पुस्तौदेखी गृहत खट्दा समेत ऋण नसकिएको भन्दै सरोकारवालालाई ध्यानाकर्षण

राजविराज राजविराज
|
आइतबार, पौष ४, २०७८
|
|
७३ पटक हेरिएको
Shares
पुस्तौदेखी गृहत खट्दा समेत ऋण नसकिएको भन्दै सरोकारवालालाई ध्यानाकर्षण

सारांश

  •     हरवाचरवा अधिकार मञ्चका राष्ट्रिय महासचिव नागेन्द्र सदाले भूमिहीन भएका कारण जग्गाधनीको घरमा हरवाचरवा बसेकाहरु उल्टै ऋणमा डुबेको बताए ।
  • उनले त्यसलाई भुक्तान गर्ने क्रममा अर्को पुस्ताले पनि हरवाचरवाकै काममा खट्नु परिरहेको दुखेसो सुनाए ।
  •     सोही कार्यक्रममा श्रीपूर्राज समुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरीले हरवाचरवाका बालबालिालाई निशुल्क गुणस्तरिय शिक्षाको व्यवस्था र परिवारजनलाई रोजगारी उपलब्ध गराउनु पर्ने माग गरे ।

दैनिक समाचारदाता
राजविराज, ४ पुस । 
    हरवाचरवा अधिकार मञ्च सप्तरीले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा हरवारचवाहरुले पुस्तौदेखी गृहत खट्दा पनि ऋण नसकिएको भन्दै यसका लागि पहल गरिदिन सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् । 
    हरवाचरवा अधिकार मञ्चका राष्ट्रिय महासचिव नागेन्द्र सदाले भूमिहीन भएका कारण जग्गाधनीको घरमा हरवाचरवा बसेकाहरु उल्टै ऋणमा डुबेको बताए । उनले त्यसलाई भुक्तान गर्ने क्रममा अर्को पुस्ताले पनि हरवाचरवाकै काममा खट्नु परिरहेको दुखेसो सुनाए ।
    सोही कार्यक्रममा श्रीपूर्राज समुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरीले हरवाचरवाका बालबालिालाई निशुल्क गुणस्तरिय शिक्षाको व्यवस्था र परिवारजनलाई रोजगारी उपलब्ध गराउनु पर्ने माग गरे । 
    हरवाचरवा अधिकार मञ्च सप्तरीको आयोजना तथा द फ्रिडम फण्ड, दलित चेतना संगम र श्रीपूरार्ज सामुदायिक विकास केन्द्रको सहयोगमा आयोजित कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साह, कानुन व्यवसायी शेखर खंग, काँग्रेसकी सरवेश्वरी झा, जसपा शम्भु यादव, लोसपाका महिनारायण यादव, नेकपा एमालेका अखिलेश झा, गैससकी रिया सन्चेती, श्यामकान्त चौधरी, भूमिअधिकार मञ्चका सुरैत सदा, दलित चेतना संगमका कार्यकारी निर्देशक गणेश राम लगायतले हरवाचरवाको समस्यालाई गम्भिरताका साथ लिदै यसका समाधानका लागि आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?