यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन,  कर्मचारीहरुको आन्दोलन स्थगित 

राजविराज राजविराज
|
शुक्रबार, जेठ ८, २०८३
|
|
५८ पटक हेरिएको
Shares
यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन,  कर्मचारीहरुको आन्दोलन स्थगित 

सारांश

  •     नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सदस्य धिरेन्द्र बर्मा धिरुको अगुवाईमा शुक्रबार जिल्ला प्रशसन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।
  •       नगरपालिकाका सवइन्जिनियर यादवले पुरानो रिसिइवी साध्न गुलाबमाथी कुटपिटको झुठो आरोप लगाएको ज्ञापन पत्रमार्फत दाबी गरिएको छ ।
  •       ज्ञापन पत्रमा घटना बारे प्रत्यक्षदर्शी, स्थानीयवासी तथा वडाअध्यक्ष जयनारायण मण्डलसँग सत्यतथ्य बुझ्न आग्रहसहित निर्दोषलाई फसाउने प्रयास बिरुद्ध मजदुरहरु संगठित रुपमा आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ ।

दैनिक समाचारदाता
राजविराज, ८ जेठ । 

    राजविराज नगरपालिकाका सवइन्जिनियर मनोज कुमार यादवलाई कुटपिट गरेको आरोप लागेका गुलाब यादवको बचाउ गर्दै यातायात मजदुरका अगुवाहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । 
    नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सदस्य धिरेन्द्र बर्मा धिरुको अगुवाईमा शुक्रबार जिल्ला प्रशसन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । 
    नगरपालिकाका सवइन्जिनियर यादवले पुरानो रिसिइवी साध्न गुलाबमाथी कुटपिटको झुठो आरोप लगाएको ज्ञापन पत्रमार्फत दाबी गरिएको छ । 
    ज्ञापन पत्रमा घटना बारे प्रत्यक्षदर्शी, स्थानीयवासी तथा वडाअध्यक्ष जयनारायण मण्डलसँग सत्यतथ्य बुझ्न आग्रहसहित निर्दोषलाई फसाउने प्रयास बिरुद्ध मजदुरहरु संगठित रुपमा आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ । 
    यसैबीच तीन दिनदेखी धर्नामा बसेका नगरपालिकाका कर्मचारीहरुले शुक्रबार दिउँसोदेखी धर्ना कार्यक्रम स्थगित गरेका छन् । 
    प्रहरी प्रशासनले कुटपिट गर्ने गुलाबबिरुद्ध मुद्दा दर्ता भई पक्राउ पूर्जी समेत जारि भइसकेकाले आन्दोलनका कार्यक्रमहरु रोक्न आग्रह गरेपछी तत्कालका लागि धर्ना कार्यक्रम स्थगित गरेको राजविराज नगरपालिका कर्मचारी संघर्ष समितिले जनाएको छ । 
    राजविराज ८ निवासी गुलाव यादवले सवइन्जिनियर यादवलाई कुटपिट गरेको भन्दै विगत तीन दिनदेखी कारवाहीको माग गर्दै कार्यालयको कामकाज ठप्प पार्दै नगरपालिकाका कर्मचारीहरु धर्ना बसेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
सप्तरीमा ९ हजार ३१ विद्यार्थी एसइईमा सहभागि  
सप्तरीमा ९ हजार ३१ विद्यार्थी एसइईमा सहभागि  
मैथिली विकिमिडियन्सद्वारा एडभान्स विकिपिडिया कार्यशाला सम्पन्न
मैथिली विकिमिडियन्सद्वारा एडभान्स विकिपिडिया कार्यशाला सम्पन्न
पुस्तक बिक्रिमा लगाइएको सिन्डीकेट  बिरुद्धमा प्रशासनले चाल्यो कदम, प्रशासनको टोलीले पुस्तक पसलको ग¥यो निरिक्षण
पुस्तक बिक्रिमा लगाइएको सिन्डीकेट  बिरुद्धमा प्रशासनले चाल्यो कदम, प्रशासनको टोलीले पुस्तक पसलको ग¥यो निरिक्षण
सहिद राममनोहरको सम्झनामा रक्तदान   
सहिद राममनोहरको सम्झनामा रक्तदान   
पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी
कृष्णाष्टमीमा भक्तजनको चहलपहल
कृष्णाष्टमीमा भक्तजनको चहलपहल
टिभिएसको ‘अनस्टपेवल फ्रिडम’ अभियान घोषणा
टिभिएसको ‘अनस्टपेवल फ्रिडम’ अभियान घोषणा
दुई सय ४० ग्राम ब्राउन सुगरसहित १ सय ४१ जना लागुऔषध कारोवारी तथा सेवनकर्ता पक्राउ
दुई सय ४० ग्राम ब्राउन सुगरसहित १ सय ४१ जना लागुऔषध कारोवारी तथा सेवनकर्ता पक्राउ
अदालत र कर कार्यालयमा प्याडलसहितको हातधुने स्टेशन जडान
अदालत र कर कार्यालयमा प्याडलसहितको हातधुने स्टेशन जडान

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?