दैनिक समाचारदाता
राजविराज, २ जेठ ।
सप्तरी जिल्ला अदालत बार एकाईको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।
दुई वर्षे कार्यकालका लागि ११ सदस्यीय पदमा हुन लागेको निर्वाचनमा दुई समूहले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
श्रोतका अनुसार बामपन्थी र समाजवादी पार्टी निकट अधिवक्ताहरुको समूहको नेतृत्व गर्दै अधिवक्ता डोमन साहले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने लोकतान्त्रिक समूहको नेतृत्व गर्दै अधिवक्ता महेश्वर साहले चुनावी मैदानमा छन् ।
अधिवक्ता डोमन साहको समूहबाट उपाध्यक्ष पदमा महेन्द्र प्रसाद देव, सचिवमा ओम प्रसाद यादव र कोषाध्यक्षमा शंकर कुमार मिश्रले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत अधिवक्ता दुर्गानन्द चौधरीले जानकारी दिएका छन् ।
त्यस्तै अधिवक्ता महेश्वर साहको समूहबाट उपाध्यक्षमा लोकनाथ यादव, सचिवमा ध्रुब कुमार मण्डल र कोषाध्यक्षमा बिरेन्द्र प्रसाद चौधरी चुनावी मैदानमा छन् ।
यसैगरि पाँच सदस्य पदमा दुबै समूहबाट ८ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेहरुमा लबेन्द्र प्रसाद देव, बैद्यनाथ चौधरी, बिरेन्द्र प्रसाद चौधरी, रामनरेश दास, शम्भु कुमार यादव, इन्द्रकान्त चौधरी, सुरेश कुमार सिंह र शिवनारायण यादव रहेका छन् ।
त्यस्तै पाँच जना निर्वाचित हुने पार्षद पदमा भोजराज शर्मा, कमल कुमार यादव, रामप्रसाद चौधरी, केशर लाल खंग, कर्मचन्द चौधरी, उमेश नाथ शरण र बिर बहादुर कडारी गरि ७ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
यसअघि बैशाख २० गते उम्मेदवारी दर्ता भएकै दिन डोमन साह नेतृत्वको समूहबाट सहसचिवमा रंजिता रिजाल र महिला सदस्यमा ममता चौधरी निर्विरोध भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
यस निर्वाचनका लागि सप्तरी जिल्ला बार एकाईमा ८६ जना मतदाता रहेको निर्वाचन अधिकृत चौधरीले बताए ।
जिल्ला अदालत बार एकाईको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै
सारांश
- दुई वर्षे कार्यकालका लागि ११ सदस्यीय पदमा हुन लागेको निर्वाचनमा दुई समूहले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
- श्रोतका अनुसार बामपन्थी र समाजवादी पार्टी निकट अधिवक्ताहरुको समूहको नेतृत्व गर्दै अधिवक्ता डोमन साहले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने लोकतान्त्रिक समूहको नेतृत्व गर्दै अधिवक्ता महेश्वर साहले चुनावी मैदानमा छन् ।
- अधिवक्ता डोमन साहको समूहबाट उपाध्यक्ष पदमा महेन्द्र प्रसाद देव, सचिवमा ओम प्रसाद यादव र कोषाध्यक्षमा शंकर कुमार मिश्रले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत अधिवक्ता दुर्गानन्द चौधरीले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया