चोरी शिकारीका आरोपितलाई पुनः पक्राउ गरी अनुसन्धान सुरु

राजविराज राजविराज
|
सोमबार, भाद्र १७, २०८१
|
|
४१ पटक हेरिएको
Shares
चोरी शिकारीका आरोपितलाई पुनः पक्राउ गरी अनुसन्धान सुरु

सारांश

  •     सहायक वन अधिकृत सचिन्द्र यादवलाई अनुसन्धान अधिकृत नै तोकेर सोमवारदेखी पक्राउ परेकाहरु उपर बन्यजन्तु संरक्षण ऐन बमोजिम अनुसन्धान सुरु गरिएको डिभिजन बन कार्यालय सप्तरीका प्रमुख सुभाष चन्द्र दासले जानकारी दिए ।
  • घट्ना अनुसन्धान गर्न गठित दुई सदस्यीय अनुसन्धान टोलीमा रेन्जर संतोष यादव सदस्य छन ।
  •     अबैध चोरी सिकारी गरी एक बदेल मारेको आरोपमा पक्राउ परेकाहरुलाई सव डिभीजन बन कार्यालय कंचनपुरको हिरासतका राखी अनुसन्धन गर्न सोमवार नै १० दिनको अनुमती म्याद समेत प्रदान गरिएको उनले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १७ भदौ ।

    अबैध चोरी सिकारी प्रकरणमा मुछिएकाहरुलाई नियन्त्रणमा राखी डिभीजन बन कार्यालय सप्तरीले अनुसन्धान सुरु गरेको छ । 
    सहायक वन अधिकृत सचिन्द्र यादवलाई अनुसन्धान अधिकृत नै तोकेर सोमवारदेखी पक्राउ परेकाहरु उपर बन्यजन्तु संरक्षण ऐन बमोजिम अनुसन्धान सुरु गरिएको डिभिजन बन कार्यालय सप्तरीका प्रमुख सुभाष चन्द्र दासले जानकारी दिए । घट्ना अनुसन्धान गर्न गठित दुई सदस्यीय अनुसन्धान टोलीमा रेन्जर संतोष यादव सदस्य छन ।
    अबैध चोरी सिकारी गरी एक बदेल मारेको आरोपमा पक्राउ परेकाहरुलाई सव डिभीजन बन कार्यालय कंचनपुरको हिरासतका राखी अनुसन्धन गर्न सोमवार नै १० दिनको अनुमती म्याद समेत प्रदान गरिएको उनले जानकारी दिए । 
    अनुसन्धान अधिकृत यादवले आफुहरुले पाएको समय अवधीमा बदेलको पोष्टमार्टम रिपोट, चोरी सिकारीमा संलग्न भनिएका ब्यक्तीहरुसंगको बयान, घटनास्थलको निरीक्षण, प्रकृति र अवस्था लगायतका विषयमा अध्यन अनुसन्धान गरी सम्बन्धित निकायमा प्रतिवेदन र मुद्दा प्रस्तुत गर्ने जानकारी दिए । 
    यस अघि अबैध चोरी सिकारीमा संलग्न भएको आरोपमा पक्राउ परेर चार दिन अघि जिम्मा जमानीमा छाडिएका पुर्व डिआईजी ज्ञान विक्रम शाह, बहालवाला नेपाल प्रहरीका सइ संजय न्यौपाने सहित प्रहरीले ९ जनालाई फेरी पक्राउ गरी अघिल्लो दिन आईतवार बन कार्यालयलाई बुझाएको थियो । 
    त्यस पछी बन कार्यालयले यस अघि पोष्टर्माटम बिनै गाडेको बदेललाई गाडीएको खाल्डोबाट निकालेर अघिल्लो दिन आईतवार पोष्टमार्टमका लागी जिल्ला पशु सेवा कार्यालय राजविराज पु¥याएको थियो । 
    उक्त घटनामा हनुमाननगर कंकालिनी नगरपालिकाका अकाश यादव, जनार्दन राउत, ओमप्रकाश प्रसैला, लक्ष्मी मण्डल, शंकर यादव, तिरहुत गाउँपालिकाका लक्ष्मण मण्डल, राजविराजका रविन दास र सुनसरीका प्रदिप लिम्बु लगायत १० जनाको संलग्नता रहेको भनिए पनि हाल पुर्व उपसभामुख गंगा प्रसाद यादवको छोरा हनुमाननगर कंकालीनी नगरपालिकाका आकाश यादव भने पक्राउ पर्न नसकेको र खोजी भईरहेको प्रहरीलाई उद्धत गर्दै बन कार्यालयका एक अधिकारीले बताए । 
    भदौ १२ गते मध्यरात सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी पलार क्षेत्रबाट प्रहरीले राइफल, गोली, शिकारमा प्रयोग हुने अन्य सरसमान तथा मारिएको बदेल सहित १० जनालाई पक्राउ गरेको थियो । तर पछि गएर प्रहरीले बदेललाई वेवारीसे अवस्थामा बरामद भएको भन्दै पक्राउ परेका सबैलाई जिम्मा जमानीमा छाडेपछी भीआईपी ब्यक्तीहलाई बचाउन खोजीएको भन्दै चर्काे विरोध हुन थालेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?