राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर

राजविराज राजविराज
|
बुधबार, भाद्र ४, २०८२
|
|
१३८ पटक हेरिएको
Shares
राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर

सारांश

  •     जनता प्रगतिशील पार्टीको अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा उनकै पार्टी कार्यालयमा बसेको उक्त बैठकले उक्त निन्दा गर्दै परमादेशको पूर्ण पाठ प्राप्त भइनसकेको भए पनि यदि भनिए जस्तो छानबीन वा अनुसन्धान सफा नियत, तटस्थता, कानूनसम्मत र सम्बन्धित सबैलाई दायरामा ल्याएर गरिन्छ भने यस्तो छानबीन र अनुसन्धानप्रति कसैको आपत्ति नहुने प्रष्ट समेत पारेको छ ।
  •       बैठकले २०६३ साल चैत्र ७ गते रौतहटको गौरमा राजनीतिक विवाद र त्यसपछि भएको भिडन्तको कारण घटित दुखद घटनाको छानबीनको सम्बन्धमा २०८२ भाद्र २ गते सर्वोच्च अदालतबाट भएको परमादेशबारे संघिय लोकतान्त्रिक मोर्चाको ध्यानाकर्षण भएको जनाएको छ ।
  •       बैठकपछी जारि विज्ञप्तिमा गौरको त्यो दुखद घटनापछि सरकारद्वारा नै २०६३÷१२÷८ मा गठित ललितपुर पुनरावेदन अदालतका न्यायाधिश हरिप्रसाद घिमिरेको नेतृत्वको छानबीन आयोग तथा सर्वोच्च अदालतका तत्कालिन न्यायाधिश खिलराज रेग्मीको नेतृत्वको छानबीन आयोगको रिपोर्ट सार्वजनिक नगरेको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, ४ भदौ । 

    संघीय लोकतान्त्रिक मोर्चाको बुधबार बसेको बैठकले गौर घटना सम्बन्धमा एकपक्षिय र पूर्वाग्रहले प्रेरित भई एक पक्षिय रूपमा तथ्यलाई तोडफोड गरी प्रचारित गर्ने, व्यक्ति केन्द्रित दुष्प्रचार चलाउने खेलहरु भइरहेकोप्रति राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको ठहर गर्दै सो कार्यको निन्दा गरेको छ । 
    जनता प्रगतिशील पार्टीको अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा उनकै पार्टी कार्यालयमा बसेको उक्त बैठकले उक्त निन्दा गर्दै परमादेशको पूर्ण पाठ प्राप्त भइनसकेको भए पनि यदि भनिए जस्तो छानबीन वा अनुसन्धान सफा नियत, तटस्थता, कानूनसम्मत र सम्बन्धित सबैलाई दायरामा ल्याएर गरिन्छ भने यस्तो छानबीन र अनुसन्धानप्रति कसैको आपत्ति नहुने प्रष्ट समेत पारेको छ । 
    बैठकले २०६३ साल चैत्र ७ गते रौतहटको गौरमा राजनीतिक विवाद र त्यसपछि भएको भिडन्तको कारण घटित दुखद घटनाको छानबीनको सम्बन्धमा २०८२ भाद्र २ गते सर्वोच्च अदालतबाट भएको परमादेशबारे संघिय लोकतान्त्रिक मोर्चाको ध्यानाकर्षण भएको जनाएको छ । 
    बैठकपछी जारि विज्ञप्तिमा गौरको त्यो दुखद घटनापछि सरकारद्वारा नै २०६३÷१२÷८ मा गठित ललितपुर पुनरावेदन अदालतका न्यायाधिश हरिप्रसाद घिमिरेको नेतृत्वको छानबीन आयोग तथा सर्वोच्च अदालतका तत्कालिन न्यायाधिश खिलराज रेग्मीको नेतृत्वको छानबीन आयोगको रिपोर्ट सार्वजनिक नगरेको जनाइएको छ ।  
    सोही विज्ञप्तिमा “तीन वर्ष अघि राष्ट्रिय मानव अधिकार आयोगबाट आएको प्रतिवेदनमा त्यस्तो दुखद घटना के कस्तो अवस्थामा घटित हुन गएको, त्यस्तो अवस्थाको सृजना कसको गैरजिम्मेवारीपन र निहुँ खोज्ने नियोजित मानसिकताले भएको, हिंसात्मक प्रहारको शुरुवात कसले गरेको, शान्ति सुरक्षाको निमित्त जिम्मेवार जिल्ला र केन्द्रीय निकायको जानाजान हेलचक्राइ जस्ता तथ्यहरु स्पष्टसंग उल्लेखित छन् । संघिय लोकतान्त्रिक मोर्चा यी सबै तथ्यगत विषयवस्तुमा आधारित रहेर निष्पक्ष, तटस्थ, वास्तविकतामा आधारित अनुसन्धानको पक्षमा छ । तर, एकपक्षीय, राजनीतिक प्रतिशोधी, पूर्वाग्रही र विभेदी मानसिकताले गरिने कुनै पनि कारबाहीको सशक्त प्रतिकार हुने सम्बन्धित सबैमा स्पष्ट गर्दछौं ।” उल्लेख छ । 
    त्यस्तै सोही बैठकले रूपन्देही क्षेत्र न.३ को उपनिवॉचन प्रयोजनको लागी संघीय लोकतान्त्रिक मोर्चाले साविकमा गरेकै निर्णय प्रती पुनः प्रतिवद्धता जनाउदै नागरिक उन्मुक्ती पार्टीक संरक्षक रेशम चौधरीलाई उम्मेदवार निश्चय गर्न जिम्मेवारी दिईएको र उक्त निर्वाचन प्रचार प्रसार तथा परिचालनका लागी मोर्चा सचिवालयलाई बिशेष जिम्मेवारी दिईएको उल्लेख छ ।
    बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राम कुमार शर्मा, मनिष सुमन, रामुपा नेपालकातर्फबाट राजेन्द्र महतो, राम नरेश राय, केशव झा, अनिल महासेठ, लोसपा नेपालका तर्फबाट सर्वेन्द्रनाथ शुक्ल, ज्ञानेन्द्र झा, अजय झा, मो. इस्लाम, नाउपाका रेशम लाल चौधरी, जप्रपा नेपालका हृदयेश त्रिपाठी, प्रशान्त ठाकुर, उपेन्द्र उपाध्याय, तमलोपाका वृषेश चन्द्र लालको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेयर कप प्रिमियर लिगको दोश्रो दिन तिलाठी जायन्टस र टिभिएस किंग्स बिजयी
मेयर कप प्रिमियर लिगको दोश्रो दिन तिलाठी जायन्टस र टिभिएस किंग्स बिजयी
स्नान गर्न तथा मेला भर्न सप्तकोशीमा भिड
स्नान गर्न तथा मेला भर्न सप्तकोशीमा भिड
शारीरिक रुपमा असक्तता कै कारण राजिनामा गर्न दिएको दबाबले शिक्षक थप पीडामा
शारीरिक रुपमा असक्तता कै कारण राजिनामा गर्न दिएको दबाबले शिक्षक थप पीडामा
बुद्धबृद्धा तथा एकल महिलालाई सिरक वितरण 
बुद्धबृद्धा तथा एकल महिलालाई सिरक वितरण 
रोजगारीका लागि मलेशिया गएका सप्तरीका पुनः एक युवकको मृत्यु, मलेशियामै डेढ महिनामा सप्तरीकै तीन युवकको ज्यान गयो 
रोजगारीका लागि मलेशिया गएका सप्तरीका पुनः एक युवकको मृत्यु, मलेशियामै डेढ महिनामा सप्तरीकै तीन युवकको ज्यान गयो 
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुरले  सार्वजनिक गरे स्थानियस्तरका २६ बुँदे प्रतिबद्धता पत्र
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुरले  सार्वजनिक गरे स्थानियस्तरका २६ बुँदे प्रतिबद्धता पत्र
१७ मध्ये एकमात्र महिला उम्मेदवार
१७ मध्ये एकमात्र महिला उम्मेदवार
विकाससँग सँगै मधेशको अधिकार र संविधान संशोधनको लडाई समेत जारि छ ः मन्त्री सोनल
विकाससँग सँगै मधेशको अधिकार र संविधान संशोधनको लडाई समेत जारि छ ः मन्त्री सोनल
काँग्रेसप्रति जनताको  आकर्षण र जनलहर  बढ्दै छ ः नेता ढुङ्गाना
काँग्रेसप्रति जनताको  आकर्षण र जनलहर  बढ्दै छ ः नेता ढुङ्गाना
१६ दिने अभियान आरम्भ
१६ दिने अभियान आरम्भ

छुटाउनुभयो कि ?