विश्व वातावरण दिवसमा  त्रियुगामा बाँसको बिरुवा रोपिए

राजविराज राजविराज
|
बुधबार, जेठ २२, २०७६
|
|
४१ पटक हेरिएको
Shares
विश्व वातावरण दिवसमा  त्रियुगामा बाँसको बिरुवा रोपिए

सारांश

  •     सप्तकोशी नगरपालिका नगरप्रमुख उत्तम गौतमले एक कार्यक्रम बिच वडा ३ स्थित सखुवनीको त्रियुगा नदि वरिपरी बाँस तथा बृक्षारोपन गरे ।
  •     सो अवसरमा प्रमुख गौतमले बर्षेनी त्रियुगा नदिमा आएको बाढीले सखुवनी लगायत यस क्षेत्रका विभिन्न बस्तीमा बाढीले ठुलो जनधनको क्षति हुने गरेकोले त्रियुगाको तटबन्धमा बोटबिरूवा तथा बाँस रोपेको उल्लेख गरे ।
  •     बाँस रोपेर बाढी प्रभावित बस्तीलाई जोगाउन र यस क्षेत्रका बगर जग्गालाई बगरलाई उपयोग गरी बातावरणलाई सुरक्षति बनाई बाढी पीडितहरूलाई आर्थिक आम्दानी तर्फ उन्मुख गराउने उद्देश्य रहेको प्रमुख गौतमको भनाईछ  ।

चन्दनकुमार यादव
फत्तेपुर, २२ जेठ ।
    विश्व वातावरण दिवसको अवसरमा सप्तरीको सप्तकोशी नगरपालिकास्थित त्रियुगा नदिको तदबन्धमा बिपद न्युनिकरण, तथा बाढी नियन्त्रण गर्नका लागि बाँसको बिरूवा रोपेर मनाइएको छ ।
    सप्तकोशी नगरपालिका नगरप्रमुख उत्तम गौतमले एक कार्यक्रम बिच वडा ३ स्थित सखुवनीको त्रियुगा नदि वरिपरी बाँस तथा बृक्षारोपन गरे ।
    सो अवसरमा प्रमुख गौतमले बर्षेनी त्रियुगा नदिमा आएको बाढीले सखुवनी लगायत यस क्षेत्रका विभिन्न बस्तीमा बाढीले ठुलो जनधनको क्षति हुने गरेकोले त्रियुगाको तटबन्धमा बोटबिरूवा तथा बाँस रोपेको उल्लेख गरे ।


    बाँस रोपेर बाढी प्रभावित बस्तीलाई जोगाउन र यस क्षेत्रका बगर जग्गालाई बगरलाई उपयोग गरी बातावरणलाई सुरक्षति बनाई बाढी पीडितहरूलाई आर्थिक आम्दानी तर्फ उन्मुख गराउने उद्देश्य रहेको प्रमुख गौतमको भनाईछ  । 
    यसैगरी सो अवसरमा सप्तकोशी नगरउपप्रमुख आशा चौधरीले वायु प्रदुषण शान्त, अदृष्य तथा भयानक घातक समस्या भएकोले प्रयावर्ण जोगाउन सबैले आफनो ठाँउवाट बोटबिरूवा रोपी स्वच्छ वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।
    कोशी पीडित समाजका निर्देशक देव नारायण यादबले पृथ्बीको आवरण रूख भएकोले रूख रोपेर प्रयावरण जागाउनु पर्ने भएकोले सर्वसधारणमा जनजागरण गराउन त्रियुगा नदिको तटबन्धको संरक्षण र सम्बर्धन गर्न बोटबिरूवा रापेर बिवद ब्यबस्थापनलाई न्युनिकरण गर्ने सकिने बताए । 
    त्यस्तै वडा नम्वर ३ स्थित बाढी प्रभाबित क्षेत्र मै रहेको आधारभुत बिधालय सखुवनीमा नगरप्रमुख उत्तम गौतम, उपप्रमुख आशा चौधरी, केभिएसका देब नारायण यादब र वडा अध्यक्ष देवकान्त चौधरीले बालवालिकाहरूलाई स्वच्छ बातावरणमा पठनपाठन गर्ने उदेश्यले बिद्यालय हाताभित्र तिन वटा अशोकको रूख र दुई वटा फुलको बोटबिरूवा बिधालयका रापेका बिद्यालयका प्रअ बाबुल बस्नेतले जानकारी दिए ।
    त्रियुगा नदिको तटवन्धमा बिपद ब्यबस्थापन समिति सखुवनी र एल.डब्लु.आर.सि.टि.बिआर परियोजना अन्तर्गतको साझेदारीमा १ लाख ७३ हजारको लागतमा ४ सय बाँसको बिरूवा रोपन कार्यक्रमको ब्यानरको अनावरण गरेको केभिएसका कार्यक्रम संयोजक श्रवण कुमार चौधरीले बताए ।
    वडा स्तरिय बिपद ब्यबस्थापन समिति, कोशी पिडित समाज, जनकल्याण कृषि संस्था, पंचनकन्या, हिमसिखर, समुदायिक, बिपद ब्यबस्थापन समिति सखुवनी तथा सि टिवआर प्रोजेक्टको सहयोगमा स्वच्छ वायु स्वस्थ जीवन नारा संघ प्रकोप पुर्व तैयारी हामी सबैको जिम्वेवारी सँग सप्तकोशी ३ सखुवनीको विभिन्न ठाँउमा नारा लगाउदाँ विश्व वातावरण दिवस मनाएको केभिएसका सुकदेब चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान
नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान
झण्डै नौ प्रतिशतले धानको उत्पादन वृद्धि
झण्डै नौ प्रतिशतले धानको उत्पादन वृद्धि
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
विघटनबिरुद्ध जसपाद्वारा प्रदर्शन  प्रधानमन्त्रीको पुतला दहन
विघटनबिरुद्ध जसपाद्वारा प्रदर्शन  प्रधानमन्त्रीको पुतला दहन
सप्तरीको छिन्नमस्तामा ७ मा पुनः राजपा
राजविराज जेसीज १०० प्रतिशत  प्रभावकारिता पुरस्कारबाट सम्मानित हुँदै
राजविराज जेसीज १०० प्रतिशत  प्रभावकारिता पुरस्कारबाट सम्मानित हुँदै
किरा र लेदोसहितको बोतलको पानी बजारमा, पानी पिएर दुई जना बिरामी 
किरा र लेदोसहितको बोतलको पानी बजारमा, पानी पिएर दुई जना बिरामी 
विपद व्यवस्थापन सम्बन्धी पूर्व अभ्यास 
भारत सरकारको सहयोगमा सुरुङ्गामा  सुविधा सम्पन्न विद्यालय निर्माण
भारत सरकारको सहयोगमा सुरुङ्गामा  सुविधा सम्पन्न विद्यालय निर्माण
विद्यालय आउन प्रेरित गर्ने उद्देश्यले विद्यार्थीहरुलाई ब्याग बितरण
विद्यालय आउन प्रेरित गर्ने उद्देश्यले विद्यार्थीहरुलाई ब्याग बितरण