दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशका नाउँमा खुलेका दलहरुले मधेशबाट भोट लिएर गएपनि मधेशीका लागि के–के गरे भन्ने कुराको समिक्षा गर्नु पर्ने समय आएको बताएका छन् ।
सोमबार राजविराजमा लोसपा नेपाल सप्तरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो कुरा बताउँदै भन्दै यसबारे गम्भिर भएर सोच्न आग्रह पनि गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतोले बैवाहिक अंगिकृत नागरिकतामा समय सीमा राख्ने कुराले मुलुकलाई अझै पछि धकेल्ने बताउँदै समय सीमा राखेर बैवाहिक अंगिकृत नागरिकता दिनुपर्छ भन्ने कुरा पनि कतै कतैबाट उठ्ने गरेकाले पहिलेको व्यवस्थालाई पनि यसले कटौती गर्ने भएका कारण मुलुक पछाडी फर्काउने नियतले यस्तो भनिएको जिकिर गरे ।
संविधानमा मधेशी, आदिवासी, जनजाती, मुश्लिम, सिमान्तकृत लगायत समुदायको पूर्ण अधिकार अहिले पनि सुनिश्चित नभएको बताउँदै उनले त्यसका लागि आफूहरुको संघर्ष जारि रहेको छ भने ।
सोही कार्यक्रममा बोल्दै अर्का वरिष्ठ नेता शरतसिंह भण्डारीले निर्वाचनमा गठबन्ध बाध्यता रहेको भन्दै आफूहरु लोकतन्त्र, पहिचान र अधिकारका लागि काम गर्ने पार्टीका साथ गठबन्धन गर्ने पक्षमा रहेको स्पष्ट पारे । उनले भने –बिना गठबन्धनले कुनै पनि पार्टीको एकल सरकार बन्ने अवस्था नरहेको महसुस गरि हामीले त्यस्तो विचार मिल्ने दलसित गठबन्धनको सोच बनाएका छौं ।
लोसपाका जिल्ला अध्यक्ष सुनिलकुमार झाको अध्यक्षमा आयोजित कार्यक्रमलाई लोसपाका अर्का वरिष्ठ नेता अनिल झाका साथै जयप्रकाश ठाकुर, मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनल, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादव, राजविराज नगरपालिकाका निवर्तमान नगरप्रमुख शम्भु प्रसाद यादवले पनि सम्बोधन गरेका थिए ।
मधेशको नाउँमा भोट लिएर गएकाहरुबारे समिक्षा गर्न आवश्यक ः लोसपा वरिष्ठ नेता महतो
सारांश
- सोमबार राजविराजमा लोसपा नेपाल सप्तरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो कुरा बताउँदै भन्दै यसबारे गम्भिर भएर सोच्न आग्रह पनि गरे ।
- कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतोले बैवाहिक अंगिकृत नागरिकतामा समय सीमा राख्ने कुराले मुलुकलाई अझै पछि धकेल्ने बताउँदै समय सीमा राखेर बैवाहिक अंगिकृत नागरिकता दिनुपर्छ भन्ने कुरा पनि कतै कतैबाट उठ्ने गरेकाले पहिलेको व्यवस्थालाई पनि यसले कटौती गर्ने भएका कारण मुलुक पछाडी फर्काउने नियतले यस्तो भनिएको जिकिर गरे ।
- संविधानमा मधेशी, आदिवासी, जनजाती, मुश्लिम, सिमान्तकृत लगायत समुदायको पूर्ण अधिकार अहिले पनि सुनिश्चित नभएको बताउँदै उनले त्यसका लागि आफूहरुको संघर्ष जारि रहेको छ भने ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया