दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
जनाधिकार पार्टीका अध्यक्ष डा. शरद सिंह यादवले आफ्नो पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राजविराजमा मंगलबार पत्रकार सम्मेलन गरी उनले पार्टीको घोषणापत्र र प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।
उनले सार्वजनिक गरेको घोषणापत्र तथा प्रतिवद्धतापत्रमा जिल्ला र प्रदेश देखि राष्ट्रियस्तर सम्मका विभिन्न मुद्दालाई सम्बोधन गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।
यस्तै राजविराज विमानस्थलबाट दैनिक दुई उडान सञ्चालनमा ल्याउने, क्षेत्रभित्रका सबै पालिकामा पुस्तकालय स्थापना, किसानलाई समयमै मलखाधको व्यवस्था, लिकंरोडहरुको मरमर सम्भार, गजेन्द्रनारायण सिंह अस्पताल, औद्योगिक क्षेत्र तथा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्तरोन्नती, छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने लगायतका प्रतिवद्धता व्यक्त गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै डा. यादवले मधेशवादी दलको पटक–पटक नाम फेरिएपनि ती दलका नेता र प्रवृती नफेरिएका कारण मधेशको विकास हुन नसेको बताए ।
पार्टीबाट सप्तरीको क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका यादवले संघीयता आएपछि आफुलाई मधेशी भनिने दलहरुले नै अधिकांश समय मधेश प्रदेशको सत्ता सम्हाले पनि प्रदेशको कुनैपनि सुचकांकमा सुधार आउन नसकेको गुनासो गरे । संघीयता आएको लामो समय वितिसक्दा पनि प्रदेशको आन्तिरिक स्रोतको दायरा विस्तार हुन नसकेको टिप्पणी गर्दै उनले प्रदेशवासीले अझै सुशासनको अनुभूति गर्न नपाएको बताए ।
पत्रकार सम्मेलनमा उनले आफु उम्मेदवार बन्नुका मुख्य कारण राजनीतिक आचरणमा सुधार तथा सुस्त अवस्थामा रहेको विकासिय कामलाई गति प्रदान गर्ने रहेको स्पष्ट पारे ।
यसैबीच सोही कार्यक्रममा सप्तरीको निर्वाचन क्षेत्र नं. २ मा आमजनता पार्टीको तर्फबाट उम्मेदवार रहेका ई. सुनिलराज दासले जनअधिकार पार्टीका उम्मेदवार डा शरद सिंह यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारीबाट पछि हटेको घोषणा गरेका छन् ।
राजविराज ३ निवासी .दास आम जनता पार्टीका सप्तरी इन्चार्ज समेत हुन् । उनले जनभावनाको कदर गर्दै आफुले जनअधिकार पार्टीका राष्ट्रिय अध्यक्ष समेत रहेका डा. यादवलाई समर्थन गरेको बताए ।
आजपाको जिल्ला कार्यसमितिबाट निर्णय नै गराएर आफुले प्रत्यक्ष तर्फ डा. यादवलाई समर्थन गरेको भएपनि समानुपातिकतर्फ भने आफुहरुले आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्ने उनले स्पष्ट पारेका छन् ।
आम जनता पार्टीका उम्मेदवार दासले जनाधिकार पार्टीलाई दिए समर्थन
सारांश
- उनले सार्वजनिक गरेको घोषणापत्र तथा प्रतिवद्धतापत्रमा जिल्ला र प्रदेश देखि राष्ट्रियस्तर सम्मका विभिन्न मुद्दालाई सम्बोधन गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।
- यस्तै राजविराज विमानस्थलबाट दैनिक दुई उडान सञ्चालनमा ल्याउने, क्षेत्रभित्रका सबै पालिकामा पुस्तकालय स्थापना, किसानलाई समयमै मलखाधको व्यवस्था, लिकंरोडहरुको मरमर सम्भार, गजेन्द्रनारायण सिंह अस्पताल, औद्योगिक क्षेत्र तथा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्तरोन्नती, छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने लगायतका प्रतिवद्धता व्यक्त गरिएको छ ।
- पत्रकार सम्मेलनमा बोल्दै डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया