गाजासहित दुई पक्राउ

राजविराज राजविराज
|
बिहिबार, माघ २४, २०८१
|
|
४६ पटक हेरिएको
Shares
गाजासहित दुई पक्राउ

सारांश

  •      प्रहरीको गस्ती टोलीले मंगलबार बदगामाबाट कंचनपुरतर्फ जाँदै गरेको मोटरसाइकललाई चेकजाच गर्दा अन्दाजी २ किलो गाँजा बरामद गरेको हो ।
  •       म.
  • प्र.

दैनिक समाचारदाता
राजविराज, २४ माघ । 

    प्रहरी चौकी फत्तेपुरको टोलीले मोटरसाइकलमा प्रतिबन्धित लागुऔषध गाजा ओसारपसार गरिरहेका दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । 
     प्रहरीको गस्ती टोलीले मंगलबार बदगामाबाट कंचनपुरतर्फ जाँदै गरेको मोटरसाइकललाई चेकजाच गर्दा अन्दाजी २ किलो गाँजा बरामद गरेको हो । 
    म.प्र.०१–००४प३७३८ नम्बरको मोटरसाइकललाई चेकजाच गर्दा जिल्लाको महादेवा गाउँपालिका २ निवासी २२ वर्षिय निराजन यादवको साथबाट दुई पोका गाजा बरामद गरेको प्रहरीले जनाएको छ । 
    यस्तै गाजा ओसारपसारमा संलग्न रहेको आशंकामा म.प्र.२–०१–००३प१८५ नम्बरको मोटरसाइकल र चालक महादेवा १ निवासी ४३ वर्षिय बिन्दु यादवसमेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    नियन्त्रणमा लिएका दुबै जनालाई आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ