विद्यालय संचालन सम्बन्धी हालसम्म कुनै  निर्णय भएको छैन् : नगरप्रमुख यादव

राजविराज राजविराज
|
मंगलबार, भाद्र १५, २०७८
|
|
५० पटक हेरिएको
Shares
विद्यालय संचालन सम्बन्धी हालसम्म कुनै  निर्णय भएको छैन् : नगरप्रमुख यादव

सारांश

  •     नीजि विद्यालयहरुको छाता संगठन प्याब्सन, नेशनल प्याब्सन र नेपाल प्याब्सन सप्तरीले आइतबार संयुक्त विज्ञप्ति जारि गर्दै कोभिड १९ को संक्रमण दर प्रदेश २ मा ५ प्रतिशत भन्दा कम तथा सप्तरीमा लगभग शुन्य प्रतिशतमा रहेको दाबी गर्दै बुधबारदेखी विद्यालय संचालन गर्ने निर्णय गरेको छ ।
  •     यता राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले विद्यालय संचालन सम्बन्धी हालसम्म कुनै निर्णय नभएको भन्दै मौखिक रुपमा कक्षा ८, ९ र १० सम्म संचालन गर्न भनिएको जानकारी दिएका छन् ।
  • कार्यव्यस्ताका कारण सबै पालिकाका प्रमुखहरुको बैठक बस्न नसकेकोले चाडैं नै विद्यालय संचालन सम्बन्धी निर्णय लिने उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, १५ भदौं । 
    सप्तरीका नीजि विद्यालयहरुको छाता संगठनहरुले आजदेखी विद्यालयहरु खोल्ने गरेको निर्णयप्रति स्थानिय पालिकाले हालसम्म स्वीकृती दिएको छैन् । 
    नीजि विद्यालयहरुको छाता संगठन प्याब्सन, नेशनल प्याब्सन र नेपाल प्याब्सन सप्तरीले आइतबार संयुक्त विज्ञप्ति जारि गर्दै कोभिड १९ को संक्रमण दर प्रदेश २ मा ५ प्रतिशत भन्दा कम तथा सप्तरीमा लगभग शुन्य प्रतिशतमा रहेको दाबी गर्दै बुधबारदेखी विद्यालय संचालन गर्ने निर्णय गरेको छ ।
    यता राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले विद्यालय संचालन सम्बन्धी हालसम्म कुनै निर्णय नभएको भन्दै मौखिक रुपमा कक्षा ८, ९ र १० सम्म संचालन गर्न भनिएको जानकारी दिएका छन् । कार्यव्यस्ताका कारण सबै पालिकाका प्रमुखहरुको बैठक बस्न नसकेकोले चाडैं नै विद्यालय संचालन सम्बन्धी निर्णय लिने उनको भनाई छ । 
    यसैबीच सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जिल्लामा कोभिड १९ को जोखिम कायमै रहेकोले तत्कालै विद्यालय खोल्ने अवस्था नरहेको जानकारी दिएका छन् । 
    प्रजिअ आचार्यले आउँदो दिनमा कोभिडको जोखिम अझ बढ्न सक्ने भन्दै जिल्ला संकट व्यवस्थापन समितिले निर्णय गर्दै सम्पूर्ण स्थानिय तहलाई विद्यालय नखोल्न आग्रह गर्दै पत्राचार समेत गरेको बताए ।   
    उनले स्थानिय सरकार ऐन अन्तरगत विद्यालय संचालन गर्ने निर्णय स्थानिय तहलाई रहेको जानकारी समेत दिए । 
    यसअघि नै जिल्लाको सुरुङ्गा नगरपालिकाका सबै नीजिक विद्यालयहरु गत साउन १५ गतेदेखी नै संचालनमा आइसकेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झुण्डिएको अवस्थामा किशोरी फेला
झुण्डिएको अवस्थामा किशोरी फेला
‘खटर स्मृति पत्रकारिता पुरस्कार’ घोषणा
‘खटर स्मृति पत्रकारिता पुरस्कार’ घोषणा
दलित तथा अल्पसंख्यक विपन्न वर्गको उत्थान तथा रोजगारीको ग्यारेन्टी माग गर्दै प्रदर्शन
दलित तथा अल्पसंख्यक विपन्न वर्गको उत्थान तथा रोजगारीको ग्यारेन्टी माग गर्दै प्रदर्शन
करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर महिलाको मृत्यु
स्थानिय तहबाट सार्वजनिक गरिने सुचना सहजरूपमा  उपलब्ध गराउने प्रजिअ गौतमको प्रतिबद्धता 
स्थानिय तहबाट सार्वजनिक गरिने सुचना सहजरूपमा  उपलब्ध गराउने प्रजिअ गौतमको प्रतिबद्धता 
कोरोना सम्बन्धी अनुरोधलाई वेवास्ता गरिए प्रशासन कार्यालयले कारवाही गर्ने 
कोरोना सम्बन्धी अनुरोधलाई वेवास्ता गरिए प्रशासन कार्यालयले कारवाही गर्ने 
भेन्टिलेटर संचालन र पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै अस्पताल गेटमा प्रदर्शन
भेन्टिलेटर संचालन र पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै अस्पताल गेटमा प्रदर्शन
सबल नेपालद्वारा बाल क्रिकेटर गोलुलाई खेल सामाग्री प्रदान
सबल नेपालद्वारा बाल क्रिकेटर गोलुलाई खेल सामाग्री प्रदान
सप्तरीको २ सय ९५ मतदानस्थल मध्ये २  सय ८ अतिसंवेदनशील, ८३ संवेदनशील
सप्तरीको २ सय ९५ मतदानस्थल मध्ये २  सय ८ अतिसंवेदनशील, ८३ संवेदनशील
देवर पर्ने ब्यक्तीबाट बलात्कार प्रयास भएको आरोप
देवर पर्ने ब्यक्तीबाट बलात्कार प्रयास भएको आरोप