दैनिक समाचारदाता
राजविराज, १५ कात्तिक ।
सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असइ) सत्यनारायण यादवको हत्याको घटनामा एसपी प्रदीप खड्कामाथि विभागीय कारबाहीको सिफारिस भएको छ ।
घटनापछि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई प्रतिवेदन बुझाउँदै सो घटनामा सशस्त्र प्रहरीको कमजोरी रहेको औँल्याउँदै एसपीको कमजोर कमान्ड कन्ट्रोलका कारण सो घटना भएको छानबिन समितिको निष्कर्ष छ ।
सोही प्रतिवेदनमा एसपी खड्कालगायत केही प्रहरीमाथि कारबाहीको सिफारिस समेत भएको हो । गत २० असोजमा असइ यादव मृत अवस्थामा भेटिएका थिए । सप्तरीमै कार्यरत सशस्त्र प्रहरीका जवान होमबहादुर खत्रीले उनको हत्या गरेको अनुसन्धानमा खुलेको छ । दुवैजनाले मदिरा पिएको र विवाद हुँदा आवेगमा हत्या भएको अनुसन्धानको निष्कर्ष छ । जवान खड्का प्रहरी हिरासतमा छन् ।
हत्यापछि जवानले असइको शव खोलामा बगाइदिएका थिए । बिहार राज्यको मधुबनी जिल्लाअन्तर्गत जिरोगा ग्राम पञ्चायत अर्नामास्थित घोडदह खोलामा शव भेटिएको थियो ।
हत्यामा संलग्न जवान खत्रीमाथि पटक–पटक विभागीय कारबाही भए पनि हवल्दारबाट उनी जवानमा घटुवा भएका थिए । तर घटुवा भए पनि उनी सीमा क्षेत्रमै कार्यरत थिए ।
सशस्त्र असई हत्या घटनामा एसपी खड्कामाथि विभागीय कारबाहीको सिफारिस
सारांश
- घटनापछि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो ।
- समितिले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई प्रतिवेदन बुझाउँदै सो घटनामा सशस्त्र प्रहरीको कमजोरी रहेको औँल्याउँदै एसपीको कमजोर कमान्ड कन्ट्रोलका कारण सो घटना भएको छानबिन समितिको निष्कर्ष छ ।
- सोही प्रतिवेदनमा एसपी खड्कालगायत केही प्रहरीमाथि कारबाहीको सिफारिस समेत भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया