दशकौंदेखि भूमिहीन रहेका ४० जनाले पाए लालपूर्जा

राजविराज राजविराज
|
सोमबार, कार्तिक १२, २०८१
|
|
३९ पटक हेरिएको
Shares
दशकौंदेखि भूमिहीन रहेका ४० जनाले पाए लालपूर्जा

सारांश

  •     राजविराज नगरपालिका वडा नं.
  • ७ कार्यालयको पहलमा नापी कार्यालय तथा ३ नं.
  • नापी टोलीले सोमवार वडा कार्यालय मै एक कार्यक्रमको आयोजना गरी ४० जनालाई जग्गाधनी दर्ता प्रमाण पत्र प्रदान गरेका हुन ।

दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक । 

    दशकौंदेखि वसोवास गर्दै आएको जग्गाको लालपूर्जा नहुदा समस्यामा परेका ४० जनाले सोमवार लालपूर्जा (जग्गाधनी दर्ता प्रमाणपत्र) प्राप्त गरेका छन । 
    राजविराज नगरपालिका वडा नं.७ कार्यालयको पहलमा नापी कार्यालय तथा ३ नं. नापी टोलीले सोमवार वडा कार्यालय मै एक कार्यक्रमको आयोजना गरी ४० जनालाई जग्गाधनी दर्ता प्रमाण पत्र प्रदान गरेका हुन । 
    कार्यक्रममा वडा नं. ७ नं का अध्यक्ष सुभाष चन्द्र यादव, ६ नंं वडाका अध्यक्ष शशी चौधरी, ८ नंं.का वडा अध्यक्ष जयनारायण मण्डल, ४ नं.का वडा अध्यक्ष अनिल दास (गुडु), नापी कार्यालयका प्रमुख सुमन किशोर मिश्र, ३ नंं.नापी टोलीका प्रमुख सतिष कुमार यादव लगायतले जग्गाधनी दर्ता प्रमाण पत्र पुर्जा प्रदान गरेका थिए । 
    सो वडाका बाकी अन्यलाई पनि प्रक्रिया पुरा गर्दै क्रमिकरुपमा जग्गा धनी दर्ता प्रमाण पत्र पुर्जा प्रदान गरिने नापी कार्यालयका प्रमुख सुमन किशोर मिश्रले जानकारी दिए । 
    गाउँ ब्लकको जग्गामा बावु बाजेको पालादेखी वसोवास गर्दै आएका सो वडाका जनतालाई लालपुर्जा नहुदा समस्या भएकाले लालपुर्जाका लागी पहल गरिएको र बाँकिलाई आवश्यक प्रक्रिया पु¥याएर लालपूर्जा दिलाउन आफु प्रयासरत रहेको बडाअध्यक्ष यादवले बताए । 
    नगरपालिका क्षेत्रको विटौरी जग्गाधनीको समस्या पनि यसरी नै समाधान गरिनु पर्ने र यसका लागी समेत आफु लागी परेको उनको भनाई छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनामा स्वाथ्यकर्मीको मृत्यु, शोकमा स्वास्थ्य शाखाहरुमा बिदा 
दुर्घटनामा स्वाथ्यकर्मीको मृत्यु, शोकमा स्वास्थ्य शाखाहरुमा बिदा 
शिक्षकको अभाव रहेको भन्दै वडा र विद्यालय कार्यालय कोठामा तालाबन्दी,  गाउँपालिका अध्यक्षले शिक्षकको पदपूर्ती गर्ने प्रतिबद्धतापछि ताला खोलिए
शिक्षकको अभाव रहेको भन्दै वडा र विद्यालय कार्यालय कोठामा तालाबन्दी,  गाउँपालिका अध्यक्षले शिक्षकको पदपूर्ती गर्ने प्रतिबद्धतापछि ताला खोलिए
चिसोका कारण थप चार दिन विद्यालय बन्द 
चिसोका कारण थप चार दिन विद्यालय बन्द 
रोकिराखेको ट्याक्टरमा सुमो ठोकिदा एकको मृत्यु, दुई गम्भिर 
रोकिराखेको ट्याक्टरमा सुमो ठोकिदा एकको मृत्यु, दुई गम्भिर 
भुमि प्राप्तिका लागि सप्तरीबाट जागरण अभियान
भुमि प्राप्तिका लागि सप्तरीबाट जागरण अभियान
तिलाठी कोइलाडीका दुई कर्मचारी सहित पाँचजना विरुद्ध विशेष अदालतमा आरोपपत्र 
तिलाठी कोइलाडीका दुई कर्मचारी सहित पाँचजना विरुद्ध विशेष अदालतमा आरोपपत्र 
सप्तरीमा महिला र बालबालिका हिंसाका घटनामा बृद्धि ः इन्सेक
सप्तरीमा महिला र बालबालिका हिंसाका घटनामा बृद्धि ः इन्सेक
साढेको आक्रमणमा परी बृद्धाको मृत्यु 
साढेको आक्रमणमा परी बृद्धाको मृत्यु 
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
भारतको बिहार राज्यका जलसंशाधन  मन्त्रीलाई कोशी पीडितले बुझाए ज्ञापन
भारतको बिहार राज्यका जलसंशाधन  मन्त्रीलाई कोशी पीडितले बुझाए ज्ञापन