भारतसँग जोडिएका सीमा नाका बन्द ! 

राजविराज राजविराज
|
सोमबार, चैत्र १०, २०७६
|
|
३१ पटक हेरिएको
Shares
भारतसँग जोडिएका सीमा नाका बन्द ! 

सारांश

  •     हाल सप्तरीको भारतीय सिमासँग जोडिएको ७ स्थानमा हेल्थडेस्क संचालनमा छ ।
  • भारतमा संक्रमितको संख्या बढ्दै गएपछि आइतबार ७ मध्ये पाँच वटा नाका बन्द गरिएको छ ।
  •       जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनार्धन कटे्लले सोमबारदेखी खुलेका दुई नाकाहरु समेत बन्द गर्न आवश्यक पहल गरिने जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ९ चैत । 
    संसारभर त्रास फैलाएको कोरोना भाईरसबाट भारतको विहार राज्यमा आईतबार एक व्यक्तिको मृत्यु भएपछि सप्तरीको सिमावर्ती क्षेत्रका सम्पूर्ण नाकाहरु बन्द गरिएको छ । 
    हाल सप्तरीको भारतीय सिमासँग जोडिएको ७ स्थानमा हेल्थडेस्क संचालनमा छ । भारतमा संक्रमितको संख्या बढ्दै गएपछि आइतबार ७ मध्ये पाँच वटा नाका बन्द गरिएको छ । 
    जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनार्धन कटे्लले सोमबारदेखी खुलेका दुई नाकाहरु समेत बन्द गर्न आवश्यक पहल गरिने जानकारी दिएका छन् । 
    आईतबार विहानैदेखि भारतीय संचार माध्यमहरुले विहार राज्यको पटना स्थित एम्स अस्पतालमा कोरोना भाईरसबाट संक्रमित ३८ बर्षिय एक युवकको उपचारको क्रममा मृत्यु भएको विहार सरकारबाट पुष्टी गरेपछि कोरोना सम्भावित संक्रमणको विषयलाई लिएर सिमाबर्ती क्षेत्रका बासीन्दासहित सप्तरीका स्थानियहरु समेत थप चिन्तामा परेका छन् । 
    यता सरकारले कोरोना भाईरसको संक्रमण फैलिन नदिन अत्यावश्यक बाहेक सवै सेवा चैत्र २१ सम्मका लागि बन्द गर्ने निर्णय गरेपछि सप्तरीका प्रमुख बजारहरुमा चहल पहल निकै घटेको छ ।    
    यस्तै कार्यालय बन्द रहेको थाहा नपाएका कतिपय ग्रामिण क्षेत्रबाट आईतबार सदरमुकाम राजविराज आईपुगेको सर्वसाधारण कार्यालय बन्द रहेको देखेपछि निराश भई आ–आफनो घर फर्केका थिए ।
    कोरोना भाईरस सम्बन्धी प्रतिकार्य योजना तयार पार्न प्रमुख जिल्ला अधिकारी सुनिल खनाल प्रहरी उपरिक्षक कृष्ण प्रसाई, शसस्त्र प्रहरी उपरिक्षक उद्वव बहादुर न्यौपाने, भिम दलगणका प्रमुख सेनानी गुप्त बहादुर कुवर, गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. चुमन लाल दास, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियलाल यादव तथा विभिन्न स्थानिय तहका प्रमुख दैनिक बैठक गरी आवश्यक र रणनिति बनाउन व्यस्त देखिएका छन् । 
    शंकास्पद विरामी आएमा उपचारका लागि तत्काल गजेन्द्र नारायण सिंह अस्पतालमा १० बेड क्षमताको आईसोलेसन कक्ष तयार गरि सकिएको छ भने साई कृष्णा शिक्षण अस्पताल, युनिक अस्पताल र छिन्नमस्ता अस्पताल एण्ड मेडिकल कलेजमा गरी थप ३ स्थानमा कोरोना व्यवस्थापन अस्थायी अस्पतला संचालन गर्ने कार्यलाई तिब्र बनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महादेवा गापामा माओवादी केन्द्रको चुनावी चहलपहल बढ्यो
महादेवा गापामा माओवादी केन्द्रको चुनावी चहलपहल बढ्यो
मधेश प्रदेशका ८६ हजार ५ सय २४ छात्रछात्रालाई शैक्षिक कीट 
मधेश प्रदेशका ८६ हजार ५ सय २४ छात्रछात्रालाई शैक्षिक कीट 
पत्रकार महासंघको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित
पत्रकार महासंघको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित
ललिता निवासको एक टुक्रा जग्गा तथा एक सुक्का पैसा पनि लिएको छैन् ः नेता गच्छदार
ललिता निवासको एक टुक्रा जग्गा तथा एक सुक्का पैसा पनि लिएको छैन् ः नेता गच्छदार
अयोध्याबाट रथ र घोडामा जनकपुरधाम आए जन्ती, विवाह पञ्चमीमा ‘तिलकोत्सव’ हुँदै
अयोध्याबाट रथ र घोडामा जनकपुरधाम आए जन्ती, विवाह पञ्चमीमा ‘तिलकोत्सव’ हुँदै
भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
संविधान दिवसलाई लोसपा र  जसपाले कालो दिनका रुपमा मनाए
संविधान दिवसलाई लोसपा र  जसपाले कालो दिनका रुपमा मनाए
राजविराज वडा नं. ५ बालविवाह मुक्त वडा घोषणा
राजविराज वडा नं. ५ बालविवाह मुक्त वडा घोषणा
खडक नगरपालिकामा १५ शैय्याको आधारभुत अस्पताल निर्माण हुँदै
खडक नगरपालिकामा १५ शैय्याको आधारभुत अस्पताल निर्माण हुँदै
खाडोको बाढीमा वेपत्ता भएका मियाँको शव फेला