दैनिक समाचारदाता
राजविराज, २० असार ।
समाजवादी पार्टी नेपाल सप्तरीले सप्तरीका सामाजिक अभियानका अग्रज ब्यक्तित्व उपेन्द्र नारायण चौधरी थारु (पगरीवला) को निधनप्रति दुःख ब्यक्त गरेको छ ।
समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले शुक्रवार एक शोक वक्तब्य जारी गर्दै पगरीवालाको निधनले सामाजिक आन्दोलनमा ठूलो क्षति पुगेको भन्दै दुःख ब्यक्त गरेका हुन ।
समाजवादी पार्टी नेपाल सप्तरीका पूर्व जिल्ला सल्लाहकार समेत रहेका नेता पगरीवालाको निधनले सामाजवदी क्रान्तिको कर्मठ योद्ध गुमेको शोक वक्तब्यमा उल्लेख छ ।
यस्तै नेपाल आदिवासी जनजाति महासंघ सप्तरीले समेत अग्रज नेता गुमाएको भन्दै पगरीवालाको निधन प्रति दुख ब्यक्त गरेको छ ।
महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङले शोक वकतब्य मार्फत आदिवासी जनजाति समुदायको प्रेणाको श्रोत गुमाएको जनाएको छ । पगरीवालाले देखाएको वाटोलाई दृढताको साथ आत्मा साथ गर्दै उनको अधुरा र अपुरा सपना साकर पार्ने जारी वकतब्यमा प्रतिवद्धता जनाएको छ ।
लामो समय देखी डाईविटिज र प्यारालाईसिसबाट पीडित नेता उपेन्द्र नारायण चौधरी थारु (पगडीवाला) को शम्भुनाथ नगरपालिका ९ स्थित आफ्नै निवासमा विहिवार विहान ८ वजे ६० वर्षको उमेरमा निधन भएको थियो ।
भाषिक, साँस्कृतिक र जातिय पहिचानको श्रोत ब्यक्ती स्वर्गीय पगडीवालाको पार्थिक शरीरमाथि आदिवासी जनजाति महासंघ सप्तरीद्धारा अन्तिम श्रदाञ्जली अर्पण गरेपछी विहिवारै अन्त्येष्टी गरिएको थियो । नेपाल आदिवासी जनजाति महासंघ सप्तरीले स्व. पगडीवालाको पार्थिक शरीरमा महासंघको झण्डा र खादा ओडाएर अन्तिम श्रदाञ्जली दिएका थिए ।
आदिवासी जनजाति महासंघ सप्तरीका संस्थापक सदस्य र हाल जिल्ला सल्लाकार, थाकस सप्तरीमा २०५८ देखी २०६१ र २०६५ देखी २०६९ सम्म दुई कार्यकाल नेतृत्व गरेका स्वर्गीय चौधरीले सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान दिएका थिए ।
पगरीवालाको निधनप्रति दुःख ब्यक्त
सारांश
- समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले शुक्रवार एक शोक वक्तब्य जारी गर्दै पगरीवालाको निधनले सामाजिक आन्दोलनमा ठूलो क्षति पुगेको भन्दै दुःख ब्यक्त गरेका हुन ।
- समाजवादी पार्टी नेपाल सप्तरीका पूर्व जिल्ला सल्लाहकार समेत रहेका नेता पगरीवालाको निधनले सामाजवदी क्रान्तिको कर्मठ योद्ध गुमेको शोक वक्तब्यमा उल्लेख छ ।
- यस्तै नेपाल आदिवासी जनजाति महासंघ सप्तरीले समेत अग्रज नेता गुमाएको भन्दै पगरीवालाको निधन प्रति दुख ब्यक्त गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया