दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले मुलुकमा संघीयता आएपछि विकास भएको बताएका छन् ।
शुक्रबार सप्तरीको सप्तकोशी नगरपालिका ४ स्थित फत्तेपुरमा मधेश प्रदेशको मिडिया काउन्सिलले आयोजना गरेको पत्रकार आचारसंहिता पालना सम्बन्धि गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
“संघीयता आएपछि मुलुक झनै विकासको तर्फ अग्रसर भएको छ” संघियताले मुलुक बिखण्डन हुने बताउँदै आएकाहरुप्रति लक्षित गर्दै मन्त्रि लेखीले भने, “छिमेकी राष्ट्र भारत स्वतन्त्र भएको ७५ वर्ष बितिसक्दा पनि त्यहाका विभिन्न प्रदेशहरुको ग्रामिण क्षेत्रको विकास अझै हुन सकेको छैन्, तर ७ वर्ष अघि मात्र नेपालमा आएको संघीयताले यहाँका विभिन्न ग्रामिण क्षेत्रमा विकास भएको छ ।”
संघीयता आउनु अघि साईकल समेत चल्न अप्ठ्यारो हुने गाउँमा अहिले गाडी गुडिरहेको छ, अनि संघीयतामामा विकासै भएको छंैन् भन्नु गलत भएके उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री लेखिले संघीयताले राष्ट्रियतालाई झनै बलियो बनाएको तर्क गरे ।
अहिलेको परिवेशमा सूचना प्रबिधिको विकाससंगै प्रतिस्पर्धा बढेका कारण सञ्चारकर्मीमा पनि दक्षताको अभिबृद्धि आवश्यक रहेको उनले बताए ।
२०४६ भन्दा अगाडि मिशन पत्रकारिता, बहुदलीय व्यवस्था आएपछि अर्को परिस्थिति र अहिले सूचना प्रबिधिको विकाससंगै प्रतिस्पर्धाको समय आएको भन्दै लेखिले पत्रकारहरुमा पनि दक्षता अभिबृद्धि हनुपर्नेमा जोड दिए ।
संघीयताको आएपनि प्रदेशले अधिकार पाउन नसकेको बताउँदै संबिधानले दिएको अधिकारबाट पनि प्रदेशले बञ्चित हुनु परेको कुरा सञ्चार क्षेत्रका लागि पनि प्राथमिकताको विषय बन्नु पर्ने उनको जिकिर थियो ।
संबिधानले व्यवस्था गरेको स्वायत्त क्षेत्र, स्वायत्त ईलाका बन्न नसकेको भन्दै उनले यस विषयलाई राजनीतिकर्मी र पत्रकार दुबैले उठाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रदेश सांसद किरण कुमारी साहले राज्यको चौथो अंग मानिएको सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र पत्रकारहरुको जीवनयापन सहज बनाउन प्रदेशसभामा नीति, कार्यक्रम तथा ऐन ल्याउन आवश्यक रहेको भन्दै मन्त्रि लेखीको ध्यानाकर्षण सहित आफुले पनि यसका लागि पहल गर्ने प्रतिबद्धता जनाइन ।
मधेश प्रदेश नीति तथा योजना आयोगकी सदस्य डा. शिला मिश्रले मिडियाको विकाशका लागि नीती तथा योजना आयोग र मन्त्रालयहरुबीच समन्वय गरेर मधेश प्रदेशका आठ वटै जिल्लाका लागि आवधिक योजना बनाएर अघि बढ्न थालेको बताईन ।
मधेश प्रदेश मिडिया काउन्सिलका सदस्य समेत रहेका पत्रकार महासंघ मधेश प्रदेशका सभापति राजेश कर्णले कार्यपत्र प्रस्तुत गर्दै मिडिया क्षेत्रमा देखिएका समस्या, चुनौती र त्यसमा पत्रकार संघ संगठन र राज्यले खेल्नुपर्ने भुमिका बारे आवश्यक सुझाव समेत राखेका थिए ।
मधेश प्रदेश मिडिया काउन्सिका कार्यवाहक अध्यक्ष कैलाश दासको अध्यक्षतामा आयोजित कार्यक्रममा समन्वयकर्ता पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देव, आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, सप्तकोशी नगरपालिकाका मेयर कृष्ण ढकालका साथै सहभागी पत्रकारहरुले पनि पत्रकार आचारसंहिताको पालना कार्यान्वयन बारे आ–आफ्नो सुझाव राखेका थिए ।
संघीयता आएपछि मुलुकमा विकास भएको छ ः सञ्चार मन्त्री लेखी
सारांश
- शुक्रबार सप्तरीको सप्तकोशी नगरपालिका ४ स्थित फत्तेपुरमा मधेश प्रदेशको मिडिया काउन्सिलले आयोजना गरेको पत्रकार आचारसंहिता पालना सम्बन्धि गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
- “संघीयता आएपछि मुलुक झनै विकासको तर्फ अग्रसर भएको छ” संघियताले मुलुक बिखण्डन हुने बताउँदै आएकाहरुप्रति लक्षित गर्दै मन्त्रि लेखीले भने, “छिमेकी राष्ट्र भारत स्वतन्त्र भएको ७५ वर्ष बितिसक्दा पनि त्यहाका विभिन्न प्रदेशहरुको ग्रामिण क्षेत्रको विकास अझै हुन सकेको छैन्, तर ७ वर्ष अघि मात्र नेपालमा आएको संघीयताले यहाँका विभिन्न ग्रामिण क्षेत्रमा विकास भएको छ ।
- ” संघीयता आउनु अघि साईकल समेत चल्न अप्ठ्यारो हुने गाउँमा अहिले गाडी गुडिरहेको छ, अनि संघीयतामामा विकासै भएको छंैन् भन्नु गलत भएके उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया