मिथिलाकपको चौथो संस्करण माघ १४ देखी २६ सम्म

राजविराज राजविराज
|
बिहिबार, माघ १२, २०७९
|
|
६१ पटक हेरिएको
Shares
मिथिलाकपको चौथो संस्करण माघ १४ देखी २६ सम्म

सारांश

  •     क्लबले विहीवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितमा प्रदेश १ का ३, मधेश प्रदेशका १०, बागमती प्रदेशका १ र छिमेकी राष्ट्र भारतका २ गरी १६ टिमको सहभागिता रहने जानकारी गराएको छ ।
  •       क्लबका अध्यक्ष इन्जिनीयर रवीन्द्र यादवका अनुसार करिब १५ लाख खर्च हुने अनुमान गरीएको प्रतियोगिताका विजेता टिमले १ लाख नगद र ट्रफी तथा उपविजेता टिम ५० हजार नगद र ट्रफी पाउने छन ।
  •     यस्तै विभिन्न विद्यामा उत्कृष्ट खेलाडीले समेत पुरस्कार पाउनेछन ।

दैनिक समाचारदाता
राजविराज, १२ गते  । 

    चौथो मिथिला कप टि २० क्रिकेट प्रतियोगिता माघ १४ गतेदेखी सुरु हुने भएको छ । युवा शक्ती क्लब विष्णुपुरको आयोजना संचालित उक्त प्रतियोगिता माघ २६ गते सम्म संचालन हुने भएको छ । 
    क्लबले विहीवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितमा प्रदेश १ का ३, मधेश प्रदेशका १०, बागमती प्रदेशका १ र छिमेकी राष्ट्र भारतका २ गरी १६ टिमको सहभागिता रहने जानकारी गराएको छ । 
    क्लबका अध्यक्ष इन्जिनीयर रवीन्द्र यादवका अनुसार करिब १५ लाख खर्च हुने अनुमान गरीएको प्रतियोगिताका विजेता टिमले १ लाख नगद र ट्रफी तथा उपविजेता टिम ५० हजार नगद र ट्रफी पाउने छन ।
    यस्तै विभिन्न विद्यामा उत्कृष्ट खेलाडीले समेत पुरस्कार पाउनेछन । नकआउट प्रणालीको आधारमा खेलाईने सम्पुर्ण खेल राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न हुने छ । 
    प्रतियोगिता संचालनका लागी विष्णुपुर गाउँपालिका, तिलाठी कोईलाडी गाउँपालिका, छिन्नमस्ता गाउपालिका, रुपनी गाउँपालिका, बोदे वर्साईन नगरपालिका, राजविराजनगरपालिका, एस के इन्जिनीयरिङ्ग कन्सल्टेन्सी, अर्ना सिमेन्ट, मुक्तीनाथ विकास बैंक, मिलन डेरी, शिब्स बोडिङ्ग स्कुल लगायतका पालिका, शिक्षण संघ सस्था, प्रतिष्ठान र विभिन्न संघ संस्थाबाट आवश्यक सहयोग प्राप्त हुने आयोजक समितीका कोषाध्यक्ष नन्दकिशोर गुप्ताले जानकारी दिए । 
    सप्तरी क्रिकेट संघको समन्वयमा गरिन लागेको प्रतियोगिताको मुख्य प्रायोजक रहेका विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले उदघाटन गर्ने कार्यक्रम तय भएको आयोजक समितीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा ५४ जना कोरोना संक्रमित, आइसोलेशन बेडको अभावमा क्वारेन्टाइनमै संक्रमित
सप्तरीमा ५४ जना कोरोना संक्रमित, आइसोलेशन बेडको अभावमा क्वारेन्टाइनमै संक्रमित
तेल बोकेको ट्याङकर र मोटरसाईकल  ठोकिदा दुई जनाको मृत्यु
तेल बोकेको ट्याङकर र मोटरसाईकल  ठोकिदा दुई जनाको मृत्यु
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
मिटरब्याजी रामदेव साहका छोराछोरी जेल चलान 
मिटरब्याजी रामदेव साहका छोराछोरी जेल चलान 
जनप्रतिनिधिसहित एकै परिवारका तीन जनामाथी निर्घात कुटपिट
जनप्रतिनिधिसहित एकै परिवारका तीन जनामाथी निर्घात कुटपिट
सप्तरीका सबै आईसोलेशन वाड खाली
सप्तरीका सबै आईसोलेशन वाड खाली
पगरीवालाको निधनप्रति दुःख ब्यक्त 
पगरीवालाको निधनप्रति दुःख ब्यक्त 
औषधी पसलमा अनुगमन टोली आएपछि धमाधम “सटर डाउन”
औषधी पसलमा अनुगमन टोली आएपछि धमाधम “सटर डाउन”
मालपोतमा भइरहेको व्यथितीप्रति दोषि को ! लेखनदास र कर्मचारीद्वारा एकअर्कामा दोषारोपन 
मालपोतमा भइरहेको व्यथितीप्रति दोषि को ! लेखनदास र कर्मचारीद्वारा एकअर्कामा दोषारोपन 
पीडित महिलाले भनिन् “बाटो बिस्तारको नाममा आफ्नो मात्र जग्गा छाड्न दबाब  र धम्की आउन थाल्यो”
पीडित महिलाले भनिन् “बाटो बिस्तारको नाममा आफ्नो मात्र जग्गा छाड्न दबाब  र धम्की आउन थाल्यो”