दैनिक समाचारदाता
राजविराज, ४ चैत ।
राजविराज नगरपालिका वडा नं. ६ खर्साल टोलमा सोमबार दिउँसो आगलागि हुँदा एक फर्निचर उद्योगसहित तीन घर जलेर खरानी भएको छ । आगलागिमा ५० हजार नगद तथा सुनचाँदीका गरगहना समेत जलेको छ ।
स्थानीय दुबीलाल यादवको घरमा रहेको विद्युत तार सर्ट भई लागेको आगोले उनको तीन घरसहित छिमेकी सुरेश शर्माको फर्निचर उद्योग जलेर नष्ट हुँदा करिब १२ लाख ३६ हजार बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । दुबीलालको तीन घरसहित ५० हजार नगद, खाद्यान, लत्ताकपडा, भाडा वर्तन, सुनचाँदीका गरगहना गरि ८ लाख २१ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
छिमेकी सुरेश शर्माले फर्निचर उद्योगमा आगलागि हुँदा लाखौंको फर्निचरका साथै काठ कठान गर्ने दुई वटा मेशिन समेत जलेर नष्ट भई ४ लाख १५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
दिउँसो ५ बजे लागेको आगो राजविराज नगरपालिका र मधेश प्रदेश तालिम केन्द्रको बारुणयन्त्र, नेपाल तथा सशस्त्र प्रहरी र स्थानियबासिको सहयोगमा एक घण्टाको प्रयास पश्चात् पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
फर्निचर उद्योगसहित तीन घर जल्दा १२ लाख भन्दा बढीको क्षति
सारांश
- स्थानीय दुबीलाल यादवको घरमा रहेको विद्युत तार सर्ट भई लागेको आगोले उनको तीन घरसहित छिमेकी सुरेश शर्माको फर्निचर उद्योग जलेर नष्ट हुँदा करिब १२ लाख ३६ हजार बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
- दुबीलालको तीन घरसहित ५० हजार नगद, खाद्यान, लत्ताकपडा, भाडा वर्तन, सुनचाँदीका गरगहना गरि ८ लाख २१ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- छिमेकी सुरेश शर्माले फर्निचर उद्योगमा आगलागि हुँदा लाखौंको फर्निचरका साथै काठ कठान गर्ने दुई वटा मेशिन समेत जलेर नष्ट भई ४ लाख १५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया