सप्तरीमा कुपोषित बालबालिकाको संख्यामा कमि आउन सकेन 

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, श्रावण १३, २०८३
|
|
७६ पटक हेरिएको
Shares
सप्तरीमा कुपोषित बालबालिकाको संख्यामा कमि आउन सकेन 

सारांश

  • केन्द्रमा उपचारका क्रममा बालबालिकालाई उमेर अनुसारको पौष्टिक खाना, औषधि तथा आवश्यक स्याहार निःशुल्क उपलब्ध गराउँदै आएको केन्द्रकी प्रबन्धक रश्मी झाले जानकारी दिइन् ।
  • उनले बालबालिकाको मानसिक र शारीरिक विकासलाई ध्यानमा राखेर खेल सामग्री, सिकाइका सामग्री तथा आमाहरुका लागि परामर्श कार्यक्रम समेत सञ्चालन गरिदै आएको बताइन् ।
  • बालबालिकाको पोष्टिक आहारमा कमी हुँदा यस्तो समस्या आउने गरेको केन्द्रका प्रबन्धक झा बताउँछिन् ।
दैनिक समाचारदाता
राजविराज, १२ साउन । 
दश शैयाको क्षमता रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरमा अवस्थित पोषण पुनस्र्थापना केन्द्रमा विशेषज्ञ चिकित्सकसहित तालिमप्राप्त स्वास्थ्यकर्मीले चौबिसै घण्टा कुपोषित बालबालिकाहरुलाई सेवा दिँदै आएका छन् ।
केन्द्रमा उपचारका क्रममा बालबालिकालाई उमेर अनुसारको पौष्टिक खाना, औषधि तथा आवश्यक स्याहार निःशुल्क उपलब्ध गराउँदै आएको केन्द्रकी प्रबन्धक रश्मी झाले जानकारी दिइन् ।
उनले बालबालिकाको मानसिक र शारीरिक विकासलाई ध्यानमा राखेर खेल सामग्री, सिकाइका सामग्री तथा आमाहरुका लागि परामर्श कार्यक्रम समेत सञ्चालन गरिदै आएको बताइन् ।
बालबालिकाको पोष्टिक आहारमा कमी हुँदा यस्तो समस्या आउने गरेको केन्द्रका प्रबन्धक झा बताउँछिन् । धेरैजसो बालबालिकालाई पर्याप्त स्तनपान नहुनु, पौष्टिक आहारको कमी तथा पोषणसम्बन्धी चेतनाको अभावका कारण कुपोषणको शिकार हुने गरेको उनको भनाई छ ।
यद्दपी दुई आर्थिक बर्षको तथ्याङ्क अनुसार जिल्लामा कुपोषित बालबालिकाको संख्यामा कमि आउन सकेको छैन ।
आर्थिक वर्ष २०८२÷०८३ मा १ सय ८७ जना कुपोषित बालबालिकाले उपचार सेवा प्राप्त गरेका छन । तीमध्ये १ सय १४ जना बालक र ७३ जना बालिका रहेको छ । त्यसमा पनि बालिका भन्दा बालकको संख्या बढी देखिएको छ ।
गत आर्थिक बर्ष २०८१÷०८२ मा केन्द्रबाट १ सय ८० जना कुपोषित बालबालिकाले उपचार सेवा पाएको केन्द्रकी नर्सिङ स्टाफ ममता यादवले जानकारी दिइन् ।
यसरी दुबै बर्षको तथ्यांकलाई हेर्दा कुपोषित बालबालिकाको संख्यामा सुधार आउन सकेको छैन । तर, कुपोषणका शिकार भएका सबै बालबालिका भने उपचारपछि निको भएर घर फर्किएका छन ।
चालु आर्थिक वर्ष सुरु भएयता नयाँ भर्ना भएका सात जना बालबालिका अहिले उपचाररत रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?