजे तल ओर्लेको बेला प्रबन्धक मुकेश साहले कुनामा सेतो प्लास्टिकको कार्टुनमा शंकास्पद्घबस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
- यता सेतो कार्टुनमा खतरा लेखिएको तथा बिजुलीको तार बाहिर निस्केको बस्तु बम भएको खबर सँगै बैंकका कर्मचारी तथा भुईतल्लामा रहेका अन्य पसलेहरु त्रसित भएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया