दैनिक समाचारदाता
राजविराज, ११ असार ।
एक बृद्धालाई झुक्याएर लाखौंको जग्गा हडप्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका २ निवासी ६३ वर्षिया अघिनियादेवी कोइरीको १६ कठ्ठा ८ धुर जग्गा किर्ते गरेर हडप्न खोजेको आरोपमा छिमेकी लक्ष्मण साहलाई प्रहरीले पक्राउ गरेको हो ।
पीडित बृद्धकी एक मात्र छोरा छन् । रोजगारको सिलसिलामा बिदेशमा रहेका छोराले पठाउने रकमबाट घर खर्च कटाएर बचेको रकम उनी गाउँमै ब्याजमा समेत लगाउने गर्छिन् ।
छिमेकी साहकै आग्रहमा उनी लहान निवासी सत्यानारायण पंजियारलाई २ लाख रुँपैया ऋण दिन तयार भएकी थिइन् । यसरी ऋण वापत दिएको ठूलो रकमको सुरक्षाका लागि पंजियारसँग कागज गराउनु पर्छ भनी सुझाव दिएका साहले उल्टै अघिनिया देवीले आफ्नो नाउँमा रहेको जग्गा मध्ये १६ कठ्ठा ८ धुर जग्गा पंजियारलाई बिक्रि गरेको कागजात बनाई झुक्याएर अघिनिया देवी सँग औठा छाप लगाएका थिए । त्यसपछि साह र पंजियार सदरमुकाम राजविराजस्थित भूमी सुधार तथा मालपोत कार्यालय पुगेर नामसारी प्रक्रियामा लागेका थिए । यता ऋण दिएको कागजामा औठा छाप गरेको र अब महिने÷महिनै ब्याज आउने आशमा खुशी भएकी अघिनियाँलाई काम विशेषले मालपोत कार्यालय पुगेका सोही वडा निवासी शुभकलाल महतोले जग्गा बिक्रि गरेको भनदै जिज्ञासा राख्दा उनी छानाबाट खसे जस्तै भइन् । उनले महतोलाई आफूले कुनै जग्गा नबेचेको तथा पंजियारलाई ऋण दिएको कागजामा मात्र औठा छाप लगाएको बताएपछि किर्ते गरि जग्गा हडप्ने प्रयासको खुलासा भएको हो ।
मंगलबार मालपोत कार्यालयमा एक बृद्धालाई नक्कली अघिनियाको रुपमा प्रस्तुत गरि नामसारीको प्रयास भइरहेकै बेला अघिनियादेवीका आफन्त र शुभचिन्तकहरु पुगेपछि साह र पंजियार फरार भएका थिए । प्रहरीले खोजतलासको क्रममा साहलाई पक्राउ गरि आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
ऋण दिएको कागजको सट्टा झुक्याएर जग्गा नै बिक्रि गरेको कागजमा आंैठा छाप
सारांश
- सप्तरीको सुरुङ्गा नगरपालिका २ निवासी ६३ वर्षिया अघिनियादेवी कोइरीको १६ कठ्ठा ८ धुर जग्गा किर्ते गरेर हडप्न खोजेको आरोपमा छिमेकी लक्ष्मण साहलाई प्रहरीले पक्राउ गरेको हो ।
- पीडित बृद्धकी एक मात्र छोरा छन् ।
- रोजगारको सिलसिलामा बिदेशमा रहेका छोराले पठाउने रकमबाट घर खर्च कटाएर बचेको रकम उनी गाउँमै ब्याजमा समेत लगाउने गर्छिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया