२७ वर्षदेखी सुरु भएको खानेपानी आयोजना अझै अधुरै

राजविराज राजविराज
|
सोमबार, कार्तिक ५, २०८१
|
|
४८ पटक हेरिएको
Shares
२७ वर्षदेखी सुरु भएको खानेपानी आयोजना अझै अधुरै

सारांश

  •      स्थानिय स्वास्थ्य चौकी परिसरमा बि.
  • स.
  • २०५४ सालमा निर्माण कार्य थालिएको खानेपानी आयोजना हालसम्म पिउने पानी योग्य बन्न नसकेको स्थानियले बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक । 

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ७ स्थित हनुमानगर बजारमा २७ बर्ष अघि सुरु भएको खानेपानी आयोजनाको निर्माण कार्य अझ सम्पन्न हुन सकेको छैन । 
     स्थानिय स्वास्थ्य चौकी परिसरमा बि.स. २०५४ सालमा निर्माण कार्य थालिएको खानेपानी आयोजना हालसम्म पिउने पानी योग्य बन्न नसकेको स्थानियले बताएका छन् ।
    तत्कालिन हनुमानगर गाउँ बिकास समितिको पहलमा निर्माण थालिएको उक्त आयोजना अझै पुरा हुन नसक्दा शुद्ध खानेपानीबाट हनुमाननगरबासी बञ्चित हुँदै आएका छन् । देशमा संघीयता आएपछि सडक निर्माण, बत्ति, बजारीकरणमा बृद्धि भएपनि हनुमाननगरवासी खानेपानीबाट बञ्चित छन् ।
    स्थानीय बेचन खड्गाले नगरपालिकाले पनि यसप्रति कहिले गम्भिरता नदेखाएकोले हामी खानेपानी पिउनबाट बञ्चित भएका छौं, उनले भने, “ आयोजना सम्पन्न भएमा यस क्षेत्रका करिब दश हजार भन्दा बढी जनता लभान्वित हुनेछन् ।”
    उनले भने “स्वास्थ्य चौकी नजिकै निर्माण सुरु गरिएको शुद्ध खानेपानी निर्माण भए स्वास्थ्य सेवा लिन आउने आमजनताले पनि शुद्ध खानेपानी पाए राम्रो अनुभुति पाउन सक्ने छन् ।” 
    खानेपानी ट्याङ्की ७५ प्रतिशत निर्माण भइसकेको तर, राजनैतिक खिचातानीले अहिलेसम्म ओझेलमा परेको अर्का स्थानिय राजेन्द्र मिश्रले बताए । उनले भने, “पानी ट्याङ्की निर्माण गरेर पाइप लाइन बिछाउने कार्य अधुरै रहेको छ, पाइपलाईन तानेर शुद्ध पानी दिन अहिलेसम्म नसकिएको कारण नगरबासी आइरनसहितको ट्युवेलका पानी खान बाध्य रहेका छन् ।” 
    करिब ३ करोडको लागतमा निर्माण थालिएको खानेपानी पहिलो किस्तामा केही काम भएर १०÷१५ बर्षदेखि बिभिन्न राजनैतिक खिचातानी र उपभोक्ता गठनमा बाधा अवरोध भएर ओझेलमा परेको हो । 
    खानेपानी तथा सरसफाई डिभिजन कार्यालय राजविराजले २८ लाखको टेन्डर आह्वान गरेपछि पुनः निर्माण कार्य थालिएको तर, हाल दुई÷चार बर्ष यता फेरी काम ठप्प हुनाले आयोजना पुरा हुन सकेको छैन । यस्तै दोश्रो पटक पुनः टेन्डर आह्वान गरेपछि शान्ति निर्माण सेवा फर्सैठले बि.स. २०७४ सालमा ठेक्का पाएको थियो । 
    उक्त निर्माण सेवाले काम सुरु गरे पनि १३ लाख भुक्तनी नपिाएपछि निर्माण कार्य ठप्प भएको थियो । समयमा भुक्तनी नपाएपछि आफुहरु काम गर्न असमर्थ रहेको उक्त निर्माण सेवाका संचालक नारायण यादवले बताए । 
    खानेपानी तथा सरसफाई डिभिजन कार्यालय राजविराजले म्याद नथपेका कारण समेत खानेपानी निर्माण अवरुद्ध भएको छ । त्यहाँ ५ लाखको पाइप, सिमेन्ट, १ हजार पिस बाँस लगायतका सामानहरु आठ बर्षदेखि अलपत्र अवस्थामा राखिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई नियमित  कामकाज गर्न दिन अदालतको अन्तरिम आदेश 
प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई नियमित  कामकाज गर्न दिन अदालतको अन्तरिम आदेश 
किसानको समस्या पहिचान गरि समाधानका लागि मेधश सरकारद्वारा उच्च स्तरिय समिति गठन
किसानको समस्या पहिचान गरि समाधानका लागि मेधश सरकारद्वारा उच्च स्तरिय समिति गठन
कुटपिटमा पाँच घाइते
कुटपिटमा पाँच घाइते
कोशीको बाढीले विद्यालय र स्वास्थ्य चौकी कटान गर्न थाल्यो
कोशीको बाढीले विद्यालय र स्वास्थ्य चौकी कटान गर्न थाल्यो
ठूलो परिमाणमा लागुऔषध काठमाडौं पु¥याउने  कार्यमा संलग्न सहचालकसहित दुई पक्राउ 
ठूलो परिमाणमा लागुऔषध काठमाडौं पु¥याउने  कार्यमा संलग्न सहचालकसहित दुई पक्राउ 
उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ताद्वय साह र यादव भिड्दै
उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ताद्वय साह र यादव भिड्दै
सीप सिकेर जान सुझाव
सीप सिकेर जान सुझाव
शिक्षक तथा विद्यालय कर्मचारीहरुले तलब माग्दै गरे तालाबन्दी
शिक्षक तथा विद्यालय कर्मचारीहरुले तलब माग्दै गरे तालाबन्दी
गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
लागु औषधसहित तीन पक्राउ
लागु औषधसहित तीन पक्राउ