झुण्डिएको अवस्थामा किशोरी फेला

राजविराज राजविराज
|
बुधबार, बैशाख ६, २०८०
|
|
२७ पटक हेरिएको
Shares
झुण्डिएको अवस्थामा किशोरी फेला

सारांश

  •     वडा नं.
  • ३ सखुवनि टोल बस्ने बनहु चौधरीको १८ वर्षिय छोरा रबिन चौधरीसंग एक बर्ष अघि टिकाटालो गरी उनकै घरमा बस्दै आएकी जिल्लाकै कंचनरुप नगरपालिका वडा नं ३ सुब्बा टोल बस्ने चिचाई चौधरीकी १६ वर्षिया छोरी पुजा चौधरीले आफ्नै सुत्ने कोठाको काठको बलोमा सलको पासो लगाई झुण्डि छटपटाई रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
  •       प्रहरीका अनुसार झुण्डिएर छटपटाइ रहेको अवस्थामा रबिन चौधरीले देखेपछि बुवा बनहु चौधरीले पासो काटी सोही स्थानमा राख्दा मृत्यु भईसकेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ६ बैशाख । 

    सप्तरीको सप्तकोशी नगरपालिकामा एक किशोरी पासो लगाई झुण्डिएको अवस्थामा बुधबार फेला परेकी छिन् । 
    वडा नं. ३ सखुवनि टोल बस्ने बनहु चौधरीको १८ वर्षिय छोरा रबिन चौधरीसंग एक बर्ष अघि टिकाटालो गरी उनकै घरमा बस्दै आएकी जिल्लाकै कंचनरुप नगरपालिका वडा नं ३ सुब्बा टोल बस्ने चिचाई चौधरीकी १६ वर्षिया छोरी पुजा चौधरीले आफ्नै सुत्ने कोठाको काठको बलोमा सलको पासो लगाई झुण्डि छटपटाई रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 
    प्रहरीका अनुसार झुण्डिएर छटपटाइ रहेको अवस्थामा रबिन चौधरीले देखेपछि बुवा बनहु चौधरीले पासो काटी सोही स्थानमा राख्दा मृत्यु भईसकेको थियो । 
    घटना बारे सूचना पाएपछि प्रहरी चौकी फत्तेपुरबाट आएको टोलीले कानुन सम्वत मुचुल्का उठाई घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।    
    यो सँगै जिल्लामा दुई महिनाको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या २४ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत आर्थिक वर्ष ०७८÷०७९ मा विष सेवन तथा झुण्डिएर १ सय ३६ जनाले आत्महत्या गरेका थिए भने चालु आ.ब. २०७९÷८० को हालसम्मको अवधीमा भने विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ८३ पुगेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ