दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
डेढ वर्षदेखी बन्द रहेका भारतीय सीमा सँंग जोडिएका नाकाहरु सरकारले खुल्ला गर्ने गरेको निर्णय कार्यान्वयन भएन् ।
२०७६ साल चैतको पहिलो साता कोरोना संक्रमण बढेपछि नेपाल सरकारले भारतीय सीमासँग जोडिएका सबै नाकाहरु बन्द गर्ने गरेको निर्णय जोखिम घट्दै गएपछि मंगलबार खुल्ला गर्ने निर्णय गरेको थियो ।
मन्त्री परिषदको गत मंगलवार वसेको बैठकले सबै सीमानाका खुल्ला गर्ने निर्णय गरे पनि विहीवार तिन दिन वितिसक्दा भारतसंग जोडिएको सप्तरीका सिमानाकाहरु अझै खुल्न सकेको छैन् ।
सरकारले सीमानाकाबाट यस अघि पैदल आवतजावत तथा खाद्यान्न आयतका लागी खुल्ला गरेपनि सवारी आवागमन रोकेको थियो । पछिल्लो पटक सवारी आवागमन पनि खोल्ने निर्णय सरकारले गरेको छ ।
यता तीनदिन अघि नाका खुल्यो भनेर संचार माध्यमबाट खबर पाएपछि काम विषेशले भारतमा रहेका मध्येका गाडी चढी फर्किने दर्जनौ ब्यक्ती सिमा क्षेत्रमा अलपत्र परेका छन । नाकामा रहेका सुरक्षाकर्मीले नाका नखुलेको भन्दै गाडी आवागमन गर्न रोक लगाउदा आफुहरु समस्यामा परेको पीडित सर्वसाधारणको गुनासो छ ।
नाका बन्द हुदा सर्वाधिक आउजाउ हुने सप्तरीको तिलाठी कोइलाडी स्थित कुनौली नाकामा अहिले पनि ठुलो ब्याग, बोरा, झोला लगायतका सामाग्री टाउकोमा बोकेर सर्वसाधारण पैदलै आउजाउ गरेको दृश्य विहानदेखी साँझ सम्म देखिने गरेको स्थानीयवासी देवनारायण यादवले सुनाए ।
सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाले सरकारले डेढ वर्ष देखी बन्द रहेका सबै सिमानाका खुल्ला गर्ने निर्णय गरेको खबर आफुले पनि विभिन्न संचार माध्यमबाट सुनेको जानकारी दिँदै यसबारे सम्बन्धित निकायबाट कुनै आधिकारीक पत्र नआएकाले कार्यान्वयन गर्न नसकिएको उनको भनाई छ ।
सरकारी निर्णय कार्यान्वयन भएन् नाकाहरु अझै संचालनमा आएन
सारांश
- २०७६ साल चैतको पहिलो साता कोरोना संक्रमण बढेपछि नेपाल सरकारले भारतीय सीमासँग जोडिएका सबै नाकाहरु बन्द गर्ने गरेको निर्णय जोखिम घट्दै गएपछि मंगलबार खुल्ला गर्ने निर्णय गरेको थियो ।
- मन्त्री परिषदको गत मंगलवार वसेको बैठकले सबै सीमानाका खुल्ला गर्ने निर्णय गरे पनि विहीवार तिन दिन वितिसक्दा भारतसंग जोडिएको सप्तरीका सिमानाकाहरु अझै खुल्न सकेको छैन् ।
- सरकारले सीमानाकाबाट यस अघि पैदल आवतजावत तथा खाद्यान्न आयतका लागी खुल्ला गरेपनि सवारी आवागमन रोकेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया