किसानलाई उत्पादनमूखी अनुदान  दिने प्रक्रिया सुरु : कृषि मन्त्री साह

राजविराज राजविराज
|
सोमबार, चैत्र ३०, २०७७
|
|
४२ पटक हेरिएको
Shares
किसानलाई उत्पादनमूखी अनुदान  दिने प्रक्रिया सुरु : कृषि मन्त्री साह

सारांश

  •     नेपाल पाराभेटेरिनरी एण्ड लाईभस्टक एशोसिएशन जिल्ला कार्य समितिको १० औ जिल्ला अधिवेशनको सोमबार राजविराजमा उद्घाटन गर्दै मन्त्री साहले सो कुरा बताएका हुन् ।
  •     प्रत्येक जिल्लाबाट किसानहरूको सुचिकृत गरी परिचयपत्र बितरणपछि बर्गिकरण अनुसार अनुदान दिने योजना रहेको उल्लेख गर्दै प्रदेश २ का जनता ८० प्रतिशत कृषिमा अत्मनिर्भर रहेकोले कृषिमा लगानी सँगै किसानको ब्यवसायलाई सुरक्षित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।
  •     मंन्त्री साहले प्रदेश २ का ८ वटै जिल्लामा किसानलाई सहुलितका लागि पशुजनलाई सुरक्षित राख्न पशु एम्बुलेन्स उपलब्ध गराउने समेत बताए ।

दैनिक समाचारदाता
राजविराज, ३० चैत । 
    प्रदेश २ का भुमि ब्यबस्था कृषि तथा सहकारी मंन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश सरकारले किसानलाई उत्पादनमूखी अनुदान दिने प्रक्रिया सुरू भईसकेको बताएका छन ।
    नेपाल पाराभेटेरिनरी एण्ड लाईभस्टक एशोसिएशन जिल्ला कार्य समितिको १० औ जिल्ला अधिवेशनको सोमबार राजविराजमा उद्घाटन गर्दै मन्त्री साहले सो कुरा बताएका हुन् ।
    प्रत्येक जिल्लाबाट किसानहरूको सुचिकृत गरी परिचयपत्र बितरणपछि बर्गिकरण अनुसार अनुदान दिने योजना रहेको उल्लेख गर्दै प्रदेश २ का जनता ८० प्रतिशत कृषिमा अत्मनिर्भर रहेकोले कृषिमा लगानी सँगै किसानको ब्यवसायलाई सुरक्षित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।
    मंन्त्री साहले प्रदेश २ का ८ वटै जिल्लामा किसानलाई सहुलितका लागि पशुजनलाई सुरक्षित राख्न पशु एम्बुलेन्स उपलब्ध गराउने समेत बताए । एक वडा एक प्राबिधिक राख्ने योजना रहेकोले पशुजनको सुरक्षा र किसानको समस्यालाई समाधान गर्न किसानको लगानीको ग्यारेन्टी गर्ने जिम्मा राज्यको रहेको उनको भनाई छ । 
    यस पटकको बजेटमा कृषिमा सबै भन्दा बढी बजेट छुट्याउने योजना रहेकोले किसानको समृद्वि बिना प्रदेशको समृद्वि हुन नसक्ने भन्दै मन्त्री साहले प्रदेश २ को समृद्वि बिना मुलुकको समृद्वि हुन नसक्ने जिकिर समेत गरे । 
    सो अवसरमा नेभ्लाका केन्द्रीय अध्यक्ष रामप्रसाद मेहताले किसान सुरक्षित भए कृषि पेशा सुरक्षित हुने भएकाले किसानको समस्यालाई पहिलो प्राथमिकतामा राखेर पशुधन सुरक्षित गर्नुपर्नेमा जोड दिए ।
    किसानलाई सहुलियत दरमा ऋण उपलब्ध, कृषि, पशुको बिमा, एक गाउँ एक प्राबिधिक, सरकारी अनुदान तथा सरकारी संयन्त्रण किसानको पहुँच बढाई किसानको पेशालाई सुरक्षित बनाउनु अति आबश्यक रहेको उनको भनाई छ । 
    किसानको सेवा, पशु धनको सुरक्षितको लागि दरबन्दी कायम गर्नुको साथै निजि क्षेत्रका लागी प्रयोगशाला, पशु बिमा अभिकर्ताको तालिमका कार्यक्रमहरू ल्याउनु पर्नेमा जोड समेत दिए ।
    यसैगरी नेपाल पाराभेटेरिनरी एण्ड लाईफस्टक एशोसिएशन प्रदेश २ का संयोजक प्रमेश्वर यादबले पशुजन उत्पादन, पशुको बिकास र पशुको स्वास्थमा पहँुच बढाउनु पर्नेमा जोड दिए । उनले कृषकलाई सेवा पुर्‍याउने लक्ष्य लिएको नेभ्ला संस्थाले पशुपालन, कृषकलाई राज्यबाट सुविधा, बृद्वि बिकासका लागि एक गाउँ एक प्राबिधिक राख्न महत्वपुर्ण कार्य गर्दै आएको बताए ।
    बद्री नारायण मण्डलको अध्यक्षतमा आयोजित कार्यक्रममा केन्द्रीय अध्यक्ष रामप्रसाद मेहता, प्रदेश १ नेभ्लाका संयोजक योगेन्द्र यादब, निजामति कर्मचारी संघ जिल्ला अध्यक्ष रामनारायण महतो, राजबिराज भेटेरिनरी बिज्ञ केन्द्रका डा. प्रभाष झा, निजामति अधिकारिक ट्रेड युनियन जिल्ला अध्यक्ष अजय झा, नेभ्लाका केन्द्रिय सदस्य सत्य नारायण चौधरी लगायतले पशुजन उत्पादन बढाउनका लागि किसानलाई अनुदान नभई जिरो प्रतिशत ब्याजमा ऋण उपलब्ध गराई पशुजन उत्पादन र बिकास गर्नुपर्नेमा जोड दिए ।
    नेपाल पाराभेटेरिनरी एण्ड लाईभस्टक एशोसिएशन जिल्ला कार्य समिति १० औ जिल्ला अधिवेशनबाट सोमबारै नयाँ कार्यसमिति चयन गरिने प्रदेश २ का संयोजक प्रमेश्वर यादबले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री यादवलाई बर्खास्त गरि गिरफ्तार  गर्न भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
मन्त्री यादवलाई बर्खास्त गरि गिरफ्तार  गर्न भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
आन्दोलनहरुले ल्याएको उपलब्धी  संस्थागतका लागि अझैं संघर्ष  आवश्यक रहेको उपेन्द्र यादवको भनाई
आन्दोलनहरुले ल्याएको उपलब्धी  संस्थागतका लागि अझैं संघर्ष  आवश्यक रहेको उपेन्द्र यादवको भनाई
पुस्तौदेखी गृहत खट्दा समेत ऋण नसकिएको भन्दै सरोकारवालालाई ध्यानाकर्षण
पुस्तौदेखी गृहत खट्दा समेत ऋण नसकिएको भन्दै सरोकारवालालाई ध्यानाकर्षण
श्रोत नखुलेको तीन लाख शरीरमा लुकाएको अवस्थामा महिला पक्राउ
श्रोत नखुलेको तीन लाख शरीरमा लुकाएको अवस्थामा महिला पक्राउ
बच्चाको विषयमा झगडा, कुटपिट हुँदा  दुई जना घाइते, ट्याक्टर चालक कुटिए 
बच्चाको विषयमा झगडा, कुटपिट हुँदा  दुई जना घाइते, ट्याक्टर चालक कुटिए 
कोरोना संक्रमितको एम्बुलेन्समा राख्दा राख्दै मृत्यु 
कोरोना संक्रमितको एम्बुलेन्समा राख्दा राख्दै मृत्यु 
बोदेबर्साईनका प्रमुख सिंहको बिरुद्धमा आन्दोलनको घोषणा
बोदेबर्साईनका प्रमुख सिंहको बिरुद्धमा आन्दोलनको घोषणा
सात हजार ४ सय ६९ गाँजाको  बोट फडानी गरि नष्ट
सात हजार ४ सय ६९ गाँजाको  बोट फडानी गरि नष्ट
विद्यार्थीको प्रदर्शन जारि
विद्यार्थीको प्रदर्शन जारि
सनराइज बैंक अब सप्तरीको कल्याणपुरमा

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?