भत्ताको वितरणमा अनियमितता भएको आरोपमा ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, श्रावण ४, २०८३
|
|
८२ पटक हेरिएको
Shares
भत्ताको वितरणमा अनियमितता भएको आरोपमा ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सारांश

  • तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोद कुमार ठाकुर, वडा नं.
  • ३ का वडाध्यक्ष धर्मेन्द्र कुमार झा, वडा सचिव उमेश चौधरीसहित ४२ जनाले आपसी मिलेमतोमा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा ३२ लाख २४ हजार १ रुपैयाँ बराबरको हानिनोक्सानी पु¥याएको अभियोग लगाइएको आयोगका प्रवक्त सुरेश न्यौपानले सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
  • अख्तियारका अनुसार सेवाग्राहीबाट आवश्यक निवेदन तथा प्रमाण कागजात नलिई झुट्टा विवरणका आधारमा सामाजिक सुरक्षा परिचयपत्र (कार्ड) जारी गरिएको, बैंकिङ प्रणाली लागू हुनुअघि एउटै व्यक्तिले विभिन्न लाभग्राहीका नाममा औँठाछाप लगाएर भत्ता बुझेको तथा बैंकिङ प्रणाली लागू भएपछि पनि झुट्टा विवरण व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरी अयोग्य व्यक्तिलाई भत्ता उपलब्ध गराइएको पाइएको छ ।
दैनिक समाचारदाता
रौतहट, ४ साउन । 
अख्तियार अनुसन्धान आयोगले रौतहटको दुर्गा भगवती गाउँपालिका ३ मत्सरीमा वृद्ध, एकल महिला÷विधवा तथा अन्य सामाजिक सुरक्षा भत्ताको वितरणमा व्यापक अनियमितता भएको आरोपमा ४२ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा सोमबार भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोद कुमार ठाकुर, वडा नं. ३ का वडाध्यक्ष धर्मेन्द्र कुमार झा, वडा सचिव उमेश चौधरीसहित ४२ जनाले आपसी मिलेमतोमा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा ३२ लाख २४ हजार १ रुपैयाँ बराबरको हानिनोक्सानी पु¥याएको अभियोग लगाइएको आयोगका प्रवक्त सुरेश न्यौपानले सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारका अनुसार सेवाग्राहीबाट आवश्यक निवेदन तथा प्रमाण कागजात नलिई झुट्टा विवरणका आधारमा सामाजिक सुरक्षा परिचयपत्र (कार्ड) जारी गरिएको, बैंकिङ प्रणाली लागू हुनुअघि एउटै व्यक्तिले विभिन्न लाभग्राहीका नाममा औँठाछाप लगाएर भत्ता बुझेको तथा बैंकिङ प्रणाली लागू भएपछि पनि झुट्टा विवरण व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरी अयोग्य व्यक्तिलाई भत्ता उपलब्ध गराइएको पाइएको छ ।
त्यस्तै, उमेर नपुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक भत्ता तथा श्रीमान् जीवित रहेका महिलालाई एकल महिला÷विधवा भत्ता उपलब्ध गराइएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारले जनाएको छ ।
अनुसन्धानबाट आर्थिक वर्ष २०७४÷०७५ देखि २०८१÷०८२ सम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न कानुनी योग्यता नपुगेका व्यक्तिलाई लाभग्राही कायम गरी वृद्धभत्ता, एकल महिला÷विधवा भत्ता तथा दोहोरो शीर्षकमा समेत भुक्तानी गरिएको खुलेको छ ।
उक्त कार्यबाट सार्वजनिक सम्पत्तिको हिनामिना भएको निष्कर्षसहित प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत सार्वजनिक सम्पत्ति हानिनोक्सानी, गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको कसुरमा सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्तब्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा रहेका प्रदेशसभा सदस्य यादव धरौटीमा रिहा
कर्तब्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा रहेका प्रदेशसभा सदस्य यादव धरौटीमा रिहा
राजविराजमा अन्तिम चरणको कसरत
राजविराजमा अन्तिम चरणको कसरत
राजपा र समाजवादीबीच वार्ता प्रक्रिया कीन ढिलाई ?
राजपा र समाजवादीबीच वार्ता प्रक्रिया कीन ढिलाई ?
सप्तरीमा ५० हजार पशुपंक्षिको बली प्रदान, कंकालिनिमा ६ सय ३२ राँगा, २० हजार ५ सय खसीबोका,  छिन्नमस्तामा २५ हजार खसीबोकाको बली प्रदान
सप्तरीमा ५० हजार पशुपंक्षिको बली प्रदान, कंकालिनिमा ६ सय ३२ राँगा, २० हजार ५ सय खसीबोका, छिन्नमस्तामा २५ हजार खसीबोकाको बली प्रदान
बालिका तथा समावेश शिक्षा कार्यदल गठन
बालिका तथा समावेश शिक्षा कार्यदल गठन
ट्रकको ठक्करबाट  मोटरसाइकल चालकको मृत्यु
ट्रकको ठक्करबाट  मोटरसाइकल चालकको मृत्यु
जसपाको बृहत प्रदर्शन, असंबैधानिक कदम  खारेज तथा रेशम चौधरीको रिहाईको माग
जसपाको बृहत प्रदर्शन, असंबैधानिक कदम  खारेज तथा रेशम चौधरीको रिहाईको माग
प्रसुती गृहहरुमा स्वास्थ्य सामग्री उपकरणहरु प्रदान 
प्रसुती गृहहरुमा स्वास्थ्य सामग्री उपकरणहरु प्रदान 
लागु औषध मुद्दाका फरार प्रतिवादी रोमा पक्राउ 
लागु औषध मुद्दाका फरार प्रतिवादी रोमा पक्राउ 
अवैध रुपमा भारततर्फ लादै गरेको पशुचौपया नियन्त्रणमा 
अवैध रुपमा भारततर्फ लादै गरेको पशुचौपया नियन्त्रणमा 

छुटाउनुभयो कि ?

सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी

सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी

घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

हजारौंको सहभागितामा राजविराजमा रथयात्रा

हजारौंको सहभागितामा राजविराजमा रथयात्रा

राजविराज उच्च अदालत बार एशोसिएशनको  अध्यक्षमा तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएशनको  अध्यक्षमा तीन जनाको उम्मेदवारी

प्रेस युनियन सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन 

प्रेस युनियन सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन 

रसुवाको बाढीमा सप्तरीका एक जनाको मृत्यु, जिल्लाका ४९ र दुई भारतीय नागरिकसहित ५१ जना सम्पर्कबिहीन

रसुवाको बाढीमा सप्तरीका एक जनाको मृत्यु, जिल्लाका ४९ र दुई भारतीय नागरिकसहित ५१ जना सम्पर्कबिहीन

रसुवा बाढीको त्रासदी र पूर्व सूचना प्रणाली

रसुवा बाढीको त्रासदी र पूर्व सूचना प्रणाली

रसुवामा आएको बाढीका कारण एकै परिवारका तीन दाजुभाई  र आमा छोरासहित सप्तरीका ३२ जना सम्पर्कबिहीन

रसुवामा आएको बाढीका कारण एकै परिवारका तीन दाजुभाई  र आमा छोरासहित सप्तरीका ३२ जना सम्पर्कबिहीन