राजनैतिक व्यक्तिका कारण खेलाडीहरु पलायन  हुने अवस्था आएको हो ः मन्त्रि यादव

राजविराज राजविराज
|
मंगलबार, मंसिर ५, २०८०
|
|
१४६ पटक हेरिएको
Shares
राजनैतिक व्यक्तिका कारण खेलाडीहरु पलायन  हुने अवस्था आएको हो ः मन्त्रि यादव

सारांश

  •     आयोजित सम्मान कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रि महेश प्रसाद यादवले क्रिकेटका राष्ट्रिय खेलाडी विवेक यादव र भारोत्तोलनका राष्ट्रिय खेलाडी संजय यादवलाई कदरपत्र र नगदसहित सम्मान गरे ।
  •       विवेकले टि–ट्वान्टी विश्व कप क्रिकेट छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन तथा संजय यादवले एशियन खेलकुदमा चौथो स्थान प्राप्त गरि सप्तरीको नाम उच्च गरेको भन्दै उक्त सम्मान गरिएको हो ।
  •       सोही कार्यक्रममा मन्त्रि यादवले राजनैतिक व्यक्तिहरुका कारण जिल्लाका खेलाडीहरु पलायन हुने अवस्था आएको आरोप लगाए ।

दैनिक समाचारदाता
राजविराज, ५ मंसिर । 

    जिल्ला खेलकुद विकास समिति सप्तरीले दुई जना राष्ट्रिय खेलाडीलाई मंगलबार सम्मान गरेको छ । 
    आयोजित सम्मान कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रि महेश प्रसाद यादवले क्रिकेटका राष्ट्रिय खेलाडी विवेक यादव र भारोत्तोलनका राष्ट्रिय खेलाडी संजय यादवलाई कदरपत्र र नगदसहित सम्मान गरे । 
    विवेकले टि–ट्वान्टी विश्व कप क्रिकेट छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन तथा संजय यादवले एशियन खेलकुदमा चौथो स्थान प्राप्त गरि सप्तरीको नाम उच्च गरेको भन्दै उक्त सम्मान गरिएको हो । 
    सोही कार्यक्रममा मन्त्रि यादवले राजनैतिक व्यक्तिहरुका कारण जिल्लाका खेलाडीहरु पलायन हुने अवस्था आएको आरोप लगाए । भारोत्तोलनका सप्तरी जिल्ला अध्यक्ष समेत रहेका मन्त्रि यादवले जुनसुकै खेलका दक्ष खेलाडीलाई जिल्लाले सम्मान गर्नुपर्छ, उनले भने, “आर्थिक अभावका कारण अहिले दक्ष खेलाडीहरु जिल्लाबाट पलायन हुने क्रम जारि रहेकोले यसलाई रोक्न सरोकारवाला निकायको ध्यान पुग्नु जरुरी छ ।”
    जिल्लाबाट विगतमा निकै दक्ष खेलाडीहरु उत्पादन भए तर, अधिकांश खेलाडीहरु आफ्नो जिल्ला प्रदेशबाट प्रतिनिधित्व नगरि अन्य टिमबाट खेलिरहेको भन्दै मन्त्रि यादवले यस्तो अवस्था आउनुमा राजनीति गरिरहेका व्यक्तिहरुकै दोष रहेको बताए । उनले भने, “राजनीति गरेर मात्र हुँदैन् जिल्ला खेलकुद क्षेत्रलाई समेत बलियो बनाउनु पर्नेमा ध्यान दिन सकेको भए आज ती दक्ष खेलाडीहरु आफ्नै प्रदेशबाट प्रतिनिधित्व गर्ने थिए ।”
    जिल्लाका दक्ष खेलाडीहरुको व्यवस्थापन तथा संरक्षणका लागि मन्त्री यादवले सोही कार्यक्रममा रु एकलाख दिने प्रतिवद्धता जनाए । जिल्लाको खेलाडीहरुलाई संरक्षण तथा व्यवस्थापनका लागि सरोकारबाला निकायहरु संग समन्वयकारी भूमिका निर्वाह गर्न उनले निर्देशन दिए । 
    मन्त्रि यादवले खेलकुद विकासका लागि राजविराजस्थित राज रंगशालाको पुननिर्माणमा प्रदेश सरकारबाट १ करोड तथा राष्ट्रिय योजना आयोगबाट १ करोड ५० लाख रकम चालु आ.ब.मा बिनियोजन भएको जानकारी दिए । यस्तै खेलकुद विकास समितिको कार्यालय स्तरोन्नतीका लागि प्रदेश सरकारबाट रकम बिनियोजित गरिएको समेत बताए । 
    अहिले युवाहरु लागु पदार्थ दुव्र्यसनीमा लागेकोमा भन्दै मन्त्री यादवले यस्ता कुलतबाट हटाउन खेलकुद गतिविधी नै उत्तम भएकाले यसप्रति सबै गम्भिर हुनु पर्नेमा जोड दिए । उनले प्रदेश सरकार प्रदेशको ८ वटै जिल्लामा खेलकुद गतिविधीमा तिब्रता ल्याउन अग्रसर भएको जानकारी पनि दिए । प्रदेश सरकारले ८ वटै जिल्लामा प्रदेश स्तरिय एकेडेमी निर्माण गर्नका लागि योजना बनाएको बताए । 
    यस्तै जिल्ला खेलकुद विकास समितिको मातहतमा रहेको राज रंगशालामा हालै सम्पन्न सप्तरी महोत्सवको क्रममा भएको क्षतिको जिम्मेवारी सम्बन्धित पक्षले लिनु पर्ने र खेलकुद विकास समितिले क्षतिपूर्तीका लागि आवश्यक प्रक्रिया अगाडी बढाउन उनले निर्देशन दिए । 
    कार्यक्रममा क्रिकेट संघ नेपालका केन्द्रिय सदस्य, सप्तरी अध्यक्ष एवं मधेश प्रदेश सचिव आयुष श्रेष्ठले वर्तमान अवस्थामा क्रिकेटका उदयमान खेलाडी विवेक यादव पनि विभागिय टोली नेपाल आर्मीमा अनुबन्धित भएको खुलासा गरेका छन् । उनले भने, “विवेकलाई प्रदेशबाट रिलिज ग¥यो, उनी पोखरामा हुने केपी ओली कपमा मधेश प्रदेशबाट नभई विभागिय टोली नेपाल आर्मीबाट खेल्नेछन् ।” 
    आर्थिक कारणले खेलाडीलाई रिलिज गर्नु परेको उल्लेख गर्दै श्रेष्ठले प्रदेशबाट खेल्दा रकम नआउने तर विभागिय टोलीबाट खेल्दा केही आय आर्जन हुने भएकोले विवेकलाई रिलिज गर्न पुगेको बताए । 
    यस्तै जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेलले खेलकुद गतिविधि न्युन हुनुमा प्रदेश सरकार समेत दोषि रहेको भन्दै यसका लागि मन्त्रि यादवलाई पहल गर्न आग्रह गरे । उनले खेलकुद विकास समिति मात्र यसको दोषि नभएर सबै दोषि भएको दाबी गरे । सप्तरी महोत्सवका लागि चौतर्फि दबाब आएपछि रंगशालामा महोत्सव गर्न स्वीकृती दिएको पनि दाबी गरे । 
    सो अवसरमा खेलकुद विकास समितिका कर्मचारी, प्रशिक्षक, खेलाडी लगायत अन्य खेलप्रेमीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुसी पुर्णिमाको अवसरमा सप्तकोशीमा घुँइचो
पुसी पुर्णिमाको अवसरमा सप्तकोशीमा घुँइचो
राजपा र फोरमले एक अर्कोलाई चिठी पठाएर  एकीकरण वार्ता प्रक्रिया अघि बढाए 
शम्भुनाथको बजेट ७० करोड भन्दा बढी,  आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न विशेष  प्रकारको शम्भुनाथ मेला महोत्सवको आयोजना गरिने 
शम्भुनाथको बजेट ७० करोड भन्दा बढी,  आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न विशेष  प्रकारको शम्भुनाथ मेला महोत्सवको आयोजना गरिने 
२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
कांग्रेस सप्तरीमा २१ हजारभन्दा बढी सक्रिय सदस्य
कांग्रेस सप्तरीमा २१ हजारभन्दा बढी सक्रिय सदस्य
मतगणनामा बसेका प्रतिनिधिको  फाइल झिकाउने अदालतको आदेश
मतगणनामा बसेका प्रतिनिधिको  फाइल झिकाउने अदालतको आदेश
स्ववियु निर्वाचनका लागि ४० जनाद्वारा मनोनयन दर्ता
स्ववियु निर्वाचनका लागि ४० जनाद्वारा मनोनयन दर्ता
सहुलित दरमा ऋण उपलब्ध गराउन आग्रह 
सहुलित दरमा ऋण उपलब्ध गराउन आग्रह 
वैदेशिक रोजगार पीडितका लागि आकस्मिक कोष स्थापना गर्ने निर्णय 
वैदेशिक रोजगार पीडितका लागि आकस्मिक कोष स्थापना गर्ने निर्णय 
आयुषको नेतृत्वमा १५ सदस्यीय सप्तरी क्रिकेट संघ चयन 
आयुषको नेतृत्वमा १५ सदस्यीय सप्तरी क्रिकेट संघ चयन