पर्याप्त दाइजो नल्याएको भन्दै विहे भएको  चार महिना मै महिला घर निकाला

राजविराज राजविराज
|
बुधबार, मंसिर ३, २०८२
|
|
६३ पटक हेरिएको
Shares
पर्याप्त दाइजो नल्याएको भन्दै विहे भएको  चार महिना मै महिला घर निकाला

सारांश

  •     बुधवार पत्रकार सम्मेलनको आयोजना गरी २२ वर्षिया सुमन कुमारी मण्डलले श्रीमान राधेश्याम, ससुरा शत्रुघन, सासु सोभा र नन्द अनिताले मागे जतीको दाईजो नल्याएको भन्दै निर्घात कुटपीट गर्दै घर निकाला समेत गरिदिएको गुनासो पोखेकी छिन ।
  • विहे भएको चार महिना नवित्दै कुटपीट गर्दै आफूलाई घर निकाला समेत गरिदिएको उनले सुनाइन् ।
  •     सप्तरीको विष्णुपुर गाउँपालिका ५ मझाउ टोल माईती भएकी सुमनको २०७८ साल फागुन २९ गते तिलाठी कोईलाडी गाउँपालिका ७ सडेपारका राधेश्यामसँग विवाह भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ३ मंसिर ।

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ सडेपारकी एक महिला पर्याप्त दाइजो नल्याएको भन्दै ससुराली पक्षबाट प्रताडित भएकी छिन । 
    बुधवार पत्रकार सम्मेलनको आयोजना गरी २२ वर्षिया सुमन कुमारी मण्डलले श्रीमान राधेश्याम, ससुरा शत्रुघन, सासु सोभा र नन्द अनिताले मागे जतीको दाईजो नल्याएको भन्दै निर्घात कुटपीट गर्दै घर निकाला समेत गरिदिएको गुनासो पोखेकी छिन । विहे भएको चार महिना नवित्दै कुटपीट गर्दै आफूलाई घर निकाला समेत गरिदिएको उनले सुनाइन् ।
    सप्तरीको विष्णुपुर गाउँपालिका ५ मझाउ टोल माईती भएकी सुमनको २०७८ साल फागुन २९ गते तिलाठी कोईलाडी गाउँपालिका ७ सडेपारका राधेश्यामसँग विवाह भएको थियो । 
    दुबै पक्षका अभिभावकको सहमतीमा भएको विवाहमा २ लाख ५० हजार नगद, आधी तोला सुनको गरगहना, लत्ताकपडा, भाँडाकुडा र फर्निचर लगायतका सामग्री दिएको सुमनका बुबा कृष्णदेवको भनाई छ । 
    तर थप दाईजोको रुपमा गाउँ मै आफ्नो नाममा रहेको ५ कठ्ठा जग्गा माग्दै दवाव दिन थालिएको र असमर्थता ब्यक्त गरेपछि छोरीलाई शारिरीक, मानसिक यातना दिन थालिएको बुबा कृष्ण देवले सुनाए । 
    उनले छोरीलाई यसरी यातना दिनेमाथी कारवाहीको माग गर्दै न्यायका लागी प्रहरी हुदै अदालत सम्म पुगेको बताएका छन । पत्रकार सम्मेलनमा सुमनले घर निकालामा परेको लामोसमय समाजिक स्तरमा मिलाउने प्रयास मै विते पनि सफल नभएपछि ढिलो गरी न्यायका लागी सरोकारावाला निकायमा पुग्न थालेको बताएकी छिन । 
    आफु रंगले गोरो नभइ काली भएकीले विहे गरेको पहिलो दिन देखी नै श्रीमानबाटै तिरस्कारको सुरुआत भएको उनको कथन छ । त्यसपछी दाईजोको निहँुमा पुरै परिवारले यातना दिन थालेको उनले सुनाईन । 
    सुमनलाई ससुराली पक्षले घरमा राख्न अस्विकार गरेपछी उनी लामो समय देखी माईती मै वस्दै आएकी छिन । उनले न्याका लागी पहल गरिदिन सबैसँग आग्रह गरेकी छिन । यसबारे उनका श्रीमान राधेश्याम सँग पटक÷पटक जानकारी लिने प्रयास गर्दा सम्पर्क हुन सकेन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिकेटको बिकासका लागि प्रतिष्ठान गठन
मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक प्रयास भईरहेको छ ः मधेशी आयोगका अध्यक्ष डा.दत्त
मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक प्रयास भईरहेको छ ः मधेशी आयोगका अध्यक्ष डा.दत्त
समाजवादी र राजपाबीच एकीकरण बाहेक विकल्प छैन् ः उपेन्द्र यादव
समाजवादी र राजपाबीच एकीकरण बाहेक विकल्प छैन् ः उपेन्द्र यादव
पालिकाद्वारा किसानहरुका लागि सिंचाईका निम्ति छुट्टै ट्रान्सफर्मरसहित मास्टर मिटर जडान
पालिकाद्वारा किसानहरुका लागि सिंचाईका निम्ति छुट्टै ट्रान्सफर्मरसहित मास्टर मिटर जडान
संघीयताको सुमधुर अभ्यास नै आजको आवश्यकता
विश्व वातावरण दिवसमा  त्रियुगामा बाँसको बिरुवा रोपिए
विश्व वातावरण दिवसमा  त्रियुगामा बाँसको बिरुवा रोपिए
छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि  पाएनन् तलब, जेष्ठ नागरिक समेत  सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित
छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि  पाएनन् तलब, जेष्ठ नागरिक समेत  सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित
सप्तरीको समानुपातिकतर्फ अन्तिम नतिजा सार्वजनिक, प्रतिनिधि र प्रदेशसभा दुबैमा जनमत पहिलो
सप्तरीको समानुपातिकतर्फ अन्तिम नतिजा सार्वजनिक, प्रतिनिधि र प्रदेशसभा दुबैमा जनमत पहिलो
देश टुक्राउनेलाई तह लगाउन सबै जनता एकजुट हुनुपर्छ ः पूर्व मन्त्री यादव
देश टुक्राउनेलाई तह लगाउन सबै जनता एकजुट हुनुपर्छ ः पूर्व मन्त्री यादव
विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी  पसलको विद्युतीय उपकरण नियन्त्रणमा
विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी पसलको विद्युतीय उपकरण नियन्त्रणमा