दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
राजबिराज नगरपालिका वडा नं. ५ को प्रायोजन तथा लायन्स क्रिकेट क्लबको आयोजनामा बुधबारदेखी राजविराजमा दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
राजबिराज नगरपालिकाका प्रमुख शम्भु यादवले रिवन काट्दै प्रतियोगिताको उदघाटन गरेका थिए ।
वडा नं. ५ का अध्यक्ष अध्यक्ष समिर झाको अध्यक्षतमा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, उपप्रमुख साधना झा, नेपाली सेनाका प्रमुख सेनानी गुप्त बहादुर कुवर, शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक खेमबहादुर थापा, नेपाल प्रहरीका प्रहरी उपरिक्षक राजेन्द्र बिष्ट लगायतको उपस्थिती रहेको थियो ।
यसैबीच प्रतियोगिता अन्तरगतको बुधबार पहिलो खेलमा वडा नं. ३ ले वडा नं. ४ लाई ५ बिकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।
पबिमाबिको क्रिकेट मैदानमा संचालित प्रतियोगिता अन्र्तगतको पहिलो खेलमा वडा नं. ४ ले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ७ बिकेटको नोक्सानीमा १ सय १९ रन मात्र बनाउन सफल भएका थिए ।
१ सय २० रनको लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. ३ ले १७ ओभर ४ बलमा ५ बिकेटको नोक्सानीमा सजिलै खेल आफनो पक्षमा पार्न सफल भएका थिए । सो खेलको म्यान अफ द म्याच उत्कृष्ट बलिंग गरे वापत वडा नं. ३ का अमित यादव घोषित भएका थिए ।
बिहीबार पहिलो खेल वडा नं. ७ ले वडा नंं. ८ बिरुद्ध तथा दोश्रो खेल वडा नं. २ ले वडा नं. ९ बिरुद्ध खेल्ने आयोजक समितिका संजय कार्कीले जानकारी दिएका छन् ।
दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु
सारांश
- राजबिराज नगरपालिकाका प्रमुख शम्भु यादवले रिवन काट्दै प्रतियोगिताको उदघाटन गरेका थिए ।
- वडा नं.
- ५ का अध्यक्ष अध्यक्ष समिर झाको अध्यक्षतमा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, उपप्रमुख साधना झा, नेपाली सेनाका प्रमुख सेनानी गुप्त बहादुर कुवर, शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक खेमबहादुर थापा, नेपाल प्रहरीका प्रहरी उपरिक्षक राजेन्द्र बिष्ट लगायतको उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया