दैनिक समाचारदाता
राजविराज, ३१ भदौं ।
सप्तरी प्रहरीले अपहरण मुद्दामा ९ वर्ष कैद र जरिवाना तोकिएको फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं. ७ ब्रहमपुर निवासी ४५ वर्षिय शिव कुमार मण्डल रहेका छन् ।
घटना विवरण अनुसार स्थानिय जसकरण चौधरीको जाहेरीका आधारमा २०६७ माघ १३ गते साबिकको ब्रम्हपुर गाबिस वडा नं. ५ स्थितबाट स्थानिय १३ वर्षिय पुनित चौधरीलाई शिव कुमार मण्डल समेतले अपहरण गरी शरीर बन्धक बनाएको अपहरण शरीरिक बन्धक लिने मुद्दामा सप्तरी जिल्ला अदालतले २०७१ बैशाख ३ गतेको ९ बर्ष कैद र १ लाख ५३ हजार १ सय ३३ रुँपैया जरिवानाको फैसला गरेको थियो ।
अदालतको फैसलापछि फरार रहेका प्रतिवादी मण्डललाई बिहीबार आफ्नै घर गाउँमा लुकीछिपी बसेको अबस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता पक्राउ परेको मण्डललाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागी राजविराज कारागार चलान गरे प्रहरीले जनाएको छ ।
नौं बर्ष कैद तोकिएको फरार प्रतिवादी पक्राउ
सारांश
- पक्राउ पर्नेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं.
- ७ ब्रहमपुर निवासी ४५ वर्षिय शिव कुमार मण्डल रहेका छन् ।
- घटना विवरण अनुसार स्थानिय जसकरण चौधरीको जाहेरीका आधारमा २०६७ माघ १३ गते साबिकको ब्रम्हपुर गाबिस वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया