दैनिक समाचारदाता
राजविराज, २० चैत ।
नेपाल प्रेस युनियन सप्तरीले पत्रकार महासंघको सदस्यता टुंगो नलगाई साधारणसभा, अधिवेशन सहितका कुनै पनि प्रक्रिया अगाडी नबढाउन नेपाल पत्रकार महासंघ शाखा सप्तरीसंग आग्रह गर्दै ध्यानाकर्षण गराएको छ ।
मंगलबार नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देवलाई युनियनका अध्यक्ष बिनयकुमार लाल कर्णले सो ध्यानाकर्षण गराउँदै पत्र समेत बुझाएका छन् ।
नेपाल प्रेस युनियन केन्द्रीय समितिको मिति २०८० चैत १७ गते सुनसरी जिल्लाको इटहरीमा सम्पन्न बैठकले पत्रकार महासंघले चैत मसान्तसम्म सम्पूर्ण जिल्लाको साधारणसभा र अधिवेशन तथा आगामी बैशाख २२ र २३ गते केन्द्रिय महाधिवेशन गराउने निर्णयबाट शुद्धिकरण अभियानलाई नै ओझेलमा पार्ने काम भएको उल्लेख गर्दै सदस्यता र मतदाता नामालीको टुंगो लगाएर मात्र जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन÷साधारणसभा गर्न ध्यानाकर्षण गराएको हो ।
“पत्रकार महासंघले शुरु गरेको सदस्यता शुद्धिकरण अभियानमा नेपाल प्रेस युनियनको पूर्ण साथ र सहयोग रहेको सर्वविदित्तै छ । पत्रकार महासंघलाई विशुद्ध पत्रकारहरुको संस्था बनाउन नेपाल प्रेस युनियनले निर्वाह गरेको भूमिकाबारे पत्रकार महासंघ पनि अनभिज्ञ छैन् । तर, पछिल्लो विकसित घट्नाक्रम अनुसार नेपाल पत्रकार महासंघले शुद्धिकरण अभियानलाई थाँती राखेर सार्वजनिक रुपमा प्रेस विज्ञप्ती जारी गरी जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेको प्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।” पत्रमा भनिएको छ ।
सोही पत्रमा नेपाल पत्रकार महासंघले प्रेस युनियनको माग विपरित अधिवेशन÷साधारणसभा सहितका कुनै पनि प्रक्रिया अगाडी बढाएमा सोबाट उत्पन्न हुन जाने परिस्थितिको जवाफदेही स्वयं नेपाल पत्रकार महासंघ शाखा सप्तरी नै हुने समेत जानकारी गराएको छ ।
सदस्यता टुंगो नलगाई साधारणसभा, अधिवेशन नगर्न युनियनद्वारा ध्यानाकर्षण
सारांश
- मंगलबार नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देवलाई युनियनका अध्यक्ष बिनयकुमार लाल कर्णले सो ध्यानाकर्षण गराउँदै पत्र समेत बुझाएका छन् ।
- नेपाल प्रेस युनियन केन्द्रीय समितिको मिति २०८० चैत १७ गते सुनसरी जिल्लाको इटहरीमा सम्पन्न बैठकले पत्रकार महासंघले चैत मसान्तसम्म सम्पूर्ण जिल्लाको साधारणसभा र अधिवेशन तथा आगामी बैशाख २२ र २३ गते केन्द्रिय महाधिवेशन गराउने निर्णयबाट शुद्धिकरण अभियानलाई नै ओझेलमा पार्ने काम भएको उल्लेख गर्दै सदस्यता र मतदाता नामालीको टुंगो लगाएर मात्र जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन÷साधारणसभा गर्न ध्यानाकर्षण गराएको हो ।
- “पत्रकार महासंघले शुरु गरेको सदस्यता शुद्धिकरण अभियानमा नेपाल प्रेस युनियनको पूर्ण साथ र सहयोग रहेको सर्वविदित्तै छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया