अग्निपीडित महिलालाई एकल महिलाको सहयोग

राजविराज राजविराज
|
शनिबार, बैशाख २२, २०८१
|
|
३३ पटक हेरिएको
Shares
अग्निपीडित महिलालाई एकल महिलाको सहयोग

सारांश

  •     केन्द्रकी अध्यक्ष जुही कुमारी ठाकुरले अग्निपीडितमध्ये एक सयजना महिलालाई सारी, पेटीकोट, ब्लाउज, तेल, प्याड लगायतका सामाग्रिहरु प्रदान गरिएको जानकारी दिएकी छिन् ।
  • सात जना गर्भवती महिलाहरुलाई मेक्सी तथा १५ जना नवजात शिशुलाई ¥यापर समेत प्रदान गरिएको बताइन् ।
  •        यस्तै शनिबारै हेल्प मधेसी संस्थाले समेत महिलाहरुका लागि साडी बितरण गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ बैशाख । 

    एकल महिला आत्मनिर्भता तथा पुर्नस्थापना केन्द्र सप्तरीले चिम्टी अग्निपीडित महिलाहरुलाई सहयोग गरेको छ । 
    केन्द्रकी अध्यक्ष जुही कुमारी ठाकुरले अग्निपीडितमध्ये एक सयजना महिलालाई सारी, पेटीकोट, ब्लाउज, तेल, प्याड लगायतका सामाग्रिहरु प्रदान गरिएको जानकारी दिएकी छिन् । सात जना गर्भवती महिलाहरुलाई मेक्सी तथा १५ जना नवजात शिशुलाई ¥यापर समेत प्रदान गरिएको बताइन् । 
     यस्तै शनिबारै हेल्प मधेसी संस्थाले समेत महिलाहरुका लागि साडी बितरण गरेको छ । सोही अग्निपीडितहरुलाई राजविराज वडा नं. १ का शिवथानका युवाहरुले खाद्यान्न सहयोग गरेका छन् । 
    भुपेन्द्र प्रसाद यादव, दिलिप कुमार यादव, सन्जय शर्मा, उपेन्द्र प्रसाद यादव (अमिन), नरेश यादव, राजकुमार साह, दिपक यादव र मुशहरु यादवले सहयोगि भावनाले अग्निपीडितहरुलाई खाद्यान्न उपलब्ध गराएको जनाएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?