जसपा अध्यक्ष र मन्त्रीले एकै दिन गरे चार सडकको शिलान्यास

राजविराज राजविराज
|
आइतबार, चैत्र २०, २०७८
|
|
२३ पटक हेरिएको
Shares
जसपा अध्यक्ष र मन्त्रीले एकै दिन गरे चार सडकको शिलान्यास

सारांश

  •     आइतबार छुट्टाछुट्टै स्थानमा आयोजना गरिएको शिलान्यास कार्यक्रममा दुबै जनाले संयुक्त रुपमा सडकको शिलान्यास गरेका हुन ।
  • राजविराज–दिघवा–बिरौल–झल्ही फर्सैठ–सिंगियोन–तिलाठी, चट्टी टोल–लोखरम–लालापट्टी, महदेवा–पकरी–तोपा–राजविराज र भारदह–डाढा–पकरी–राजविराज दुई लेन सडकको संयुक्त रुपमा शिलान्यास गरिएको हो ।
  •     चारवटै सडकका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक अर्ब भन्दा बढी रकम बिनियोजन गरेको जानकारी दिइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २० चैत । 
    जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले एकै दिन सप्तरीका चार वटा सडकको शिलान्यास गरेका छन् । 
    आइतबार छुट्टाछुट्टै स्थानमा आयोजना गरिएको शिलान्यास कार्यक्रममा दुबै जनाले संयुक्त रुपमा सडकको शिलान्यास गरेका हुन । राजविराज–दिघवा–बिरौल–झल्ही फर्सैठ–सिंगियोन–तिलाठी, चट्टी टोल–लोखरम–लालापट्टी, महदेवा–पकरी–तोपा–राजविराज र भारदह–डाढा–पकरी–राजविराज दुई लेन सडकको संयुक्त रुपमा शिलान्यास गरिएको हो ।
    चारवटै सडकका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक अर्ब भन्दा बढी रकम बिनियोजन गरेको जानकारी दिइएको छ । टेन्डर प्रक्रिया सकिएको उक्त सडकहरुको निर्माण अवधी २४ महिना तोकिएको छ । 
    शिलान्यास समारोहको अवसरमा जसपा अध्यक्ष यादवले चारवटै सडक निर्माण कार्य समयमै सम्पन्न भएपछि यहाँको विकासले गति लिने विश्वास व्यक्त गरे । उनले वर्षौदेखी उपेक्षित र विभेदको शिकार हुँदै अँएका मधेशी, आदिवासी, जनजाती, मुश्लिम लगायतका पिछडिएका वर्गका लागि सडक, शिक्षा र स्वास्थ्यको उचित व्यवस्था हुनुपर्नेमा जोड दिए । 
    पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले सडक निर्माण विकासको पूर्वाधार समेत रहेको भन्दै हाल शिलान्यास गरिएका सडक निर्माण कार्य पुरा भएपछि जिल्लाका गाउँ गाउँमा समेत विकासले गति लिने उल्लेख गरे । 
    उनले गजेन्द्र नारायण सिंह अस्पतालमा चार सय शैयाको बिस्तारसँगै नवनिर्मित नर्सिङ कलेजबाट आगामी शैक्षिक सत्रदेखी पठनपाठनको व्यवस्था समेत सूचारु हुने जानकारी पनि दिए ।     त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सडक, शिक्षा र स्वास्थ्य मुख्य तीन विषयनै कुनै पनि मुलुकको विकासको आधार हुने भएकाले यसलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताईन् । उनले सडकहरुको बिस्तारले जिल्लाको कारोबार बढ्न गई आर्थिक चहलपहल समेत बढ्ने र जिल्लाको समग्र विकासमा ठूलो टेवा पु¥याउने विश्वास व्यक्त गरिन् । 
    मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र साह, संघीय सांसद डा. सूर्यनारायण यादव, प्रदेशसभा सदस्य मनिष सुमनको सहभागिता रहेको उक्त कार्यक्रममा जसपाका केन्द्रिय सदस्य अमरनाथ मण्डल, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, हनुमाननगर कंकालिनी नगरपालिकाकी उपप्रमुख सरिता यादव, जिल्ला अध्यक्ष केदार यादव लगायतको पनि उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लालपूर्जा पाउनु पर्ने माग गर्दै  दोस्रो चरणको आन्दोलन घोषणा
लालपूर्जा पाउनु पर्ने माग गर्दै  दोस्रो चरणको आन्दोलन घोषणा
सामाजिक सुरक्षा ऐन लागु गर्न र मजदुरको अधिकार कार्यान्वयन गर्न माँग
सामाजिक सुरक्षा ऐन लागु गर्न र मजदुरको अधिकार कार्यान्वयन गर्न माँग
लागु औषधसहित भारतीय नागरिक पक्राउ
आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्ता पाण्डेबिरुद्ध तामाङ र मगर समुदायको प्रदर्शन
आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्ता पाण्डेबिरुद्ध तामाङ र मगर समुदायको प्रदर्शन
रुखको हांगा भाचेर बिजुलीको तारमा अड्किदा पनि हटाउन छैन कसैको चासो 
रुखको हांगा भाचेर बिजुलीको तारमा अड्किदा पनि हटाउन छैन कसैको चासो 
कुटपिट अंगभंग मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ 
कुटपिट अंगभंग मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ 
छिन्नमस्ता मन्दिरमा आवश्यक तयारी पुरा 
छिन्नमस्ता मन्दिरमा आवश्यक तयारी पुरा 
वडाअध्यक्ष चौधरी गरे १४ लाख राजश्व हिनामिना
वडाअध्यक्ष चौधरी गरे १४ लाख राजश्व हिनामिना
एकै दिन तीन संरचनाको शिलान्यास
एकै दिन तीन संरचनाको शिलान्यास
नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून,  न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा
नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून,  न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा