सशस्त्र असई हत्या घटनामा एसपी  खड्कामाथि विभागीय कारबाहीको सिफारिस

राजविराज राजविराज
|
मंगलबार, कार्तिक १५, २०७९
|
|
२४ पटक हेरिएको
Shares
सशस्त्र असई हत्या घटनामा एसपी  खड्कामाथि विभागीय कारबाहीको सिफारिस

सारांश

  •     घटनापछि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो ।
  • समितिले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई प्रतिवेदन बुझाउँदै सो घटनामा सशस्त्र प्रहरीको कमजोरी रहेको औँल्याउँदै एसपीको कमजोर कमान्ड कन्ट्रोलका कारण सो घटना भएको छानबिन समितिको निष्कर्ष छ ।
  •       सोही प्रतिवेदनमा एसपी खड्कालगायत केही प्रहरीमाथि कारबाहीको सिफारिस समेत भएको हो ।

दैनिक समाचारदाता
राजविराज, १५ कात्तिक । 

    सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असइ) सत्यनारायण यादवको हत्याको घटनामा एसपी प्रदीप खड्कामाथि विभागीय कारबाहीको सिफारिस भएको छ । 
    घटनापछि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई प्रतिवेदन बुझाउँदै सो घटनामा सशस्त्र प्रहरीको कमजोरी रहेको औँल्याउँदै एसपीको कमजोर कमान्ड कन्ट्रोलका कारण सो घटना भएको छानबिन समितिको निष्कर्ष छ । 
    सोही प्रतिवेदनमा एसपी खड्कालगायत केही प्रहरीमाथि कारबाहीको सिफारिस समेत भएको हो । गत २० असोजमा असइ यादव मृत अवस्थामा भेटिएका थिए । सप्तरीमै कार्यरत सशस्त्र प्रहरीका जवान होमबहादुर खत्रीले उनको हत्या गरेको अनुसन्धानमा खुलेको छ । दुवैजनाले मदिरा पिएको र विवाद हुँदा आवेगमा हत्या भएको अनुसन्धानको निष्कर्ष छ । जवान खड्का प्रहरी हिरासतमा छन् । 
    हत्यापछि जवानले असइको शव खोलामा बगाइदिएका थिए । बिहार राज्यको मधुबनी जिल्लाअन्तर्गत जिरोगा ग्राम पञ्चायत अर्नामास्थित घोडदह खोलामा शव भेटिएको थियो । 
    हत्यामा संलग्न जवान खत्रीमाथि पटक–पटक विभागीय कारबाही भए पनि हवल्दारबाट उनी जवानमा घटुवा भएका थिए । तर घटुवा भए पनि उनी सीमा क्षेत्रमै कार्यरत थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झुठ्ठा विवरण पेश गरी नागरिकता दिएको प्रकरण, प्रशासकिय अधिकृत रामलाई धरौटीमा छाड्ने आदेश
झुठ्ठा विवरण पेश गरी नागरिकता दिएको प्रकरण, प्रशासकिय अधिकृत रामलाई धरौटीमा छाड्ने आदेश
सरकारी निर्णय कार्यान्वयन भएन् नाकाहरु अझै संचालनमा आएन 
सरकारी निर्णय कार्यान्वयन भएन् नाकाहरु अझै संचालनमा आएन 
तिलाठी कोइलाडीको साढे ३८ करोड रकम बिनियोजन, खाँडो खोला नियन्त्रणका लागि विवादित जग्गाको मुआब्जा दिइने
तिलाठी कोइलाडीको साढे ३८ करोड रकम बिनियोजन, खाँडो खोला नियन्त्रणका लागि विवादित जग्गाको मुआब्जा दिइने
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
कुटपिट मुद्दामा १७ वर्षदेखी फरार प्रतिवादी पक्राउ
कुटपिट मुद्दामा १७ वर्षदेखी फरार प्रतिवादी पक्राउ
पत्रकारहरुको संघर्ष समितिले प्रधानमन्त्रीलाई  बुझाए १६ बुँदे माँगसहितको ज्ञापन 
पत्रकारहरुको संघर्ष समितिले प्रधानमन्त्रीलाई  बुझाए १६ बुँदे माँगसहितको ज्ञापन 
कुनै पनि कुरिती प्रहरीको एक्लो प्रयासले अन्त नहुने ः प्रदेश २ प्रहरी प्रमुख कार्की
कुनै पनि कुरिती प्रहरीको एक्लो प्रयासले अन्त नहुने ः प्रदेश २ प्रहरी प्रमुख कार्की
वार्षिकोत्सवमा नेपाल बैंकद्वारा रक्तदान
वार्षिकोत्सवमा नेपाल बैंकद्वारा रक्तदान
प्रधानमन्त्रीलाई पद छाडी आन्दोलनमा आउन  काँग्रेस वरिष्ठ नेता पौडेलको आह्वान
प्रधानमन्त्रीलाई पद छाडी आन्दोलनमा आउन  काँग्रेस वरिष्ठ नेता पौडेलको आह्वान
खटाईएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुन्छ ः मन्त्री पंडित, राजतन्त्र समाप्त भइसकेकोले सपना नदेख्न सुझाव