मधेसमा डिजेमाथि प्रतिबन्ध  लगाउनु जरुरी छ ः मन्त्री लेखी 

राजविराज राजविराज
|
बुधबार, फाल्गुन २८, २०८१
|
|
६३ पटक हेरिएको
Shares
मधेसमा डिजेमाथि प्रतिबन्ध  लगाउनु जरुरी छ ः मन्त्री लेखी 

सारांश

  •     बुधबार सप्तरीको कञ्चनरुप नगरपालिका नगरपालिका २ बरमझियास्थित सशस्त्र प्रहरी बलको विशेष तालिम शिक्षालयमा ब्यारेक र मेस भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखीले यस्तो बताए हुन् ।
  •     शिलान्यास कार्यक्रमका क्रममा मन्त्री लेखीले आगामी वर्षहरूमा सुरक्षा निकायहरूको भौतिक संरचना निर्माणमा प्रविधिसँग मेल खाने नवीनतम परियोजनाहरू समेत ल्याउन लागेको जानकारी दिए ।
  •     सोही क्रममा मन्त्री लेखीले मधेसमा डिजेमाथि प्रतिबन्ध लगाउनुपर्ने जरुरी भइसकेको बताउँदै मधेसमा डिजे एउटा समस्याको रूपमा संस्थागत भइरहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, २८ फागुन । 

    मधेश प्रदेशका गृह, संचार तथा कानुनमन्त्री राजकुमार लेखीले सुरक्षा निकायका भौतिक संरचनाको विकासमा प्रदेश सरकारले निरन्तर ध्यान दिने बताएका छन् ।  
    बुधबार सप्तरीको कञ्चनरुप नगरपालिका नगरपालिका २ बरमझियास्थित सशस्त्र प्रहरी बलको विशेष तालिम शिक्षालयमा ब्यारेक र मेस भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखीले यस्तो बताए हुन् ।
    शिलान्यास कार्यक्रमका क्रममा मन्त्री लेखीले आगामी वर्षहरूमा सुरक्षा निकायहरूको भौतिक संरचना निर्माणमा प्रविधिसँग मेल खाने नवीनतम परियोजनाहरू समेत ल्याउन लागेको जानकारी दिए ।
    सोही क्रममा मन्त्री लेखीले मधेसमा डिजेमाथि प्रतिबन्ध लगाउनुपर्ने जरुरी भइसकेको बताउँदै मधेसमा डिजे एउटा समस्याको रूपमा संस्थागत भइरहेको बताए । उनका अनुसार यो समस्याप्रति मधेसका सबै स्थानीय तहहरुले सक्रिय भई प्रतिबन्ध गराउनेतर्फ लाग्नु पर्ने सुझाव समेत दिए 
    मधेस प्रदेश सरकारको गृह, संचार तथा कानून मन्त्रालयले चालू आर्थिक वर्ष २०८१÷८२ को स्वीकृत वार्षिक बजेट अन्तर्गत ५० लाख रुपैयाँको बजेटबाट उक्त भवन बन्न लागेको तालिम केन्द्र शिक्षालयका एसएसपी नेत्रबहादुर कार्कीले बताए ।
    शिलान्यास कार्यक्रममा सप्तरीको सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादव,सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडा, कञ्चनरुप नगरपालिकाका उपमेयर मुना कुमारी पोखरेल, वडा २ का अध्यक्ष मेहेन्दी हुसेन, वडा १२ का अध्यक्ष देवी बहादुर खत्री, सप्तकोशी नगरपालिका वडा २ का वडाअध्यक्ष जाहिर हुसेन लगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा बढ्दो आत्महत्याका घटना,  कतै विष सेवन त कतै झुण्डिएर आत्महत्या
सप्तरीमा बढ्दो आत्महत्याका घटना,  कतै विष सेवन त कतै झुण्डिएर आत्महत्या
जसपाका नेता, कार्यकर्ता जनमतमा प्रवेश
जसपाका नेता, कार्यकर्ता जनमतमा प्रवेश
मधेस प्रदेशबाट ढुङ्गाना र चौधरी निर्वाचित  
मधेस प्रदेशबाट ढुङ्गाना र चौधरी निर्वाचित  
राजविराजबाट रात्रिकालिन उडान अन्यौलमा 
राजविराजबाट रात्रिकालिन उडान अन्यौलमा 
न्यायिक समितिमा डाक्नेश्वरीका नगर  प्रमुखसहित २४ जना विरुद्ध उजुरी
न्यायिक समितिमा डाक्नेश्वरीका नगर  प्रमुखसहित २४ जना विरुद्ध उजुरी
बिकास र सम्बृद्धिका लागि दलहरु एकजुट हुनु आबश्यक ः अध्यक्ष यादव
बिकास र सम्बृद्धिका लागि दलहरु एकजुट हुनु आबश्यक ः अध्यक्ष यादव
जनस्वास्थ्यमा असर पर्ने गरि कार्बनको प्रयोग गरेका इट्टा उद्योग कारवाहीमा
जनस्वास्थ्यमा असर पर्ने गरि कार्बनको प्रयोग गरेका इट्टा उद्योग कारवाहीमा
प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा  छनौट समितिसँग लिखित जानकारी लिने 
प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा  छनौट समितिसँग लिखित जानकारी लिने 
मादक पदार्थ सेवन गरि छोराद्वारा बुबाको हत्या
सात उम्मेदवार मध्ये एकको आज भाग्य फैसला हुदै
सात उम्मेदवार मध्ये एकको आज भाग्य फैसला हुदै