नैतिकता र संस्कार कै कारण काँग्रेस पार्टी कमजोर बन्दै गएको छ ः डा. कोइराला

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
४८ पटक हेरिएको
Shares
नैतिकता र संस्कार कै कारण काँग्रेस पार्टी कमजोर बन्दै गएको छ ः डा. कोइराला

सारांश

  •     राजबिराज वडा नं.
  • २ मा बुधबार जि.
  • पी फाउन्डेशन सप्तरीको कार्यालय उद्घाटन कार्यक्रममा उनले सो आरोप लगाएका हुन् ।

दैनिक समाचारदाता
राजविराज, १५ फागुन । 
    नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोईरालाले नैतिकता र संस्कार कै कारण पार्टी कमजोर बन्दै गएकोले प्रतिपक्षको भुमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । 
    राजबिराज वडा नं. २ मा बुधबार जि.पी फाउन्डेशन सप्तरीको कार्यालय उद्घाटन कार्यक्रममा उनले सो आरोप लगाएका हुन् । 
    नेपाली काँग्रेस पार्टी कमजोर भए लोकतन्त्र पनि कमजोर हुने बताउदै उनले राजनीति संस्कार, नैतिकको बिकास नहुनजेल पार्टी बलियो नहुन जिकिर गरे ।
    बिपी कोईराला, गणेशमान सिह, कृष्णप्रसाद भट्राई, गिरजाप्रसाद कोईराला, महेन्द्र निधि जस्ता राजनेताहरूको त्याग, तपस्यावाट निर्माण भएको काँग्रेस पार्टी हाल पार्टीको आन्तरिक कलहबाटै कमजोर बन्दै गएको उनको कथन छ । 
    पार्टीका नेताहरुले राजनैतिक संस्कार, नैतिकतामा सुधार ल्याएर एक जुट भए मात्र नेतृत्व बर्गले पार्टीलाई अगाडी बढाउन सक्नेमा जोड दिए ।
    कोईरालाले मुलुकमा दण्डहिंता, भ्रष्टाचार, बलत्कार, सुनकाण्ड, हत्याआतंक हिंसाका घटना संस्थागत भएको भन्दै यस्ता कुरालाई नियन्त्रण गर्न नसकेर देश भ्रष्टको दलदलमा फस्दै गएको आरोप समेत लगाए ।
    एक अर्काे प्रसंगमा भारत र पाकिस्तानको घटनाले नेपालमा पनि असर पर्ने भएको नेपालको बोर्डर क्षेत्रहरूमा सुरक्षाकर्मीले सतर्कता अपनाउनु पर्ने सुझाव दिए ।
    सो अवसरमा पुर्व मन्त्री हेमराज तातेड, प्रदेश २ का  सांसद गिता यादब, प्रदेश १ का सांसद केदार कार्की, पार्टीका जिल्ला अध्यक्ष दिनेश यादब, डा. अनिल झा, युवा नेता ध्रुव देब, अरूण मण्डल लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनामा घाइते भएकी बृद्धाको मृत्यु
दुर्घटनामा घाइते भएकी बृद्धाको मृत्यु
जनयुद्ध, मधेश आन्दोलन लगायत बिभिन्न  संघर्षमा शहिद भएका परिवारजन सम्मानित 
जनयुद्ध, मधेश आन्दोलन लगायत बिभिन्न  संघर्षमा शहिद भएका परिवारजन सम्मानित 
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए 
पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए 
चालक परिवर्तन भए नभएको जानकारी दिने  उद्देश्यले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा
चालक परिवर्तन भए नभएको जानकारी दिने  उद्देश्यले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा
मोतिगाडालाई पञ्चशिल्ड प्रतियोगिताको उपाधी 
मोतिगाडालाई पञ्चशिल्ड प्रतियोगिताको उपाधी 
भयरहित, मर्यादित र शान्तिपुर्ण  वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी तत्पर ः आइजिपि सिंह
भयरहित, मर्यादित र शान्तिपुर्ण  वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी तत्पर ः आइजिपि सिंह
घुससहित जिप्रकाका कर्मचारी पक्राउ
घुससहित जिप्रकाका कर्मचारी पक्राउ
पहिचानको लडाइ अझै जारि छ ः अध्यक्ष यादव
पहिचानको लडाइ अझै जारि छ ः अध्यक्ष यादव
हनुमानगर मेयर कपमा कंचनपुर र छिन्नमस्ता बिजयी
हनुमानगर मेयर कपमा कंचनपुर र छिन्नमस्ता बिजयी