दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई एभिन्यूज टेलिभिजनमा अन्र्तवर्ताको क्रममा अपमानजनक व्यवहार गरेकोप्रति समाजवादी पार्टी नेपाल सप्तरीको गम्भिर ध्यानाकर्षण भएको छ ।
समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले मंगलवार एक प्रेस विज्ञाप्ती जारी गर्दै अन्तरवार्तामा भएको ब्यावहार प्रति गम्भिर ध्यानार्कषण भएको जनाएका छन् ।
अन्तरवार्तामा प्रस्तोताको पुर्वाग्रही प्रस्तुती प्रति पार्टीको गम्भिर ध्यानार्कषण भएको तथा पत्रकार आचारसंहिता विपरित सोधिएको प्रश्न र प्रस्तोताले अध्यक्ष यादवमाथि गरेको अपमानको भत्र्सना समेत गरिएको छ ।
पत्रकार जगतको नै मानमर्दन हुने गरी अपमानजनक ढंङ्गगले पार्टी अध्यक्ष एवम उप—प्रधान एवम स्वास्थ्य तथा जनसङ्ख्यामंत्री यादवमाथि गरिएको दुब्र्यवहारको घोर निन्दा गर्दै समाजवादी पार्टी सप्तरीले गम्भिर आपती प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रेस स्वतन्त्रताको पक्षमा सधै वकालत गर्ने अध्यक्ष यादव तथा प्रेसको सम्मान गर्ने पार्टी प्रति एभिन्यूजले देखाएको ब्यावहार दुखद भएको तथा पत्रकार र पत्रकारीताको मुल्यमान्यता, मर्म र सिद्धान्तलाई आत्मासाथ गर्न प्रस्तोतालाई आग्रह गर्दै आगामी दिनमा कसैको मानमर्दन हुने क्रियाकलाप नदोहो¥याउन अध्यक्ष यादवद्धारा हस्तारित विज्ञप्ति मर्फत चेतावनी समेत दिइएको छ ।
यस्तै समाजवादी विद्यार्थी फोरम नेपाल सप्तरीका अध्यक्ष संजय कुमार यादवद्वारा मंगलबारै जारि विज्ञप्तिमा एभिन्यूज टेलिभिजनले यस घटनाप्रति सार्वजनिक रुपमा क्षमा माग्नु पर्ने र अन्तरवार्ता संचालक पत्रकार शुसिल पाण्डेलाई अविलम्ब कडा भन्दा कडा कारवाही गर्नु पर्ने माँग गरिएको छ ।
साथै विज्ञप्तिमा कारवाही नभए विद्यार्थीहरुले टेलिभिजनलाई स्वयम कारवाही गर्न पछि नपर्ने भन्दै सम्बन्धीत निकायलाई जानकारी गराएको छ ।
टेलिभिजन र प्रस्तोतालाई कारवाहीको माँग
सारांश
- समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले मंगलवार एक प्रेस विज्ञाप्ती जारी गर्दै अन्तरवार्तामा भएको ब्यावहार प्रति गम्भिर ध्यानार्कषण भएको जनाएका छन् ।
- अन्तरवार्तामा प्रस्तोताको पुर्वाग्रही प्रस्तुती प्रति पार्टीको गम्भिर ध्यानार्कषण भएको तथा पत्रकार आचारसंहिता विपरित सोधिएको प्रश्न र प्रस्तोताले अध्यक्ष यादवमाथि गरेको अपमानको भत्र्सना समेत गरिएको छ ।
- पत्रकार जगतको नै मानमर्दन हुने गरी अपमानजनक ढंङ्गगले पार्टी अध्यक्ष एवम उप—प्रधान एवम स्वास्थ्य तथा जनसङ्ख्यामंत्री यादवमाथि गरिएको दुब्र्यवहारको घोर निन्दा गर्दै समाजवादी पार्टी सप्तरीले गम्भिर आपती प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया