दैनिक समाचारदाता
राजविराज, २ फागुन ।
उच्च अदालत जनकपुर–राजविराज इजलाशले राजविराज नगरपालिकाको कार्यालयलाई प्रमुख प्रशासकीय अधिकृतलाई नियमित कामकाज गर्न दिन बुधबार अन्तरिम आदेश जारि गरेको छ ।
प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद गुरुङलाई संघिय मामिला तथा सामन्य प्रशासन मन्त्रालय फिर्ता पठाउने नगरपालिकाको निर्णय विरुद्ध परेको उत्प्रेसन रिटमा अदालतले सो अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।
रिट उपरको सुनवाई गर्दै न्यायाधिश कौशल चन्द्र सुवेदीको इजलासले अन्तरिम आदेश जारी गरेको हो । आदेशमा यसमा के कसो भएको हो ? निवेदकको माँग बमोजिमको आदेश किन जारी हुनु नपर्ने ? आदेश जारी नहुनु पर्ने कुनै आधार र कारण भए सो समेत उल्लेख गरी १५ दिन भित्र आफै वा कानुन बमोजिमको प्रतिनीधी मार्फत लिखित जवाफ पेश गर्नु भनी उल्लेख छ ।
आदेशमा फागुन ६ गते दुबै पक्षको उपस्थितीमा छलफल गराई निष्कर्षमा पुग्न उपयुक्त हुने भन्दै सो प्रयोजनका लागी सोही दिनको पेशी समेत तोकिएको छ ।
यस्तै आदेशमा अन्तरिम आदेशको छलफलका लागी पेशी तोकिएको मिति सम्म निवेदकलाई हाजिर भई नियमित कामकाज गर्न अवरोध नगर्नू÷गर्न नदिनु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम विपक्षीहरुको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरि दिएको समेत उल्लेख गरिएको छ ।
राजविराज नगरपालिकाले मंगलबार प्रमुख प्रशासकिय अधिकृत गुरुङलाई संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालय फिर्ता पठाउने निर्णय गरेको थियो । सो निर्णय गैरकानुनी भएको भन्दै निर्णय बदरका लागी उत्प्रेसन आदेश जारी गरी पाउँ भनी उनी न्याय खोज्दै अदालत पुगेका हुन् ।
नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनको अध्यक्षतामा गत माघ १९ गते वसेको कार्यपालिकाको बैठकले कर्मचारी भन्दा राजनीती गर्न खोजेको र कार्यालयको काममा उदासिन रहेको आरोप लगाउदै प्रमुख प्रशासकिय अधिकृत गुरुङ्गलाई मन्त्रालय फिर्ता पठाउने निर्णय गरेको थियो ।
उक्त निर्णयको जानकारीसहित फिर्ता पठाइएको पत्र प्रमुख प्रशासकिय अधिकृत गुरुङलाई मंगलबार थमाइएपछी उनी अदालत पुगेका थिए ।
उनी अदालत पुृगेको खबर पाएपछि झन आक्रोशित बनेका केही वडाअध्यक्ष उनको कार्यकक्ष र निवास स्थलामा समेत तालाबन्दी गरेका थिए । यद्दपी निवासमा गरिएको तालाबन्दीको व्यापक आलोचना भएपछि मंगलवार राती ८ बजे तालाबन्दी खोलिएको थियो ।
प्रमुख प्रशासकिय अधिकृत गुरुङले कुनै पनि पालिकाका जनप्रतिनीधीलाई संघिय सरकार मातहतका कर्मचारीलाई फिर्ता पठाउने र सरुवा गर्ने अधिकार नरहेको भन्दै सो निर्णय विरुद्ध कार्यवाहक नगर प्रमुख परवीनलाई विपक्षी बनाउदै अदालतमा उत्प्रेसन रिट दायर गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई नियमित कामकाज गर्न दिन अदालतको अन्तरिम आदेश
सारांश
- प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद गुरुङलाई संघिय मामिला तथा सामन्य प्रशासन मन्त्रालय फिर्ता पठाउने नगरपालिकाको निर्णय विरुद्ध परेको उत्प्रेसन रिटमा अदालतले सो अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।
- रिट उपरको सुनवाई गर्दै न्यायाधिश कौशल चन्द्र सुवेदीको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
- आदेशमा यसमा के कसो भएको हो ?
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया