दैनिक समाचारदाता
राजविराज, ४ चैत ।
राजविराज नगरपालिका वडा नं. ६ खर्साल टोलमा सोमबार दिउँसो आगलागि हुँदा एक फर्निचर उद्योगसहित तीन घर जलेर खरानी भएको छ । आगलागिमा ५० हजार नगद तथा सुनचाँदीका गरगहना समेत जलेको छ ।
स्थानीय दुबीलाल यादवको घरमा रहेको विद्युत तार सर्ट भई लागेको आगोले उनको तीन घरसहित छिमेकी सुरेश शर्माको फर्निचर उद्योग जलेर नष्ट हुँदा करिब १२ लाख ३६ हजार बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । दुबीलालको तीन घरसहित ५० हजार नगद, खाद्यान, लत्ताकपडा, भाडा वर्तन, सुनचाँदीका गरगहना गरि ८ लाख २१ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
छिमेकी सुरेश शर्माले फर्निचर उद्योगमा आगलागि हुँदा लाखौंको फर्निचरका साथै काठ कठान गर्ने दुई वटा मेशिन समेत जलेर नष्ट भई ४ लाख १५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
दिउँसो ५ बजे लागेको आगो राजविराज नगरपालिका र मधेश प्रदेश तालिम केन्द्रको बारुणयन्त्र, नेपाल तथा सशस्त्र प्रहरी र स्थानियबासिको सहयोगमा एक घण्टाको प्रयास पश्चात् पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
फर्निचर उद्योगसहित तीन घर जल्दा १२ लाख भन्दा बढीको क्षति
सारांश
- स्थानीय दुबीलाल यादवको घरमा रहेको विद्युत तार सर्ट भई लागेको आगोले उनको तीन घरसहित छिमेकी सुरेश शर्माको फर्निचर उद्योग जलेर नष्ट हुँदा करिब १२ लाख ३६ हजार बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
- दुबीलालको तीन घरसहित ५० हजार नगद, खाद्यान, लत्ताकपडा, भाडा वर्तन, सुनचाँदीका गरगहना गरि ८ लाख २१ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- छिमेकी सुरेश शर्माले फर्निचर उद्योगमा आगलागि हुँदा लाखौंको फर्निचरका साथै काठ कठान गर्ने दुई वटा मेशिन समेत जलेर नष्ट भई ४ लाख १५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया