कलवार जातिका वरिष्ठ दानबिर भगतसहित नवनिर्वाचित प्रमुख गुप्ता र अध्यक्ष चौधरी सम्मानित

राजविराज राजविराज
|
शनिबार, भाद्र १८, २०७९
|
|
२६ पटक हेरिएको
Shares
कलवार जातिका वरिष्ठ दानबिर भगतसहित नवनिर्वाचित प्रमुख गुप्ता र अध्यक्ष चौधरी सम्मानित

सारांश

  • त्यस्तै सम्मानित हुनेहरुमा शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्र प्रसाद गुप्ता, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, जिल्ला समन्वय समिति सप्तरीका सदस्य बहुरी भगत, शम्भुनाथ नगरपालिका वडा नं.
  • २ का अध्यक्ष दुर्गानन्द भगत तथा रुपनी गाउँपालिका वडा नं १ की महिला सदस्य बबिता कुमारी भगत रहेका छन् ।
  • समितिका महासचिव अनलले नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मानपत्र तथा दोसल्ला ओढाई सम्मान गरे ।

राजविराज÷बलराम सेवा समिति केन्द्रिय कार्यालय राजविराजले हालै सम्पन्न स्थानिय तह निर्वाचनमा निर्वाचित प्रतिनिधि तथा वरिष्ठ समाजसेवी जोगेन्द्र भगतलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । 
समितिद्वारा शुक्रबार राजविराजमा आयोजित कलवार जातिको कुल देवताको रुपमा रहेका बलराम भगवानको पुजाको अवसरमा सो सम्मान गरिएको हो । यो पूजा प्रत्येक वर्षको भदौ शुक्ल षष्ठीको दिन मनाइने गरिन्छ । 
आयोजित सम्मान कार्यक्रममा समितिका महासचिव अनिलकुमार अनलले विगत लामो समयदेखी जिल्लामा समाजसेवामार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन सफल वरिष्ठ समाजसेवी एवं दानबिर तथा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष जोगेन्द्र भगतलाई सम्मानपत्र तथा दोसल्ला ओढाई सम्मान गरे । 


त्यस्तै सम्मानित हुनेहरुमा शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्र प्रसाद गुप्ता, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, जिल्ला समन्वय समिति सप्तरीका सदस्य बहुरी भगत, शम्भुनाथ नगरपालिका वडा नं. २ का अध्यक्ष दुर्गानन्द भगत तथा रुपनी गाउँपालिका वडा नं १ की महिला सदस्य बबिता कुमारी भगत रहेका छन् । समितिका महासचिव अनलले नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मानपत्र तथा दोसल्ला ओढाई सम्मान गरे । 


कार्यक्रमका वरिष्ठ दानबिर जोगेन्द्र भगतले जिल्लामा पहिलो पटक दुई स्थानिय पालिकामा कलवार जातिका अध्यक्ष र प्रमुख, एक जिसस सदस्य, एक वडाअध्यक्ष र एक जना महिला वडा सदस्यमा निर्वाचित भएकोमा आफूहरु गौरान्वित भएको बताए । 


कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ दानविर भगतले आफूले स्वजातीयबाट पाएको सम्मानको कदर गर्दै आगामी दिनहरुमा आफ्ना स्वजातीयका लागि सहयोग गर्ने वचन दिए । उनले स्वजातियको नाममा सदरमुकाम राजविराजमा कुलदेवता बलरामको मन्दिर तथा धर्मशालाका लागि जग्गादान दिने प्रतिबद्धता समेत जनाए । उनले भने, “मैले जिल्लाको रुपनीमा प्रहरी अस्पताल, शम्भुनाथमा सशस्त्र प्रहरीलाई विद्यालयका लागि जग्गा तथा विभिन्न कार्यका लागि प्रत्यक्ष अप्रत्यक्षमा सहयोग गरेको छु, तर, अब आफ्ना स्वजाती बन्धुका लागि केही गर्ने समय आएकोले जग्गा दान दिने मनसायमा पुगेको छु ।” 


यस्तै शम्भुनाथ नगरपालिकाका नवनिर्वाचित प्रमुख जितेन्द्र प्रसाद गुप्ताले स्वाजातियबाट सम्मानित हुन पाएकोमा अत्यन्त हर्षित भएको बताउँदै वर्षको एक पटक पुजाको नाममा भएपनि  स्वजातिहरुसँग भेटघाट हुँदा आफूले गौरान्वित महसुस गरेको बताए । उनले स्वजातिका लागि हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नगरको मात्र नभएर सम्पूर्ण जिल्लाका स्वजातिलाई एक ढिक्का गर्न समितिलाई सुझाव समेत दिए । 


 सो कार्यक्रममा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले स्वजातिको कार्यक्रममा आफू पहिलो पटक सहभागि हुन पाएकोमा खुशी व्यक्त गर्दै स्वाजातिको सहयोगका निम्ति आफ्नो सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले यस्ता कार्यक्रमको आयोजनाले स्वजातिहरुसँग भेट गर्ने अवसरका पाउनुका साथै सम्बन्ध बिस्तार समेत हुने जिकिर गरे । 


सोही कार्यक्रममा समितिमा लामो समयदेखी सक्रिय रुपमा आवद्ध भई सहयोग प्रदान गर्दै आएका समितिका महासचिव अनिल कुमार अनल, कोषाध्यक्ष भोलाप्रसाद भगत, शुशिल गुप्ता, शंकर भगत, लालबाबु भगत, गजेन्द्र भगतलाई पुजा समितिका संयोजक संजय भगतले दोसल्ला ओढाई सम्मान गरे भने महासचिव अनलले संयोजक भगतलाई समेत दोसल्ला आढाएर सम्मान गरेका थिए । 


कार्यक्रममा राजविराज नगरपालिका, छिन्नमस्ता गाउँपालिका, रुपनी गाउँपालिकाका सयौं स्वजातिको सहभागिता रहेको थियो । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलेठ घटनाका शहीदको सम्झनामा सार्वजनिक विदा
मलेठ घटनाका शहीदको सम्झनामा सार्वजनिक विदा
कोरोना भाइरसको त्रासबाट उत्पन्न भइरहेको विकृती
कोरोना भाइरसको त्रासबाट उत्पन्न भइरहेको विकृती
कोशी प्रदेश नामाकरण  अस्वीकार ः उपेन्द्र यादव
कोशी प्रदेश नामाकरण  अस्वीकार ः उपेन्द्र यादव
सहकारीमा राजनीति बन्द गरौं ः प्रदेशसभा सदस्य यादव
सहकारीमा राजनीति बन्द गरौं ः प्रदेशसभा सदस्य यादव
पुराना नेता तथा समाजसेवी  अमृतलाल रहेनन्
पुराना नेता तथा समाजसेवी  अमृतलाल रहेनन्
लोसपाद्वारा किसानका समस्या समाधान गर्न माग 
लोसपाद्वारा किसानका समस्या समाधान गर्न माग 
राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल गठन 
राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल गठन 
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
दोश्रो मेयर कप सप्तरी प्रिमियर लिग सुरु, उद्घाटन खेलमा गत वर्षको बिजेता खड्क बोदेबर्साइन थन्डर्सद्वारा पराजित
तीन वडामा महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सञ्चालन गरिने 
तीन वडामा महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सञ्चालन गरिने