नौं बर्ष कैद तोकिएको फरार प्रतिवादी पक्राउ 

राजविराज राजविराज
|
बिहिबार, भाद्र ३१, २०७८
|
|
७० पटक हेरिएको
Shares
नौं बर्ष कैद तोकिएको फरार प्रतिवादी पक्राउ 

सारांश

  •     पक्राउ पर्नेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं.
  • ७ ब्रहमपुर निवासी ४५ वर्षिय शिव कुमार मण्डल रहेका छन् ।
  •       घटना विवरण अनुसार स्थानिय जसकरण चौधरीको जाहेरीका आधारमा २०६७ माघ १३ गते साबिकको ब्रम्हपुर गाबिस वडा नं.

दैनिक समाचारदाता
राजविराज, ३१ भदौं । 
    सप्तरी प्रहरीले अपहरण मुद्दामा ९ वर्ष कैद र जरिवाना तोकिएको फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं. ७ ब्रहमपुर निवासी ४५ वर्षिय शिव कुमार मण्डल रहेका छन् । 
    घटना विवरण अनुसार स्थानिय जसकरण चौधरीको जाहेरीका आधारमा २०६७ माघ १३ गते साबिकको ब्रम्हपुर गाबिस वडा नं. ५ स्थितबाट स्थानिय १३ वर्षिय पुनित चौधरीलाई शिव कुमार मण्डल समेतले अपहरण गरी शरीर बन्धक बनाएको अपहरण शरीरिक बन्धक लिने मुद्दामा सप्तरी जिल्ला अदालतले २०७१ बैशाख ३ गतेको ९ बर्ष कैद र १ लाख ५३ हजार १ सय ३३ रुँपैया जरिवानाको फैसला गरेको थियो । 
    अदालतको फैसलापछि फरार रहेका प्रतिवादी मण्डललाई बिहीबार आफ्नै घर गाउँमा लुकीछिपी बसेको अबस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यता पक्राउ परेको मण्डललाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागी राजविराज कारागार चलान गरे प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा नेकपा माओवादी केन्द्रको धमाधम समानान्तर कमिटी गठन हुँदै
सप्तरीमा नेकपा माओवादी केन्द्रको धमाधम समानान्तर कमिटी गठन हुँदै
बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
पच्चिस विगहामा लगाइएको झण्डै  ६ हजार गाँजाका बोटहरु नष्ट, अभियान निरन्तर चलिरहन्छ ः एसपी प्रसाई
सहकारी क्षेत्रको बिकास बिना प्रदेशको समृद्वि हुनसक्दैन ः सहकारी मन्त्रि साह
सहकारी क्षेत्रको बिकास बिना प्रदेशको समृद्वि हुनसक्दैन ः सहकारी मन्त्रि साह
प्रतिष्ठानको काम अघि बढाउन माँग गर्दै प्रर्दशन
प्रतिष्ठानको काम अघि बढाउन माँग गर्दै प्रर्दशन
दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु
दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको  ट्याक्टरको ठक्करबाट मृत्यु 
परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको  ट्याक्टरको ठक्करबाट मृत्यु 
राजविराज जेसीजद्वारा रक्तदान कार्यक्रम 
राजविराज जेसीजद्वारा रक्तदान कार्यक्रम 
आइतबारदेखी जोरबिजोर प्रणालीमा सवारीसाधान संचालन
आइतबारदेखी जोरबिजोर प्रणालीमा सवारीसाधान संचालन