चन्दन यादव
राजविराज, ९ असार ।
जनता समाजवादी पार्टीका यूवा विद्यार्थीहरुले मंगलबार राजविराजमा नागरिकता ऐन संशोधन प्रस्तावको खारेजीको माँग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन् ।
नागरिकता ऐन संशोधन प्रस्ताव संविधानको मर्म विपरीत रहेको भन्दै मंगलबार राजबिराजमा युवाहरूले सोको बिरोध गर्दै प्रधानमन्त्रीको पुतला जलाएका हुन् । उनीहरुले बिभेदकारी नागरिकता बिधेयक खारिज गर्नुपर्ने माँग गरेका छन् ।
स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निकालिएको बिरोध ¥याली नगरको विभिन्न ठाउमा प्रदर्शन गर्दै दशन चौकमा बिरोध सभामा परिणत भएको थियो । बिरोध प्रदर्शन गर्दै उनीहरुले प्रधानमन्त्री ओलीको पुतला दहन गर्ने क्रममा प्रहरीसँग घम्साघम्सी समेत भएको थियो ।
सो बिरोध सभामा जनता समाजवादी पार्टीका नेता दिनेश यादबले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले अंगीकृत नागरिकता पाउन लगातार ७ वर्ष नेपालमा बस्नुपर्ने भनी पेस गरिएको संविधान संशोधन प्रस्तावको खारेजको माँग गरेका छन् ।
यस्तै जसपा नेपालका बिद्यार्थी नेता शम्भुकुमार यादबले अन्तरिम संविधान २०६३ ले गरेको व्यवस्थाबाट पछि हट्ने र नागरिकलाई दिइएको अधिकार कटौति हुने भन्दै नागरिकता ऐनमा प्रस्तावित संशोधन संघीय कानून विपरित हुने र यसले संविधान नै संशोधन हुने बताएका छन् ।
बिरोध कार्यक्रममा राजबिराज नगरपालिका प्रमुख शम्भुप्रसाद यादब, जनता समाजवादी पार्टीका युवा नेता केदार यादब, सुनिल कुमार झा, सत्यनारायण यादब, लक्ष्मण यादब, किशोर कुमार यादब, विशाल यादब, शिवशंकर यादब, संजय यादब, मनोज झालगायत दर्जनौ युवाबिद्यार्थी तथा जनता समाजवादी पार्टी नेताहरूको उपस्थिती रहेको थियो ।
नागरिकता ऐन संशोधन प्रस्तावको बिरोधमा प्रधानमन्त्रीको पुतला दहन
सारांश
- नागरिकता ऐन संशोधन प्रस्ताव संविधानको मर्म विपरीत रहेको भन्दै मंगलबार राजबिराजमा युवाहरूले सोको बिरोध गर्दै प्रधानमन्त्रीको पुतला जलाएका हुन् ।
- उनीहरुले बिभेदकारी नागरिकता बिधेयक खारिज गर्नुपर्ने माँग गरेका छन् ।
- स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निकालिएको बिरोध ¥याली नगरको विभिन्न ठाउमा प्रदर्शन गर्दै दशन चौकमा बिरोध सभामा परिणत भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
प्रतिक्रिया
० प्रतिक्रिया